Skip to main content

सडक दुर्घटना र सडक अवरुद्ध

वीरगंज, २८ असार । विभिन्न स्थानमा दुर्घटना र सडक अवरुद्ध भएको छ।
आज बिहान वीरगंज -१९ इनर्वामा रहेको हनुमान मन्दिरमा तोडफोड भएको विरोधमा स्थानीयवासीले सो सडकखण्ड अवरुद्ध गरेका छन्।
गए राति बाइपासको नगवा चोकमा एचआर २९ जी ए ०१९३ नं.को टयाकंरको ठक्करबाट पर्सा अपौनी निवासी बालक आकाशकुमार घाइते भएका छन् भने स्थानीयवासीको कुटाइबाट भारतीय चालक संजय रावलाइ कुटपिट गरेका थिए। घाइते दुवैको नाउक्षे अस्पतालमा उपचार भइरहेको छ।
आज विहान थाक्रे-९ नजिकै ना३ख ५३३७ नं.को ट्रक ना३ख ५५७४ नं.को ट्रक ठोक्किदा दुवै ट्रकको चालक सहित ९ जना घाइते भएका छन्।
गए राति दारेचोक-३ चुम्लिङटार नजिकै रोकीराखेको ना२ख २२३ नं.को कन्टेनरमा बा१प ८११७ नं.को मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा रहेका भिम गुरुङ -२४) गोर्खा निवासी सरिता सोताङ -२८) घाइते भइ उपचारको लागी भरतपुर अस्पताल पठाइएको छ।
गए राति गजुरी-२ नजिकै आरजे ०२१ जी१३२१ नं.को मार्बल लोड ट्रक उकालोबाट ब्याक भएपछि सोही ट्रकका खलासी भारतको राजस्थान निवासी बबल सिंह -२४) घाइते भएका छन्, उनको उपचार काठमाडौंमा भइरहेको छ।

Comments