Skip to main content

सरकारको ज्ञानेन्द्र शाहसँग साँठगाँठ छ-प्रभाकर

काठमाडौं, असार २६। नेकपा माओवादीका सचिवालय सदस्य जर्नादन शर्मा प्रभाकरले वर्तमान सरकारको पर्ूव राजा ज्ञानेन्द्र शाहसँग साँठगाँठ रहेको आरोप लगाएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै पर्ूव राजाको पछिल्ला गतिविधिले साँठगाँठको पुष्टि गरेको बताए।
यो सरकारको ज्ञानेन्द्र शाहसँग साँठगाँठ छ, पर्ूव शान्ति तथा पर्ुननिर्माणमन्त्री समेत रहेका प्रभाकरले भने, सरकार बनेपछि ज्ञानेन्द्रको सक्रियता बढेको छ। शाहले मनाएको जन्मदिन उल्लेख गर्दै राजतन्त्र ढलेपछि पनि राजाकै शैलीमा तामझाम देखाउनुले आशंकाहरु बढाएको बताए। सरकारको नीति तथा कार्यक्रम ज्ञानेन्द्र शाहसँग साँठगाँठ गरेर ल्याइएको आरोप लगाए।
सरकारका गतिविधिहरु शान्ति विरोधी रहेको आरोप लगाउदै भने, शान्ति प्रक्रिया अवरुद्ध गर्न विदेशी इशारामा सरकार बनेको हो। सरकारमा जनविश्वास नरहेको भन्दै कडा आन्दोलन गर्ने चेतावनी दिए। देशलाई उल्टो गतिमा लाने धृष्टता भइरहेको आरोप लगाए। सरकारको नीति तथा कार्यक्रम छनदविहिन कविताजस्तै भएको टिप्पणी गरे। सरकारको कार्यक्रमलाई जनताले नपत्याउने तर्क गर्दै कार्यान्वयन हुने विश्वास गर्न नसकिने बताए।
कृषि तथा सहकारीमन्त्री मृगेन्द्रकुमारसिंह यादवले कृषि क्रान्ति गरेर देशको आर्थिक उन्नतिमा सक्रिय हुने बताए। सहमतिका साथ सरकार गठन भएकाले सहमतिबाटै नीति तथा कार्यक्रम कार्यान्वयन हुने दाबी गरे। फोरम केन्द्रीय सदस्य समेत रहेका यादवले भने, नीति तथा कार्यक्रम उत्कृष्ट र कार्यान्वयन गर्न सकिने छ। 
नेकपा एमालेका सचिव युवराज ज्ञवालीले सरकारको पर्ूव राजासँग साँठगाँठ रहेको भन्ने आरोपबारे सोधिएको प्रश्नमा उनले माओवादी झूटा आरोप लगाउन सिपालु भएको बताए। लोकतान्त्रिक आचरण र चिन्तन बनाएर सहमतिमा आउन आग्रह गरे। आरोप प्रत्यारोपभन्दा सहमतिका साथ अगाडि बढ्नुपर्नेमा उनको जोड थियो। प्रतिगामीहरुबाट शतर्क हुनुपर्ने बताउदै भने, सबै मिलेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउनर्ुपर्छ। माओवादीका सामु सरकारमा आउनु या रचनात्मक प्रतिपक्षीको भूमिका खेल्नुको विकल्प नभएको बताए। 
राजपाका सअहध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले नीति तथा कार्यक्रममा नयाँ कुरा नभएको बताए। विगतको कार्यक्रम र अहिलेको कार्यक्रममा तात्विक फरक नभएको भन्दै कार्यान्वयनमा चुनौती रहेको बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।