Skip to main content

जिविसले ढांट राखेर कर उठाएको आरोप

वीरगंज, ६ श्रावण/ नेपाल सरकारका अर्थमन्त्री सुरेन्द्र पाण्डेले गत असार २९ गते व्यवस्थापिका संसद्मा आ.व. २०६६/०६७ को बजेट प्रस्तुत गर्दा जिल्ला विकास समितिहरुले ढांट राखेर उठाउने करहरुलाई समाप्त पारेको ऐतिहासिक घोषणा गर्नुभएको थियो तर अर्थमन्त्रीको निर्णयलाई एकातिर पन्छयाएर पर्सा जिल्ला विकास समितिले साउन १ गतेदेखि केही कृषिजन्य पदार्थ, सिमेन्ट र इट्टामा कर संकलन गर्नका लागि ठेकेदारलाई चलन पर्ुर्जी जारी गरेको कुरा प्रकाशमा आएको छ।
आज वीरगंज उद्योग वाणिज्य संघले प्रेषित गरेको समाचार अनुसार कुनै पनि कृषिजन्य पदार्थमा जिविसले कर लगाउँदा कृषक समूह, नागरिक समाज र उद्योग वाणिज्य संघको सहमति लिनुपर्ने अनिवार्य व्यवस्था स्थानीय स्वायत्त शासन ऐनमा गरिएको छ। यसको बावजुद ऐन विपरीत र अर्थमन्त्रीले पेश गरेको बजेटको मर्म विपरीत जिविसले ठेकेदारलाई कर उठाउन जारी गरेको चलन पर्ुर्जीको वीरगंज उद्योग वाणिज्य संघको अध्यक्ष ओमप्रकाश सिकरियाले विरोध गर्नु भएको छ।
सिमेन्टको हकमा समेत जिल्लाभित्र कै खानीको प्रयोगाट उत्पादन भई निकासी हुने सिमेन्टमा मात्र कर लगाउन पाउने व्यवस्था रहेकोमा विदेशबाट कच्चा माल आयात भई प्रशोधन र ब्लेण्डिङबाट उत्पादन हुने सिमेन्टमा कर लगाउनु समेत ऐनको मन्साय विपरीत रहेको कुरा स्थानीय कर समितिका संयोजक सुबोध गुप्ताको भनाइ रहेको छ।
र् अर्थमन्त्रीले लोकमार्गहरुमा ढाट राख्न नपाउने स्पष्ट उद्घोषण गरे पनि जिविस पर्साले बाकयदा ढाट राख्ने स्थान समेत खोलेर ठेक्का बन्दोबस्त गरेको कार्य अर्थमन्त्रीको बजेटको अवहेलना भएको ठहर स्थानीय कृषकहरुको रहेको छ। ठेकेदारलाई भुस र र्राईस ब्रानमा मात्र कर उठाउने गरी ठेक्का दिइएको भए पनि कृषकहरुबाट ठेकेदारले जबरजस्ती प्रत्येक प्रकार खाद्यान्न र अन्य वस्तुहरुमा कर उठाइरहेको छ। वीउवासंघले ठेकेदारको अनियमितता रोक्न एक अधिकार प्राप्त संयन्त्र निर्माण हुनुपर्ने माग विगतदेखि नै राख्दै आएको थियो। यस ठेक्काबाट वस्तुतः जिविसको ढुकुटीमा २८ लाख रुपैया मात्र प्राप्त भई रहे पनि ठेकेदारले नियम कानून विपरीत जोर जबरजस्तीबाट ठूलो रकम असुल गरिरहेकोले स्थानीय कृषक, उद्योगी व्यवसायीहरुको ठेकेदारी प्रथा प्रति विरोध रहदै आएको छ ।
जिविस पर्साद्वारा बजेटको मर्म विपरीत गरिएको कार्यको कारण नेपाल सरकारद्वारा पर्सा जिविसलाई प्राप्त हुने अनुदान नै रोक्का हुन सक्ने र यसबाट पर्सा जिल्लाको विकास नै बाधित हुन सक्ने प्रबल सम्भावना रहेको विशेषज्ञहरुको भनाई रहेको छ। जिविसले आह्वान गरेको टेण्डरमा बजेट वक्तव्य पश्चात् गरिएको परिवर्तन पछि आर्थिक नियमावली अनुसार पुनः टेण्डर आह्वान गर्नुपर्ने भए पनि जिविसले ऐन नियमहरुलाई धोती लगाई ठेकेदारसंग मिलोमतो गरी स्वीकृत न्यूनतम अंकमा झण्डै २ करोडको अंक घर्टाई ठेकेदारसंग करार गरिएकोले यो ठेक्का बदर हुनुपर्ने माग जिल्लावासीहरुको रहेको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...