Skip to main content

शान्ति प्रक्रियाका पक्षधरले प्रतिवद्धता पूरा गरेनन्-ओएचसिएचआरका प्रमुख आयुक्त बेनेट

काठमाडौं, साउन १४ । नेपालस्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्त रिचर्ड बेनेटले शान्ति प्रक्रियाका पक्षधरहरुमा रहेको जवाफदेहीताको अभावले दण्डहीनतामा कमी नआएको बताएका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै स्वतन्त्र अनुसन्धान गर्नुपर्ने प्रकृतिका कतिपय मानवअधिकार हननका विषयहरु थाती रहेको आवश्यक सहयोग नहुदा दण्डहीनता विद्यमान रहेको बताए ।
'शान्ति प्रक्रियाका पक्षहरुले दण्डहीनताविरुद्ध लड्ने तथा विश्वसनीय, अधिकारप्राप्त, निष्पक्ष तथा पर्ूण्ातया स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने आफ्ना प्रतिवद्धता पूरा गर्नुपर्छ,' ओएचसिएचआरको समयावधि थपिएपछि पहिलोपटक पत्रकारहरुमाझ बोल्दै उनले भने,'द्वन्द्वसँग सम्बन्धि कसुरका लागि कसैलाई पनि न्यायको कठघरामा खडा गरिएको छैन ।' शान्ति सम्झौतामा भएका राजनीतिक अपराधको स्थितिमा कुनै सुधार नआएको उल्लेख गरे । महाराजगञ्जस्थित भैरवनाथ गणमा भएको मानवअधिकार उल्लंघनको घटना र मादीमा भएको बमकाण्डको स्वतन्त्र न्यायिक छानविन नभएको भन्दै तत्काल प्रतिवद्धता पूरा गर्न आग्रह गरे । मानवअधिकार हननमा संलग्न नेपाली सेनाका अधिकारीहरुलाई बढुवा नगर्न पटक पटक आग्रह गरिएको र माओवादीले मादी बमकाण्डका दोषी भनिएका चारजनाको पूरा नाम र एकजनाको नाममात्र र्सार्वजनिक गर्ने सिवाय केही नगरेको भन्दै असन्तुष्टि पोखे । आफूले प्रधानमन्त्री माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डलाई भेटी द्वन्द्वसंग सम्बन्धि मानवअधिकार हननका घटनाको विश्वसनीय, अधिकारप्राप्त, निष्पक्ष तथा पर्ूण्ातया स्वतन्त्र अनुसन्धानमा सहयोग गर्ने आफ्नो प्रतिवद्धता पूरा गर्न आग्रह गरेको खुलासा गरे ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा काभ्रेमा अर्जुन लामा, चितवनमा रामहरि श्रेष्ठ र बारामा वीरेन्द्र शाहको हत्यामा संलग्न भनिएका माओवादी नेता कार्यकर्ताबारे पर्ूण्ा अनुसन्धानमा स्वयं माओवादी पार्टर्ीीट सहयोग नभएको बताए । रामहरि श्रेष्ठको हत्यामा संलग्न भनिएका कालीबहादुर खाम मगरलाई तत्काल प्रहरीसमक्ष र्समर्पण गर्न निर्देशन दिन माओवादीलाई आग्रह गरे । वीरेन्द्र शाहको हत्याबारे अनुसन्धानमा माओवादीले पर्ूण्ा सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।
बेनेटले नेपाली सेनाले भैरवनाथ गणको घटनामा ओएचरिएचआरले देखाएको चासोबारे पत्र पठाएको तर आफूहरुले चित्तबुझ्दो जवाफ नपाएको बताए । वेपत्ताका परिवारहरुसंग सर्म्पर्कमा रहेको उल्लेख गर्दै भने,'महाराजगञ्जस्थित ब्यारेकमा ६ वर्षअगाडि भएको स्वेच्छाचारी थुना, यातना तथा वेपत्ता कार्यसम्बन्धि प्रतिवेदनमा उठाइएका घटनाहरुमा प्रगति गर्नुपर्नेमा प्रधानमन्त्रीलाई पत्र लेखेको छु ।' घटनामा संलग्न सैनिक अधिकारीहरुलाई तत्काल निलम्बन गर्न आग्रह गरे । दण्डहीनताका कारण अरु हिंसा र मानवअधिकार उल्लंघनका घटना बढ्ने औल्याए । ओएचसिएचआरले वेपत्ता र मानवअधिकार उल्लंघन सम्बन्धि १३ सय वटा घटनाबारे अनुसन्धान गरिरहेको जानकारी गराए ।
मानवअधिकार उल्लंघनमा राजनीतिक तहमा रहेकाहरुको पनि संलग्नताबारे अनुसन्धान हुनुपर्ने बताए । विगतमा नेपाली सेना र प्रहरीबाट भएका मानवअधिकार उल्लंघनमा राजनीतिक निर्देशन रहेको भन्दै त्यसबारे स्वतन्त्र न्यायिक छानविन हुनुपर्नेमा उनको जोड थियो ।
तिब्बती शरणार्थीको शान्तिपर्ूण्ा पर््रदर्शनका क्रममा भएका मानवअधिकार हननबारे गृहमन्त्री भीम रावलसंग कुरा राखेको बताए । शान्तिपर्ूण्ा ढंगले विरोध पर््रदर्शन गर्न पाउने कसैको अधिकार पनि कुण्ठित हुननहुने स्पष्ट पारे ।
ओएचसिएचआरको गतिविध्रि्रति राष्ट्रिय मानवअधिकार आयोग र नेपाल सरकारका निकायहरुबाट सहयोग नभइरहेको भन्ने भनाई निराधार रहेको बताए । आफूहरुले आयोग र सरकारी निकायसंग समन्वय गरेरै काम गरिरहेको जानकारी गराए । ओएचसिएचआर नेपाल सरकारले माग गरेअनुरुप म्याण्डेट लिएर सक्रिय रहेको बताए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।