वीरगंज, १९ असार । तराइ मधेसमा सशस्त्र आन्दोलनरत तराइ मुक्ति टाइगर जनतान्त्रिकले शनिवार तराइ मधेश बन्दको घोषण गरेको छ। जनतान्त्रिकका बारा जिल्ला इन्चार्ज जालिम सिंह र जिल्ला कमाण्डर तिलक सिंहद्वारा शुक्रबार जारी प्रेस बिज्ञप्तिमा तराइ मधेस एक दिन बन्दको घोषण गरेको हो। शिक्षण संस्था, उधोग कलकरखाना, बजार , यातायात लगाएत बन्द गरेर मधेसीको अधिकार सुनिश्चित गर्न सबैमा अनुरोध गरिएको छ । बन्दको अवज्ञा गर्नेलाई कडाभन्दा कडा कारवाही गरिने बिज्ञप्तिमा जनाईएको छ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment