Skip to main content

सात हजार विद्युतीय सवारी भित्र्याउने

काठमाडौं, असार २७। व्यवसायीहरुले काठमाडौं उपत्यकाभित्र सात हजारको संख्यामा विद्युतीय सवारी भित्राउने घोषणा गरेका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी नेपाल सफा परिवहन व्यवसायी संघले विद्युतीय सवारीले वातावरण प्रदूषण रोक्ने भन्दै उक्त संख्याका यातायात भित्राउन लागिएको बताए। 
संघका अध्यक्ष विष्णुप्रसाद धितालले सात हजारको संख्यामा विद्युतीय सवारी भित्राउने अभियानमा सघाउ पुर्याउन सरकार र नागरिक समाजलाई आग्रह गरे। वातावरणीय दृष्टिले अभियान अगाडि बढाउन लागिएको उनको भनाई थियो। धितालले विद्युतीय सवारीमा प्रयोग हुने ब्याट्रि् तथा अन्य पार्टपर्ूजामा पाइरहेको भन्सार तथा भ्यान छुटेको निरन्तरता, चक्रपथ क्षेत्रको शहरी इलाका तथा सम्पदा सूचीमा परेको क्षेत्रमा प्रदूषणरहित विद्युतीय सवारी मात्र संचालन गर्ने व्यवस्था गर्नुपर्ने, विद्युतीय सवारीको विकासको लागि उच्चस्तरीय संयन्त्रको निर्माण हुनुपर्नेलगायतका माग अगाडि सारेका छन्।  
पर्ूव श्रम तथा यातायातमन्त्री लेखराज भट्टले विद्युतीय सवारीलाई प्रोत्साहित गर्न सके वातावरण र अर्थतन्त्रमा सकारात्मक असर पर्नसक्ने बताए। आफू मन्त्री हुदा वातावरण विनाश रोक्ने खालका सवारीलाई प्रोत्साहित गर्ने कार्यक्रममा जोड दिइएको बताए। विद्युत उत्पादनमा वृद्धि गरी विद्युतीय सवारीलाई प्रोत्साहित गर्नसके स्वदेशबाट विदेशमा ऊर्जाका लागि रकम बाहिर जाने अवस्था अन्त हुने बताए। 
पर्ूव वातावरण, विज्ञान तथा प्रविधिमन्त्री गणेश शाहले वातावरण विनाश रोक्न विद्युतीय सवारीलाई प्रोत्साहित गर्नु उत्तम हुने बताए। काठमाडौं उपत्यकाभित्र विद्युतीय सवारीका रुपमा टेम्पोले सकारात्मक भूमिका खेलेको समेत बताए। 
नेकपा एमालेका पोलिटब्यूरो सदस्य पशुपति चौलागाईंले विद्युतीय सवारीलाई प्रोत्साहित गर्न आफू सक्रिय हुने बताए। उनले विद्युतीय सफा परिवहन व्यवसायी संघको मागप्रति गम्भीर भएको बताए। 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।