Skip to main content

जताततै चक्काजाम, यात्रुलाइ सास्ती

वीरगंज, २५ असार । विभिन्न मांग राख्दै सडक अतिक्रमण गर्ने र चक्काजाम गर्ने कार्यले तीव्रता पाइरहेको छ।
लगातार तीन दिनदेखि वीरगंज-पथलैया सडकखण्ड अवरुद्ध हुंदा हजारौं सवारीसाधनहरु अलपत्रमा परेका छन्।
आज बिहान पनि औद्योगिक कोरिडोरको विभिन्न स्थानहरुमा प्रदर्शनकारीले चक्काजाम गरेका छन्।
कारखाना व्यवस्थापन पक्षले मजदूरलाइ कुटपिट गरेको विरोधमा तीन दिनदेखि वीरगंजको बहुअरी स्थित नेशनल पोली प्लास्टका मजदूरहरुले वीरगंज-परवानीपुर सडकखण्डको गण्डकमा चक्काजाम गरेका छन्।
कारखाना व्यवस्थापनले केही महिना अघी कामदारलाइ निकालेको बिषयमा व्यवस्थापन पक्ष र मजदुर पक्षबीच झडप हुंदा ३ जना मजदुर घाइते भएपछि उपचार खर्च कारखानाले नै उपलब्ध गराउनुपर्ने मांग गर्दै सडक अवरुद्ध गरेका हुन्।
यसैगरी गए राति रामपुर टोकनी-३ नजिकै ना३ख ६६२८ नं.को बसले ना२प ९४४९ नं.को मोटरसाइकललाई ठक्कर दिंदा बारा, फत्तेपुर-३ बस्ने कर्ण कुमार राय र राजु राय र १४ वर्षीया करिष्मा राय घाइते भएपछि करिष्माको बाटोमा नै मृत्यु भएको थियो। सोही बिषयलाई लिएर पीडित पक्षले गए राति अवरुद्ध गरेको सडकखण्ड प्रहरीले सम्झाइबुझाइ सुचारु गरेको थियो। ठक्करदिने बस र चालकलाइ प्रहरीले पक्राउ गरेको छ।
आज बिहान बाराको अमलेखगन्ज -३ सागरचोकका स्थानियबासिन्दाहरुले तटबन्धको मांग गर्दै अवरुद्ध गरेको महेन्द्र राजमार्ग विहान पौने ११ बजे सुचारु भएको छ।
सो क्षेत्रमा रहेका क्रसरले जथाभावी ढुंगा निकाली घर र जग्गा कटान गरेको आरोप लगाउंदै स्थानीयवासिन्दाले सडक अवरुद्ध गरेका हुन् । 
खानेपानी तथा उपभोक्ता महासंघको पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार आज पनि पूर्व-पश्चिम महेन्द्र राजमार्गको अमलेखगंज, सर्लाही, रौतहट, धनुषामा चक्काजाम गरिएको थियो।
उपभोक्ता महासंघ, सर्लाहीका अध्यक्ष डोलराज पाण्डेको नेतृत्वमा कर्मैया ४,६ र ७ र लालबन्दी १ स्थित डुमडुमे पुलमा बाटो अवरोध गरेका थिए। खानेपानी सरसफाई राष्ट्रिय उपभोक्ता महासंघ, धनुषाका भिम प्रसाद शर्माको नेतृत्वमा ढल्केचोकमा चक्काजाम गरिएको थियो।
उपभोक्ता महासंघले विभिन्न मांग राख्दै गत २० गतेको पूर्व घोषित आन्दोलनको कार्यक्रम अनुसार २४ गते देखि ३० गते सम्म दैनिक १ घण्टा र ३० गतेदेखि पूर्ण रुपमा चक्काजाम गर्ने निर्णय गरेको थियो।
यसैगरी सडक पिच गर्ने बजेट निकासा नभएको विरोधमा एमाले गाउं कमिटी रौतहटका सचिव शेष अमिनको नेतृत्वमा आज बिहान ७ः४५ बजेदेखि बीरेन्द्र राजमार्गमा बाटो अवरोध गरेको प्रहरीले जनाएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...