Skip to main content

सुनौलोको नयां डटेट कण्डम

-राज गुरुङ-
पोखरा, ६ साउन/ सुनौलो परिवार नेपाल मेरी स्टोप्स् सेण्टरले उत्पादन गरेको जोडी गोल्ड प्रिमियम कण्डम बजारमा आएको छ। नेपाली उत्पादनका रुपमा रहेको यो कण्डम पाकेटको २५ रुपियाँ बजार मूल्य कामय गरिएको छ। पाकेटमा चार वटा कण्डम रहने कम्पनीको भनाई छ। बजारमा आउने अन्य कण्डमको तुलनामा जोडी गोल्ड सरल र सुगन्धयुक्त भएको कम्पनीले दावी गरेको छ। अर्न्तराष्ट्रिय मापदण्ड अनुसार तयार गरिएको यो कण्डम डटेट भएको सुनौलो परिवार नेपाल मेरी स्टोप्स सेण्टर पोखराका क्षेत्रीय प्रवन्धक सुरेशकुमार गिरिले जानकारी दिनुभयो। गिरिका अनुसार नेपालमा अझै पनि कण्डको मागअनुसार पर्ूर्ति हुन सकेको छैन। वहाँले दिएको जानकारी अनुसार नेपालमा वाषिर्क ६ करोड २९ लाख कण्डमको माग रहेको भएपनि चार करोड कण्डममात्र आपर्ूर्ति भएको छ।
सेण्टरले यसअघि बजारमा ल्याएको जोडी कण्डमलाई परिमार्जित गर्दै थप सन्तुष्टि दिने गरी तयार गरिएको यो कण्डमको आइतबारदेखि पोखरामा बजारीकरण सुरु गरिएको हो। सभासद् कृष्णकुमारी परियारले हालै आयोजित एक औपचारिक कार्यक्रमकाबीच डटेट कण्डमको र्सार्वजनिक गर्दै बजारीकरण सुरु भएको घोषणा गर्नु भयो। वहाँले कण्डमको प्रयोगले एचआईभी लगायत अन्य यौनजन्य संक्रमणबाट जोगिन र जन्मान्तर राख्न सकिने भएकाले कण्डमको उपयोगिताबारे गाउँदेखि शहरसम्म जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गर्नुभयो। कार्यक्रममा मेरी स्टोप्स् सेण्टर पोखराका इञ्चार्ज सरोजन्द्र न्यौपानेले बजारीकरण सुरु भएको जोडी गोल्ड प्रिमियम कण्डमप्रति प्रयोगकर्ताहरुको आकर्षा बढ्ने विश्वास गर्नुभयो। कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य पुण्य पौडेल, जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीका निमित्त प्रमुख पदमवन्धु पोखरेल लगायतका वक्ताहरुले कण्डमको सही सदुपयोग भएमात्र यौनजन्य संक्रमणबाट बच्न सकिने भएकाले त्यसतर्फध्यान दिन प्रयोगकर्ताहरुलाई आग्रह गर्नु भयो। जन्मान्तरका लागि महिलाहरुले खाने परिवार नियोजनको उच्चरीय तथा भरपर्दो खाने चक्की फेमनील मेरी स्टोप्स्को अर्को उत्पादन हो। फेमनील चक्की विगत वर्षरुदेखि नै बजारमा आएको हो। डा मेरी स्टोप्स्को नामबाट बेलायतबाट सुरु भएको मेरी स्टोप्स् सेण्टरका हालसम्म विश्वमा करिव ४३ वटा सेण्टर रहेका छन् भने नेपालमा विभिन्न जिल्लामा यसका ६१ वटा सेण्टरहरु स्थापना भइसकेका छन्। सबै सेण्टरबाट सुरक्षित गर्भपतन सेवा, परिवार नियोजनाका स्थायी वन्ध्याकरण सेवा तथा अस्थायी परिवार नियोजन सेवा, किशोर किशोरीहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा स्वच्छिक परामर्श सेवा प्रदान गर्दै आएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...