Skip to main content

कालाबजारी सक्रिय, प्रजिअ मौन

वीरगंज, १५ साउन । बढ्दो महंगीको चांप एवं कृत्रिम अभावबीच खाद्यान्न लगायतका सामान विक्रीमा नागरिकलाई बलिको बोको बनाउन थालेका वीरगंजका कालाबजारी, व्यापारीहरूलाई तह लगाउने कार्यतर्फ सम्बन्धित निकायहरूले केही नबोल्नुले आम नागरिकबीच विश्वास गुम्न थालेको छ।
नगर क्ष्ेत्रमा अनाधिकृत आय आर्जन गर्ने उद्देश्य अनुरूप नाम मात्रका लागि गठन भएका जस्ता आधा दर्जनभन्दा बढी उपभोक्ता मञ्च, नागरिक समाज, समाजका अगुवा भनाउंदा एवं समाजकै लागि पत्रकारिता गर्ने संचारकर्मीहरू लगायतका उपभोक्ताहरु अनियन्त्रित मूल्यवृद्धि, कालाबजारी, कृत्रिम अभावको समस्या झेल्न बाध्य भएका छन्।
जनउत्तरदायी प्रशासन र कानूनी राज्य नभएकोजस्तो कालाबजारीहरू कै मनमर्जि बमोजिम बजार मूल्य स्थापित हुने हो भने र अपराधी चरित्रकै व्यक्तिहरूबाट कानून कार्यान्वयन हुने हो भने किन चाहियो हामीलाई प्रजिअ (प्रमुख जिल्ला अधिकारी), किन चाहियो कानून कार्यान्वयन गर्ने निकाय ?
यसै प्रसंगमा काठमाडौं जिल्ला प्रशासन कार्यालयले उपभोक्ता वर्गको गुनासोलाई ध्यानमा राखी कानूनी राज्यको अवधारणा स्थापित गर्न दर्जनौं व्यापारीहरूको गोदाममा छापामारी गरी कालाबजारी व्यापारीलाई कारबाही थालनी गरिसक्दा पनि पर्साका प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भण्डारीले वीरगंजमा कृत्रिम अभाव, कालाबजारी, चर्को मूल्य वृद्धि भएको नदेख्नुलाई नगरवासीले कुन रूपमा हेर्ने त्यो भने गहन विषय बनेको छ।
दैनिक उपभोग गर्ने चामल, दाल, केराउ, चना, चिनी, पिठो, बोडी लगायत मटीतेल, घ्यू, सिमेन्ट, दूध, दही, तरकारी, निर्माण सामग्री तथा अन्य सामग्रीहरूको मूल्यसूची राख्ने प्रावधान नरहेबाट पनि यो समस्याले विकराल रूप लिएको नगरका बौद्धिक वर्गहरुको अवधारणा छ। नागरिक समाजप्रतिको उत्तरदायित्व बोकेका संस्था लगायतका सम्बन्धित निकायले मूल्य नियन्त्रण एवं अनुगमन, निरीक्षण गर्न सक्ने सम्बन्धित निकाय हुन अथवा मूल्य एकरूपता कायम गर्न सक्ने भूमिकामा निर्वाह अहम जिम्मेवारी निर्वाह गर्न सक्ने निकाय वीरगंज उद्योग वाणिज्य संघलाई दबाबयुक्त रूपमा उपभोक्ता हितका लागि परिचालन गर्ने लगाउन नसक्नुले पनि यी समस्या देखा परेका छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...