Skip to main content

उपराष्ट्रपतिले पुनः सपथ खानुपर्दैन, राजीनामा पनि दिनुपर्दैन

काठमाडौं, साउन ११। आपर्ूर्तिमन्त्री राजेन्द्र महतोले उपराष्ट्रपति परमानन्द झाले राजीनामा दिनुनपर्ने र पुनः सपथ पनि खानुनपर्ने बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै संविधानमा संशोधन गरी सपथ विवाद अन्त गर्नुको विकल्प नभएको बताए।
'उपराष्ट्रपतिले पुनः सपथ खानुपदैन, राजीनामा पनि दिनुपर्दैन,' सदभावना पार्टर्ीी अध्यक्ष समेत रहेका महतोले भने,'अन्तरिम संविधान संशोधन गरी समस्याको समाधान खोजिनेछ।' प्रधानमन्त्री माधवकुमार नेपाललाई भेटी संविधान संशोधनको प्रस्ताव राखेको खुलासा गरे। सदनमा संशोधन प्रस्ताव जाने ठोकुवा गरे। संविधान संशोधनका लागि प्रक्रिया अगाडि बढाइएको बताए। उपराष्ट्रपतिको सपथलाई सर्वोच्च अदालतले गैरकानुनी भनी फैलसा गर्नुलाई दर्ुभाग्यपर्ूण्ा भने। आफूहरुले अदालतको सम्मान गर्ने उल्लेख गर्दै भने,'सर्वोच्चको फैसलाले देश र मधेशको हित गर्दैन।' नेपालमा बोलिने सबै भाषा सपथमा प्रयोग गर्न पाउनुपर्ने स्पष्ट व्यवस्था गर्नुपर्ने बताए। मुलुक एउटा भाषीको मात्र नभएको भन्दै भाषाकै विषयमा उपराष्ट्रपतिले राजीनामा दिनुनपर्ने स्पष्ट पारे। उनले भने,'जननिर्वाचित उपराष्ट्रपतिले किन राजीनामा दिने -'
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री महतोले कृत्तिम अभाव सृजना गरी मूल्यवृद्धि गराउनेहरुमाथि कडाभन्दा कडा कारबाही गर्ने बताए। कारबाहीका लागि सरकारले छापा मार्ने क्रममा शुरु गरिसकेको भन्दै कुनैपनि प्रक्रियाबाट मूल्यवृद्धि नियन्त्रणमा लिने बताए। कृत्तिम मूल्यवृद्धि गराउनेप्रति सरकार शतर्क रहेको बताए। अन्तराष्ट्रिय बजारमा मूल्यवृद्धि भएबाट नेपालमा पनि केही असर देखिएको बताए। यद्यपि मूल्यवृद्धि अविश्वसनीय हुनुबाट सरकार गम्भीर भएको बताए। खाद्या सामाग्री लुकाउने गोदाममा धमाधम छापा मार्ने क्रम अगाडि बढाइएको बताए। शंकास्पद सबै स्थानमा छापा मार्ने बताए। उनले भने,'सरकार कुनैपनि कालाबजारीलाई छाड्ेन पक्षमा छैन।'
पसलहरुमा अनिवार्य मूल्यसूचीमा जोड दिदै नराख्नेलाई कारबाही गर्ने बताए। मूल्य चर्को लिनेहरुमाथि कडा कारबाहीको चेतावनी दिए। पसलहरुमा वाणिज्य विभाग र स्थानीय प्रशासनको संयुक्त अनुगमन खटिने बताए। कर घटाएर भएपनि मूल्य वृद्धि अन्त गर्ने प्रक्रिया बढाइएको खुलासा गरे।
झाडापखाला प्रभावितका लािग विशेष खाद्य प्याकेजको व्यवस्था गरिने बताए। प्रति विरामी १० केजी चामल, एक केजी दूध र औषधीसहितको प्याकेट पठाउन लागेको बताए।
खडेरी परेको क्षेत्रका जनताका लागि विशेष राहत प्याकेज ल्याइने बताए। राहतका लागि गृहकार्य शुरु भइसकेको उनको भनाई थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।