Skip to main content

रिसको झोंकमा पिता द्वारा दुइ वर्षीया छोरीको पछारेर हत्या

सर्लाही, २५ असार । आफनै दुइ वर्षीया छोरीको हत्याको आरोपमा प्रहरीले एकजनालाइ पक्राउ गरेको छ।
गए राति छटौल-३ सोनाह टोल निवासी उपेन्द्र माझी र उनकी पत्नि सुमिन्द्रा देवीबीच झैझगडा हुंदा रिसको झोकमा उपेन्द्रले आफनै दुइ वर्षीया छोरी प्रतिमाको खुट्टा समातेर भुइमा पछारेर हत्या गरेका हुन्।
प्रहरीले माझीलाइ पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्राप्त जानकारीमा उल्लेख छ।

Comments