Skip to main content

स्वतः तलब वृद्धि हुनेगरी वैज्ञानिक प्रणाली लागू गर्नुपछ

काठमाडौं, साउन ५। निजामती कर्मचारीका नेताहरुले आन्दोलनको कार्यक्रम फिर्ता लिएको घोषणा गर्दै समयानुकूल स्वतः तलब समायोजन हुनेगरी वैज्ञानिक प्रणाली अबलम्बन गर्न माग गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै हालै गरिएको तलब वृद्धिले केही राहत भएपनि महँगी थेग्न नसकिने बताए।
नेपाल निजामती कर्मचारी युनीयनका अध्यक्ष भवानी थानीले निजामती कर्मचारीहरु शोषित हुदै आएको बताए। आउदा दिनमा तलब स्वतः समायोजन हुनेगरी प्रणाली बनाउन माग गरे। अहिलेको महँगी थेग्न सकिने तलब नभएको बताए। हचुवाका भरमा तलब वृद्धि गरिएको भन्दै वैज्ञानिक प्रणाली बनाउन भने। यद्यपि जनताको हितका लागि आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए। कर्मचारीहरु निजी क्षेत्रभन्दा निकै तलब तलब थाप्न वाध्य भएबाट निरुत्साहित भइरहेको उल्लेख गरे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा नेपाल राष्ट्रिय कर्मचारी महासंघका अध्यक्ष रुक्म लामिछानेले आफूहरुलाई थमथमाउने उद्देश्यबाट तलब वृद्धि भएको बताए। अहिलेको वृद्धिले पूरा माग सम्बोधन नभएको बताए। माओवादी नेतृत्वको सरकारले जति पनि तलब वृद्धि नभएको भन्दै असन्तुष्टि जनाए। तलब वृद्ध्रि्रति असन्तुष्टि हुदा हुदैपनि आन्दोलनका कार्यक्रम फिर्ता लिनुपरेको उल्लेख गरे। विगतमा तलब वृद्धि गर्दा कर्मचारी उत्साही भएबाट व्यापक राजश्व उठेको दाबी गरे। उनले भने, कर्मचारीलाई निरुत्साहित बनाएर सुशासन र राजश्व वृद्धिको आशा गर्नु बेक्कार हुन्छ। कर्मचारीलाई समान ढंगको व्यवहार गर्न माग गरे।
नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष गणेश बस्यालले र्सार्वजनिक प्रशासनमा समयानुकूल परिवर्तनको माग गरे। कर्मचारीतन्त्रलाई पुरानै र्ढरामा राख्ने चेष्टा भएबाट चुनौतीहरु बढेको बताए। तलब वृद्धि गर्दा वैज्ञानिक प्रणाली अबलम्बन गर्नुपर्नेमा उनको जोड थियो। आफूहरुको तलब वृद्धिको माग केही हदमा पूरा भएपनि सन्तुष्ट हुनसकिने अवस्था नरहेको बताए। देशको अवस्थालाई दृष्टिगत गरेर आन्दोलनका कार्यक्रम फिर्ता लिएको बताए।
नेपाल मधेशी निजामती कर्मचारी मञ्चका अध्यक्ष बिनोद सिंहले तलब वृद्ध्रि्रति पर्ूण्ा सन्तुष्ट हुनसकिने अवस्था नरहेको बताए। आगामी दिनमा तलब वृद्धिका लागि सरकारले गृहकार्य गर्नुपर्ने भन्दै तत्कालका लागि आन्दोलन फिर्ता लिएको बताए। उनले भने, तलब वृद्धिलाई आलोचनात्मक स्वागत गर्दछौं।
स्वतन्त्र कर्मचारी मिलन केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले वैज्ञानिक आधारमा तलब वृद्धि गर्नुपर्ने माग राखे। हचुवाका भरमा तलब वृद्धि गरे दर्ीघकालिन रुपमा समस्याको समाधान हुननसक्ने बताए। अहिलेको तलब वृद्धिलाई आलोचनात्मक र्समर्थन गरेको बताए।
सरकारी संस्थान सवारी चालक एशोशिएसनका अध्यक्ष शरण गुरुङले तलबमा व्यापक विभेद रहेको भन्दै असन्तुष्टि जनाए। निम्न तहका कर्मचारीलाई उपेक्षा गर्ने कामहरु भइरहेको भन्दै तलब समायोजन गर्दा निम्न तहलाई ध्यान दिन आग्रह गरे। अहिलेको तलब वृद्धिले आफूहरुको मागमा आंशिक सम्बोधन भएको बताए।
नेपाल निजामती कर्मचारी युनीयनका महासचिव सुबोधकुमार देवकोटाले आफूहरुको आंशिक माग मात्र सम्बोधन भएको बताए। आन्दोलनका क्रममा केही राजनीतिक विषय उठाएको भन्दै आलोचना गरे।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...