Skip to main content

तराइका किसानहरु हर्ष न बिस्मात

वीरगंज, ७ साउन। नेपालका तराइका जिल्लाहरु जलवायु परिवर्तनका कारण सुख्खाग्रस्त क्ष्ँेत्र बन्दै गइरहेको छ। आज बिहान सूर्य ग्रहणपछि केही बेर पानी परेपछि किसानहरु हर्षित भएका थिए। तर करिब आधा घण्टाको सिमसिमे पानीपछि पुन चर्को घाम लागेपछि किसानहरु हर्ष न बिस्मात भएका छन्।
१० महिनादेखि तराइका जिल्लामा खाद्यान्न बालीहरुलाई आवश्यक प्रर्याप्त वर्षात् हुन सकेको छैन। तराइमा सिंचित क्षेत्र निकै कम छ। सम्पूर्ण खेती प्रणाली आकाशे पानीमा निर्भर छ। लामो खडेरीका कारण खोला, नदी, कूलो, पैनीको पानी पनि सुक्दै गएको छ। माछापोखरीको पानी पनि सुक्दै गएबाट माछाहरु पानीको अभाव र तातोपानीका कारण भडकिरहेका छन्। खानेपानीका लागि जमिनमा गाडिएको ट्युबबेलबाट पनि साविकको भन्दा निकै कम पानी आउन थालेको छ। सिमसार क्षेत्र पूरै सुख्खा भएको छ। गाइवस्तुहरु पनि पानीको अभावमा तडपीरहेका छन्। छिटो मनसुन वर्षा हुने कुनै लक्षण छैन। तराइका ८० प्रतिशत धान खेतमा पानीको अभावमा धानको रोपाई भएको छैन। असार, श्रावण महिनामा तराइका खेत पानीको डुबानमा हुन्थे, यसपाली त धान खेतमा कमिलाको तांती हिंडिरहेको छ। रोपेको धान खेतमा पनि धांजा फुटेको छ। तराइको प्रमुख बाली धान रोपाइंको बेला खडेरी पर्नाले आम कृषक र खेतीहर मजदूरहरु अति दूखित र चिन्तित बनिरहेका छन् विकल्पको खोजी गरिरहेका छन्। पृथ्वीको तापक्रम अति बढेको कारण पम्पिङ सेट, बोरिङ संचालन गरेर रोपाइं गरेको धान खेतीमा दोहोर्‍याएर पानी पटाउन नसक्दा लगानी खेर गएको छ। प्रर्याप्त पानी नभइ धानबाली हुंदैन। कृषकहरुले खानका लागि संचित गरेर राखेको खाद्यान्न पनि अधिकांश कृषकहरुको घरमा सकिएको छ।
र्सर्ूय उदाएदेखि र्सर्ूय नअस्ताएसम्म खेतमा काम गरेर आप\mनो जहान परिवारको दैनिक जीवन गुजारा गर्ने खेतीहर मजदूर सुख्खाका कारण अति मर्माहत भएका छन्। काम नभएपछि उनीहरुको घरमा माम हुने कुरै भएन। किनेर छाक र्टार्न उनीहरुसंग बचत रकम छैन। साहु, महाजन, जमिन्दारले ऋण सहयोग गर्दैनन्। काम गरेर ज्याला कमाउन खेतमा कुनै काम छैन। लाखौंलाख मजदूर खडेरीका कारण एकैसाथ भोकमरीमा परेका छन्। खेतीहर मजदूरहरुको दैनिक जीवनमा परेको बज्रपात माथि सहानुभूति राख्ने, उनीहरुलाई रोजगारीको विकल्प दिने तयारीमा न सरकार छ, न कुनै गैरसरकारी संस्था छ, न कुनै व्यक्ति छ। भोकको ज्वाला शान्त पार्न जब खेतीहर मजदूरहरुले पाउंदैनन् भने त्यहां दुइटै विकल्प छ- कि सबै परिवार आत्महत्या गरेर मर्नु पर्‍यो, कि त खाद्यान्न हुनेहरुको घरमा पसेर लुटपाट गरेर आफू र आप\mनो परिवारलाई बचाउन पर्‍यो होइन भने कामको खोजीमा परिवार लिएर आफू बसेको ठाउं छाडेर अन्यत्र बसाइं सराइ गर्नु पर्‍यो।
