Skip to main content

जिबिसमा व्यापक भ्रष्टाचार

डोटी, २१ असार। जिल्लाको समग्रा बिकासको योजना निर्माण गरी कार्यान्वयन समेत गर्ने जिल्ला बिकास समिति डोटीमा व्यापक भ्रष्टाचार हुने गरेको छ। बिकास निर्माणका योजनाहरुमा १५ प्रतिसत प्राबिधिकहरुले माग्ने र पांच प्रतिसत लेखापालले माग्ने गरेको आरोप जनताको छ। 
जिल्ला बिकास समिति डोटीद्वारा जिल्लाका सात स्थानमा सञ्चालन गरिएको र्सार्वजनिक सुनुवाई कार्यक्रमका क्रममा बिभिन्न स्थानमा जनताले सो कुरा उठाएका हुन। जिल्ला बिकास समिति डोटीका आधिकारिक प्रतिनिधिहरुको समेत उपस्थिती रहेको र्सार्वजनिक सुनुवाई कार्यकक्रमहरुमा जिल्ला बिकास समिति र प्राबिधिक नभएका गाउं बिकास समितिद्वारा सञ्चालन गरिएका बिकास निर्माणका कार्यक्रमहरुमा जिल्ला बिकास समिति डोटीका तलवी कर्मचारी रहेका र योजना हर्ेन जांदा समेत कार्यालयवाट भत्ता खाने प्राबिधिकहरुले सोझै १५ प्रतिसत रकम माग गर्ने गरेको जनताको गुनासो रहेको छ। कुल योजनाको १५ प्रतिसत रकम नदिएसम्म उनीहरुले वनाउनु पर्ने कागजातहरु नवनाई दिने गरेको जनताको आरोप रहेको छ। 
"आफुहरुवाट १५ प्रतिसत रकम मागेको तर नमानेपछि १० प्रतिसत त लिएरै छोड्यो" कुल पांच लाख वजेट भएको सातनाली-मेल्लेख सडक उपभोक्ता समितिले जानकारी दिएको छ। १५ प्रतिसतर् इन्जिनिएर मनिष कुमार अर्यालले माग्यो, पांच प्रतिसत लेखापालले माग्यो भन्छन उपभोक्ता कृष्ण भट्टर्राई। आफुहरुलर्ेर् इस्टिमेट गरेको भन्दा पनि वढी काम गरेको भन्दै कुनै प्रतिसत नदिने भनेपछि इन्जिनियर अर्यालले भुक्तानीका लागि गर्नु पर्ने प्रक्रिया सवै रोकेको भट्टर्राईको आरोप छ। 
१० प्रतिसत रकम दिनर्ैपर्छ तपाईले प्रमुख जिल्ला अधिकारीलाई गएर भनेपनि म १० प्रतिसत रकम छोड्दैन भनेपछि आफुले वाध्य भएर २० हजार दिएको उपभोक्ता समितिका अध्यक्ष नरवहादुर रोकाया वताउछन। काटिएको चेक मेरो हातमा दिनुको सट्टा लेखापाल हेमराज श्रेष्ठलर्ेर् इन्जिनियरको हातमा दिएको र्रर् इन्जिनियर अर्यालले २० हजार दिएपछि मात्र आफुलाई चेक दिएको रोकायाको भनाई रहेको छ। उपभोक्ताहरुले श्रमदान गरेर सडकको मर्मत सम्हार कोषको लागि जम्मा गरेको रकम बिना कारण प्राबिधिकहरुलाई दिनु परेकोमा दु-ख व्यक्त गर्दै अध्यक्ष रोकायाले उक्त रकम फिर्ता गर्राई दिन हुन जिल्ला बिकास समिति डोटीका योजना अधिकृत बिष्णु भुषाल र सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन। 
योजना अधिकृत भुषालले आफु यो घटनाको छानविन गर्ने र दोषी पाईएमा कारवाहीका लागि पहल गर्ने वताएका छन। समुदायको बिकासको लागि आएको वजेटको एक पैसा पनि दुरुपयोग हुनु हुदैन भन्दै अधिकृत भुषालले कसैलाई पनि घुष नदिन आग्रह गरे। त्यस्तै डोटी जिल्लाका सञ्चारकर्मीहरु प्राबिधिकहरुले घुस खानका लागि काम नभएको वा कागज नपुगेको नाममा अनावश्यक रुपमा जनतालाई सताउने गरको कार्यको बिरुद्धमा सशक्त भएर कलम चलाउने वताएका छन। 
यस्तै स्याउले वारकांडा सडक निर्माणका लागि दर्ुइ लाख छुट्याइएकोमा कार्यसम्पन्न भई सवै कागजात तयार गर्दा समेतर् इन्जिनियरले १५ प्रतिसतको रटान नछोड्पछि १० प्रतिसत दिने सहमतिका साथ सोमवार फाईनलर् इस्टिमेटमा हस्ताक्षर गरेको स्रोतले जनाएको छ। दर्ुइ लाखको काम गरि जिबिसमा प्रतिवेदन पेश गर्दा गत सुक्रवार मात्रै जम्मा ३८ हजारको काम भएको भनि मुल्यांकन गर्ने प्राबिधिकहरुले दर्ुइ दिनभित्रै दर्ुइलाखको काम सम्पन्न भएको छ भन्ने प्रतिवेदन दिनुले पनि उक्त कुरालाई पुष्टी गर्दछ। 
उता वुडर जोरायल सडकमा भईरहेको ३५ लाख वरावरको काममा जिविसका प्राबिधिकहरुले १० प्रतिसत लिने सहमति उपभोक्ताहरुसंग गरेको र त्यसमध्य २८ हजार लिईसकेको कुरा समेत सो क्षेत्रका उपभोक्ताहरुवाट खुल्न आएको छ। नाम उल्लेख नगर्ने शर्तमा एक उपभोक्ताले भनर्ेर् इन्जिनियर अर्याल र उपभोक्ता समितिका अध्यक्षको नौ लाख खाने योजना थियो तर हामीले बिरोध गरेका छौं। पांच जना राजनीतिक दलका कार्यकर्ताहरुको मिलेमतोमा उक्त खेलखण्ड भईरहेको थियो ति उपभोक्ताले भने तर उनले नेता-कार्यकर्ताहरुको नाम उल्लेख गर्न चाहेनन्। पत्रकारहरुले पनि हिस्सा खोजेका थिए, उनको थप भनाई रहेको छ। 
प्रमुख जिल्ला अधिकारीसंग भनेपनि १० प्रतिसत लिएरै छोड्ने भन्ने हिम्मत राख्नर्ेर् इन्जिनियर अर्यालको उक्त भनाईले के प्रमुख जिल्ला अधिकारीलाई समेत हिस्सेदार वनाउन खोजेको हो यो भने सम्वन्धित सरोकारवालालाई नै जानकारी होला तर डोटीको बिकासको लागि आएको पैसा मनग्ये तलव भत्ता खाईरहेका प्राबिधिक भनाउदाहरुले यसरी स्वाह गर्न थालेको छन। राजनीतिक दलका नेता भनाउदाहरु पनि तिनै भ्रष्टहरुको पछि लागेर दुनो सोभ\याउदैछन। यो नै जिल्लाको बिडम्वना हो। प्राबिधिकको जागिर खाएर दर्ुइ वर्षै सिलगढी, धनगढी वा काठमाण्डौंमा बिल्डिङ वनाउने व्यक्तिहरुको सम्पत्ति र आयको स्रोत राज्यले खोज्न सक्छ कि सक्दैन यो भने हर्ेन वांकी छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।