Skip to main content

१०९ सशस्त्र समूहमध्येबाट वार्ता कि कारबाही

काठमाडौं, साउन १६। गृहमन्त्री भीम रावलले देशमा सक्रिय १०९ सशस्त्र समूहमध्ये राजनीतिक र आपराधिक उद्देश्यबाट प्रेरित हुन् भन्नेबारे सूक्ष्म अध्ययन भइरहेको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै सबै समूहको पहिचानलगत्तै सरकार निष्कर्षा पुगी अगाडि बढ्ने खुलासा गरे।
'देशभर १०९ सशस्त्र समूहको सूक्ष्म अध्ययन भइरहेको छ,' गृहमन्त्रीले भने,'अध्ययनलगत्तै वार्ता कि कानुनको दायरामा ल्याउने प्रक्रिया थाल्ने भन्ने निष्कर्षा पुग्नेछौं।' अधिकांश समूह आपराधिक क्रियाकलापमा लागेको प्रारम्भिक अध्ययनले देखाएको उल्लेख गर्दै कानुन बमोजिम अगाडि बढ्ने बताए। आपराधिक समूहलाई सीमा वारपार गरेर सक्रिय हुने अवसर नमिल्ने गरी रणनीति तयार भएको बताए। छिमेकी मुलुकका सुरक्षा निकायसंग समन्वय गरी अपराध नियन्त्रणको नीति लिने उनको भनाई थियो। अपराधी उम्कन नदिन सीमा क्षेत्रमा कर्डाई गरिने स्पष्ट पारे।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा रावलले सुरक्षा निकायमा दरबन्दी बढाउने खुलासा गरे। विशेष सुरक्षा कार्ययोजना कार्यान्वयनका लागि दरबन्दी बढाउने दिर्घकालिन योजना रहेको बताए। 'विशेष सुरक्षा योजना कार्यान्वयनका लागि प्रहरी सेवामा दरबन्दी बढ्छ,' उनले भने,'भएका संख्याका सुरक्षाकर्मीको परिचालन हुन्छ।' प्रहरी चौकीहरुको संख्या वृद्धि गरिने, गुल्महरु खडा गरी प्रत्यके गुल्ममा १२० प्रहरी दरबन्दी खडा गरिने, घनीभूत अपराध हुने ठाउंको नक्शांकन गरी सुरक्षाकर्मी खटाइने कार्ययोजना रहेको बताए। ५६ हजार जनपथ प्रहरी, २५ हजार सशस्त्र प्रहरी बल र सूचनाका लागि राष्ट्रिय अनुसन्धान विभागमा कार्यरतहरुलाई सक्रिय पारिने बताए। सुरक्षा निकायमा संरचनात्मक र नीतिगत परिवर्तन ल्याउने बताए। साधन र स्रोत जुटाएर प्रभावकारी कामहरु गर्ने उनको भनाई थियो। परिचालनतर्फ९२ करोड खर्च गर्ने कार्यक्रम बनाइएको बताए।
योजना कार्यान्वयनका लागि तालिका बनिरहेको बताए। केही दिनमै कार्यान्वयन शुरु हुने बताए। कार्यान्वयनबारे अविश्वास भइरहेकोबारे सोधिएको प्रश्नमा उनले भने,'व्यवस्थापिका संसदको राज्यव्यवस्था समितिले कार्ययोजना अगाडि बढाउन अनुमति दिएकाले कार्यान्वयन हुन्छ।' नेपाली जनता र राजनीतिक दलहरुले योजनाबाट शान्तिसुरक्षाको प्रत्याभूति हुने आशा राखेकाले सहयोग प्राप्त हुनेमा विश्वस्त भएको बताए। अन्तराष्ट्रिय समुदायको पनि कार्ययोजनाप्रति र्समर्थन रहेको बताए। राजमार्गहरु अवरुद्ध हुने क्रम रोक्न प्रभावकारी कदम चालिने बताए। कानुनभन्दा कोही ठूलो नभएकाले अपराध गर्ने कोही नछुट्ने दृढता व्यक्त गरे। रामहरि श्रेष्ठको हत्याका अभियुक्त कालिबहादुर खाम मगर र नेपाल विकास बैंकबाट करोडौं रकम डुबाएको अभियोग लागेका उत्तम पुनलगायतलाई पक्राउ गर्न नसकेकोबारे सोधिएको प्रश्नमा उनले भने,'ठूलालाई चैन र सानालाई मात्र ऐन हुदैन, फाइल हेरेर काम अगाडि बढाइनेछ।' कानुन मिच्नेलाई कारबाही गर्न दृढतापर्ूवक लाग्ने बताए।
दण्डहीनता अन्त गरी जनताको शान्तिपर्ूवक बाँच्न पाउने अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने बताए। हत्या, अपहरण जस्ता जघन्य अपराध नियन्त्रणमा लिने, राजमार्ग अवरुद्ध हुन नदिने, काठमाडौं उपत्यकामा अपराधिक क्रियाकलाप नियन्त्रण गर्नेसहितका पांचवटा उद्देश्य राखेर काम अगाडि बढाइने बताए। शान्तिसुरक्षा सुदृढ गर्न जनचेतना अभियानलाई प्रभावकारी बनाउने उनको भनाई थियो।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले जनताले केही दिनमै शान्तिसुरक्षाको अनुभूति पाउनसक्ने विश्वास व्यक्त गरे। देशमा सुरक्षाको अवस्था बिग्रिएको भन्दै पत्रकारहरुको सुरक्षाको सुनिश्चितता हुनुपर्ने बताए। वर्तमान सरकारले पत्रकारको सुरक्षाका लागि विशेष पहल गर्नुपर्ने बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।