Skip to main content

महिलामाथि गोली प्रहार

धनुषा, २६ असार । अज्ञात समूहले एक महिलालाइ घरमै आएर गोली प्रहार गरी गम्भीर घाइते बनाएको छ।
आज बिहान धनुषाको तारापट्टी-४ सिरसिया बस्ने रामप्रित महराको ३५ वर्षीय पत्नी राजमती देवी महरालाइ करिब १० जनाको संख्यामा आएका समूहले घरबाट बाहिर निकाली गोली हानेर फरार भएका छन्।
पिठयुमा गोली लागी गम्भीर भएकी राजमतीको जनकपुर अस्पतालपछि थप उपचारको लागि धरानतर्फ पठाइएको छ भने गोली प्रहार गर्ने समूहको खोजी भइरहेको मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ। 

Comments