Skip to main content

कमिशनका कारण तराइमा औषधि आएन

भानुभक्त आचार्य
हेटौंडा, ११ साउन। सरकारले तराइ क्षेत्रलाई लक्षित गरी औषधि उपलब्ध गराएपनि सम्बद्ध स्वास्थ्यसंस्थाको लापरबाहीका कारण बिरामीको मृत्यु हुने क्रम बढेको छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तराइका लागि आवश्यक विभिन्न प्रकारका औषधि उपलब्ध गराउने जिम्मा दिएर मध्यमाञ्चल क्षेत्रीय मेडिकल स्टोर हेटौंडामा औषधि पठाए पनि तराइका विभिन्न स्वास्थ्य संस्थाले तोकिएको औषधि समयमै र आवश्यक मात्रामा नलगी दिंदा त्यहांका घाइते र बिरामीहरुको मृत्युहुने क्रम बढेको हो।
प्रहरी तथ्याड्ढअनुसार १५ दिनयता विषालु र्सपको टोकाइबाट समयमै उपचार पाउन नसक्दा तराइ क्षेत्रमा एकदर्जन बढी घाइतेको मृत्यु भइसकेको छ। सोको उपचारका लागि आवश्यक एन्टीस्नेक भेनम आवश्यक मात्रामा त्यस क्षेत्रका विभिन्न स्वास्थ्य संस्थाले नलगेका कारण घाइतेको मृत्यु भएको देख्न सकिन्छ। ती संस्थाले स्टोरमा नै आएर आवश्यक कागजपत्र पेश गरी आफैंले भेनम लैजानुपर्ने व्यवस्था छ।
कुन डाक्टरले को बिरामीलाई कति भायल दिए भन्ने कुराको पर्ूण्ा विवरण प्राप्त भएपछि सोअनुसार औषधि उपलब्ध गराइन्छ’-स्टोर प्रमुख रमण झाले भन्नुभयो। महाशाखाले नौ जिल्लाका विभिन्न सरकारी स्वास्थ्य संस्थालाई उपलब्ध गराउने भायलको कोटा तोकिदिए पनि मांग भएमा थप भायल उपलब्ध गराइने प्रमुख झाले बताउनुभयो।
गोमन र करेतलगायत विषालु र्सपको टोकाइको उपचारका लागि स्टोरले केन्द्रको निर्देशनअनुसार चितवन, धनुषा, पर्सा, मकवानपुर, बारा, रौतहट, महोत्तरी, सिन्धुली र र्सलाहीका अञ्चल, जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्यकेन्द्रहरुलाई भायल उपलब्ध गराउंछ। स्टोरका अनुसार जनकपुर, नारायणी उपक्षेत्रीय, रौतहटको गौर, महोत्तरीको जिल्ला स्वास्थ्य र र्सलाहीको जिल्ला अस्पताल मलंगवा प्रत्येकलाई दर्ुइसय भायल उपलब्ध गराइने गरिन्छ भने पर्साको सत्तबरिया र धनुषाको सबैला प्राथमिक स्वास्थ्यकेन्द्रलाई एकसय भायल उपलब्ध गराइन्छ। यदि तत्काल थप भायल आवश्यक परेमा स्टोरले औषधि उपलब्ध गराउंदै आएको झाले स्पष्ट पार्नुभयो। अहिले स्टोरमा करिब चारसय भायल एन्टीस्नेक भेनम मौज्दात रहेको र क्षेत्रका स्वास्थ्य संस्थालाई आवश्यक परेमा उपलब्ध गराइने झाको भनाइ छ।
यसैगरी मकवानपुरको ठिङगन, मन्थली र इपा गाविसमा बहुला कुकुरले दर्जनौ पशु र केही मानिसलाई टोकेपछि संक्रमण फैलने डरले स्वाथ्यटोली खटाइएको छ। जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले आज उपचार र जागरणका लागि टोली खटाएको हो कार्यालयका बरिष्ट अहेव भोला चौलागाईको नेतृत्वमा ठिंगन स्वास्थ्यचौकीका इन्चार्ज विमलेश मिश्र सदस्य रहेको टोलि खटाइएको हो। टोलीले तीन गाविसमा बढ्न सक्ने सङ्क्रमण घटाउन सचेतना अभियान सञ्चालन गर्ने र भोलिबाट गाउंमा जाने बरिष्ट अहेव भोला चौलागाईले जानकारी दिनुभयो। गाउंमा एक सातादेखि पशुहरुमा रेविजको लक्षण देखापरेको र मानिसमा पनि सङक्रमण फैलिनसक्ने सम्भावना भएकाले स्थानीय बासिन्दा चिन्तित छन्। उनीहरु परिवारसहित सदरमुकाम हेटौडामा रेविजविरुद्धको भ्याक्सिन लगाउन आइरहेका छन्।
दुइ दर्जन पशुहरुमा पनि लक्षण देखा परेपछि जिल्ला पसु सेवा कार्यालयबाट पनि टोली पठाउने तयारी गरिरहेको प्रमुख डा चेतनारायण खरेलले जानकारी दिनुभयो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।