Skip to main content

फोरम मधेशको आमसभा सुरु हुंदै

वीरगंज, २८ असार। मधेशी जन अधिकार फोरम मधेश पर्साको आमसभा आज दिउंसो ३ बजे घण्टाघर वीरगंजमा सुरु हुंदैछ। बिहानै देखि आयोजकले तयारी गर्दै घण्टाघर नजिकै सभा तथा व्यापक प्रचारप्रसार गरेको छ।
आमसभालाई मधेशी जन अधिकार फोरम मधेशका राष्ट्रिय अध्यक्ष भाग्यनाथ गुप्ता लगायत केन्द्रीय सदस्यहरुले संवोधन गर्ने छन्।
आमसभाको तयारी पूर्व हिन्दी भाषामा छापेर व्यापक रुपमा वितरण गरिएको पर्चा, अपिलमा मधेश आन्दोलन २०६३/६४ का शहीदहरुले समग्र मधेश, एक स्वायत्त प्रदेश, आत्मनिर्ण्र्ााो अधिकार, पर्ूण्ा समानुपातिक निर्वाचन प्रणाली र हिन्दी भाषालाई राजकीय मान्यताका लागि शहादत दिएका थिए तर २२ बुंदेको नाममा फोरम नेपाल -उपेन्द्र) र आठ बुंदाका नाममा संयुक्त मधेशी लोकतान्त्रिक मोर्चा -उपेन्द्र, महन्थ र राजेन्द्र महतो) ले आन्दोलनलाई धोका दिएर संविधानसभा निर्वाचनबाट मन्त्री बन्नका लागि बांदर झैं लडेका छन्। सरकारी वार्ता टोलीका संयोजक महन्थ ठाकुरले मधेश, आन्दोलनमा बिहारी गुण्डाहरुको घुसपैठ भन्दै ४२ जना मधेशीलाई आन्दोलनमा मराउने काम गरे, उपेन्द्र यादवले ५४ मधेशी सपुतलाई मार्न लगाएर माओवादी सरकारमा सामेल भए जो गौर हत्याकाण्डका खलनायक थिए। फोरमले अन्तरिम संविधान जलाएर आन्दोलनको सुरु गरेको र त्यस संविधान मस्यौदामा हृदयेश त्रिपाठीको दस्तखत छ। राजेन्द्र महतो कहिले पनि आन्दोलनको पक्ष्ँधर भएनन्, मधेशीहरुको कफन बेचेर हरेक सरकारमा सामेल हुंदै आए, गिरिजाको धोकापर्ूण्ा संवोधनको र्समर्थन गरेर मधेशको ९८ प्रतिशत मांग पूरा हुने बताए । अतः यस्ता गद्दारहरुबाट होशियार रहन आह्वान गरेको उल्लेख छ।
सो अपिलमा मधेशी जन अधिकार फोरम मधेशले संविधानसभा धोका हो, संविधान बन्दैन भनेको थियो जुन कुरा आज सतप्रतिशत सत्य सावित भएको छ। मन्त्रीमण्डलमा जानका लागि उपेन्द्रको पार्टर्ीीुट्यो, माधव नेपालको मन्त्रीमण्डलमा अधिकांश व्यक्ति चुनावमा पराजित तथा नेपालको संविधान २०४७ लागू गर्ने पक्ष्ँधर हुन् । अब गणतन्त्र र संघीयतामाथि स्पष्ट खतरा देखिएको छ। नेपाली कांग्रेसको संघीयताको स्वरुप मधेश विरोधी छ भनी उल्लेख गरिएको छ ।
आज मधेश जलिरहेछ, मधेशको माटो मधेशीहरुको खुनले -रगत) लाल -रातो) भयो तर पनि गद्दार मधेशी नेताहरुको कारण आजसम्म मधेशीहरुले आप\mनो अधिकार पाएका छैनन्, गद्दार नेताहरुले आप\mनो स्वार्थका लागि कर्ुर्सर्ीीे लोभमा फसेर ५४ शहीदको सपना बेचेका हुंदा संविधानसभा, सरकार तथा दलहरुद्वारा मधेशीहरुका विरुद्ध गरिएको षडयन्त्रको पर्दाफाश गर्न, सावधान गर्न आयोजित आमसभामा ज्यादाभन्दा ज्यादा संख्यामा सहभागी हुन अनुरोध गरिएको उल्लेख छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...