Skip to main content

सिंहलाई रथीमा बढुवा गर्न सिफारिस गरिएकोमा उच्चायुक्तको चिन्ता

काठमाडौं असार २२, सोमबार । संयुक्त राष्ट्रसङ्‍घीय मानवअधिकार उच्चायुक्तको कार्यालय, नेपालका प्रमुख रिचर्ड बेनेटले रक्षामन्त्री विद्या भण्डारीलाई भेटी उपरथी तोरणजङ्गबहादुर सिंहलाई रथीमा बढुवा गर्न सिफारिस गरिएकोमा चिन्ता व्यक्त गर्नुभएको थियो।
आज एक प्रेस विज्ञप्ति जारी गरी उच्चायुक्तको कार्यालय विभिन्न संयुक्त राष्ट्रसङ्‍घीय शान्ति स्थापना मिसनहरू / जसले शान्ति स्थापकहरूलाई मानवअधिकारको उच्चतम स्तरको परिपालना कायम राख्‍न बाध्य बनाउँछ / मा नेपाली सेनाले गरेको महत्त्वपूर्ण योगदानलाई आत्मसात र सराहना गरेको छ ।
वि॰सं॰ २०६३ जेठ १३ गते उच्चायुक्तको कार्यालयले भैरवनाथ गणको नियन्त्रणमा रहेको महाराजगन्ज ब्यारेकमा भएको स्वेच्छाचारी थुना, यातना र बेपत्ता पार्ने कार्यसम्बन्धी आफ्नो अनुसन्धानको प्रतिवेदन सार्वजनिक गर्‍यो। सन् २००३ देखि २००४ सम्म मानवअधिकारसम्बन्धी यी उल्लङ्‍घनहरू हुँदा सिंह १०औं वाहिनीका कमान्डर भएको बताइन्छ। प्रतिवेदनले आफ्नो निष्कर्षमा भनेको छ, ूकमान्डरले १०औं वाहिनीको कमान्डअन्तर्गतको गणद्वारा भएका यी कार्यहरूबारे पनि थाहा पाएको वा थाहा पाउनुपर्ने थियो।ू प्रतिवेदनले प्रत्यक्ष रूपमा वा संलग्न एकाइहरूको कमान्ड जिम्मेवारीमार्फत् मुछिएका हुनसक्नेहरूलाई अनुसन्धान नहोउन्जेल कुनै पनि औपचारिक जिम्मेवारीबाट निलम्बन गरिनुपर्ने र संयुक्त राष्ट्रसङ्‍घीय शान्ति स्थापना मिसनहरूमा सहभागिताका लागि प्रस्ताव गर्न नहुनेऊ भनी सिफारिस गरेको थियो।
यी गम्भीर र विश्वसनीय आरोपहरूलाई दृष्टिगत गर्दा सरकारले उपरथी सिंहको बढुवासम्बन्धी निर्णय लिनुअघि उनको संलग्नताबारे अनुसन्धान गर्नुपर्छ, रिचर्ड बेनेटले भन्नुभयो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।