तराइका जिल्लाहरुमा लाखौं लाख खेतीहर मजदूरहरुको जीवन निर्वाहको एकमात्र साधन र विकल्प भनेको खेतीबारीमा काम गरी दैनिक ज्यालाबाट बिहान बेलुकीको सामान्य छाक टार्नु हो। खेतीहर मजदूरहरुसंग श्रम बाहेक सम्पत्तिको नाममा केही हुंदैन। र्सवहारा कृषक मजदूरहरुको जीवनमा लामो खडेरीले इतिहासमा नै भोग्नु नपरेको चुनौती देखाएको छ। खडेरी एउटा जटिल समस्या हो। खडेरीसंग जुध्ने उपाय मानिससंग तत्काल छैन। प्रकृति प्रदत्त वर्षातले कृषि प्रधान देश नेपालका ८० प्रतिशत कृषक र मजदूरहरुलाई बचाएको थियो तर यसपाली कृषक मजदूरले नचिताएको दूख खेप्नु परिरहेको छ। र्सवहारा कृषक मजदूरको जीवनमा आइपरेको विपत्तिमा चिन्ता जाहेर गर्ने कोही देखिएन।
कृषक मजदूरलाई घोर विपत्ति आएको छ, खेतीपाती अन्नबाली नभएपछि कृषक मजदूरहरुले उब्जाएको खाद्यान्न खरिद गरेर खाने आम उपभोक्ताले पनि खाद्यान्न संकट र भोकमरीको पीडा सहनु नै पर्दछ। खडेरी राष्ट्रव्यापी समस्या हो। यो अत्यन्तै मानवीय समस्या हो। भोकमरीको पीडा अति कष्ट साध्य हुन्छ। लोभी र पापीहरुको झुण्ड मिलेर बनेको वर्तमान सरकारको बेलामा नेपाली जनताले कुन पाप र अधर्मका कारण लामो खडेरीको चपेटामा पर्न परेको हो -
तराइका जिल्लाहरुमा दलित जातिहरु बढी र्सवहारा मजदूर छन्। खेतीहर मजदूरहरु पूर्ण रुपमा खेतबारीको श्रममा नै आश्रति हुने भएकाले खेतीपाती नभएको खण्डमा उनीहरुले कष्टकर जीवन बिताउनु बाहेक तत्काल अर्को विकल्प देखिदैन। वर्तमान सरकारले भोलि आइपर्ने खडेरीको दुष्परिणामप्रति आजै सजग भएर तराइलाई सुख्खा क्ष्ँेत्र घोषित गरी खेतिहर मजदूरहरुको दैनिक जीवन गुजाराका लागि विकल्पको कार्यक्रम नदिए भीषण लूटपाट र काटमार नियन्त्रण भन्दा बाहिर पुग्ने अनुमान लगाउन सकिन्छ। तराइका खेतीहर मजदूरहरुले स्वतस्फर्ूत रुपमा तत्कालीन समस्याप्रति बुलन्द आवाज उठाउने र राहतका लागि सरकारलाई सकारात्मक दबाब दिन अब ढिला गर्नु हुंदैन। वर्तमान सरकारले तराइका कृषक मजदूरहरुलाई तत्काल राहत कार्यक्रम तय गरी सवै क्ष्ँेत्रका सवैले पाउने राहत प्याकेज उपलब्ध गराउनु पर्दछ। प्राकृतिक संकट र मानवीय समस्याप्रति कुनै पनि राजनीति दलले राजनीतिकरण गर्नु हुंदैन। असार, साउनमा वषात् हुंदै नभएको र अब मनसुन बषर्ात भए पनि धान रोपाइंको समय गुज्रिसकेकोले खाद्यान्न संकट र श्रम संकट परेको छ। संकटको समाधान गर्ने काम वर्तमान सरकारको हो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।