Skip to main content

बजेटप्रति वीउवासंघको धारणा

वीरगंज, ३० असार/नेपाल सरकारले हिजो मात्रै प्रस्तुत गरेको आर्थिक
वर्ष२०६६/०६७ को बजेटले सबै वर्ग र क्षेत्रलाई समेट्ने प्रयत्न गरेको
देखिन्छ ।
प्रस्तुत बजेटले निजी क्षेत्रको अपेक्षाहरूलाई धेरै नभए पनि
प्राथमिकताका आधारमा सम्बोधन गर्न खोजेको कुरा वीउवासंघका अध्यक्ष
ओमप्रकाश सिकरिया बताउनुहुन्छ । राजमार्ग तथा अन्य लोकमार्गहरूमा ढा"ट
राख्न नपाउने जिविसको कबाडी कर खारेजीलाई निजी क्षेत्रले अत्यन्तै
सकारात्मक रूपमा लिएको धारणा अध्यक्ष सिकरियाको रहेको छ ।
निजगढ-काठमाडौं द्रूत मार्ग निर्माण र निजगढमा अन्तर्रर्ााट्रय
विमानस्थल निर्माणमा प्रस्तुत बजेट विनियोजन, आर्थिक पर्ूवाधारको विकास
लगायतका कुराहरू सकारात्मक रहेका छन् भने अपेक्षा गरिएको आर्थिक वृद्धि
दरको उपलब्धता संदेहास्पद रहेको धारणा संघका निवर्तमान अध्यक्ष
गणेशप्रसाद लाठको रहेको छ ।
प्रस्तुत बजेटबारे प्रतिक्रिया दिंदै संघका बरिष्ठ उपाध्यक्ष अशोक
कुमार टेमानी भन्छन्- बजेटको आकार ठूलो रहेको देखिन्छ । तथापि निजी
क्षेत्रले उठाउ"दै आइरहेका ऊर्जा संकटको निवारणका लागि बजेटले देखाएको
तत्परता सराहनीय रहेको छ । यसका साथै निजी क्षेत्र र सरकारी साझेदारीको
अवधारणालाई प्राथमिकतापर्ूवक अघि सारेको भएतापनि त्यसको प्रभावकारी
कार्यान्वयन हुनुपर्ने उहा"को कथन रहेको छ ।
यसैगरी संघका उपाध्यक्ष अशोक वैद्य भन्नुहुन्छ -बजेट सकारात्मक
रहेको छ । औद्योगिक शान्ति सुरक्षा एवं श्रम समस्याको बारेमा केही उल्लेख
गरेको छैन । जसबाट राजस्व बढी आउ"छ र त्यसैमा कर बढाएको छ । जस्तो कि
सिमेन्ट, क्लिंकर, गिट्टी आदि । यसबाट चोरी पैठारी हुने सम्भावना बढेको छ

प्रस्तुत बजेट समाजवादी उन्मुख र शान्ति, लोकतन्त्र र विकासलाई
प्राथमिकतामा राखेर आएको छ जुन स्वागतयोग्य रहेको छ । तर वर्तमान आर्थिक
मन्दीको दरबाट गुज्रिरहेको देशलाई कुनै ठोस कार्यक्रम तत्कालै आउनु
पर्नेमा सो आउन नसकेको कुरा संघका महासचिव गोपाल केडिया बताउनुहुन्छ
संघका कोषाध्यक्ष प्रदीप केडियाले सडक जाम निरूत्साहित गर्न तथा पीडितलाई
राहत प्रदान गर्न तेस्रो पक्षको बीमांक ५ लाख रूपैया"को घोषणा बजेटको
राम्रो पक्ष रहेको बताउनु हुन्छ । लगानी मैत्री वातावरण निर्माण गर्नमा
वर्तमान बजेट सक्षम हुन्छ भन्ने कुरामा पर्याप्त शंका गर्ने ठाउ" रहेको
बताउनुहुन्छ ।
प्रस्तुत बजेटकै सर्न्दर्भमा संघका सचिवद्वय पिताम्बर मुन्का, दीपक
टिबडेवाल, सह-कोषाध्यक्ष सुरेश अग्रवाल तथा सह-सचिवद्वय तारा प्रसाद र
रविन्द्र बर्ण्र्ााल आ-आप\mनो प्रतिक्रिया यसरी व्यक्त गर्नुहुन्छ -
वीरगंजमा विश्वविद्यालयको निर्माण, ठाकुरराम बहुमुखी क्याम्पसको
स्तरोन्नति, कृषि ऋण मिन्हामा निरन्तरता, कृषिको व्यवसायीकरण, विद्युत
आपर्ूर्तिमा सुधार र सम्पतिको अधिकारको प्रत्याभूति जस्ता कुराहरू
स्वागतयोग्य रहेका छन् भने उद्योग व्यापारको प्रकृति अनुसार कुनै राहतको
प्याकेजको घोषणा नहुनु, पर्सर्ाााराका समग्र आर्थिक विकासका लागि
सदरमुकामदेखि गाउ"सम्म जोड्ने सडक खण्ड एवं अन्य पर्ूवाधारका लागि बजेट
विनियोजन नगर्नु, गत वर्षा बन्द उद्योगहरूलाई संचालन गर्न गरिएको सरकारी
प्रतिबद्धतालाई निरन्तरता नदिनु, वीरगंज-डर््राईपोर्ट नजिक १ हजार
मेगावाटको विद्युत् उत्पादन संयन्त्र जडानको लागि कुनै पहल भएको नदेखिनु
दर्ुभाग्यपर्ूण्ा कुरा हुन् ।
अर्थमन्त्री सुरेन्द्र पाण्डेले प्रस्तुत गर्नुभएको बजेटको
कार्यान्वयन पक्ष प्रभावकारी भएन भने यसले राखेका लक्ष्य र बजेटस"ग निजी
क्षेत्र र आम नागरिकले राखेका अपेक्षा पूरा हुन अत्यन्तै कठिन र
चुनौतीपर्ूण्ा हुन जाने कुरा सम्बद्ध व्यवसायीहरूले व्यक्त
गरेका छन् ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।