Skip to main content

बन्द फिर्ता लिनुहोस्-शिक्षामन्त्री कुशवाहा

माग पूरा नभए कडा आन्दोलन हुन्छ- शिक्षकहरु
शिक्षा क्षेत्रमा बन्द सधैका लागि बन्द हुनुपर्छ-विद्यालय संचालकहरु
काठमाडौं, साउन १३ । शिक्षामन्त्री रामचन्द्रप्रसाद कुशवाहाले विद्यालयहरु बन्द तत्काल फिर्ता लिई आन्दोलतनमा आउन शिक्षहरुलाई आव्हान गरेका छन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लाखौं विद्यार्थीको भविष्यमा नकारात्मक असर पर्ने कदम नचाल्न आग्रह गरे ।
'शिक्षकहरुको जायज माग पूरा गर्न सरकार तयार छ,' मन्त्री कुशवाहाले भने,'बन्द तत्काल फिर्ता लिएर वार्तामा आउनुहोस् ।' विरोधका लागि बन्द भन्दा अन्य उपाय अपनाउन सुझाव दिए । शैक्षिक संस्थामा बन्द गर्ने परम्परा अन्त गर्नुपर्नेमा उनको जोड थियो । उनले भने,'भविष्यका कर्ण्र्ाारको जीवनसंग खेलवाड गरेर कुन माग पूरा गराउन दबाब दिदैहुनुहुन्छ -' शिक्षकको मागबारे बसेर छलफलमार्फ दिर्घकालिन समाधानको उपाय खोज्नुपर्नेमा उनको जोड थियो ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै उच्च माध्यामिक विद्यालय संघ इसानका अध्यक्ष उमेश श्रेष्ठले बन्द फिर्ता लिन आग्रह गरे । लगातार बन्द हडतालले विद्यार्थीहरु विदेशिने क्रम बढेको भन्दै गम्भीर हुन आग्रह गरे । 'विद्यार्थीहरु धमाधम विदेशिन थालिसके, विद्यार्थीनै नभए कसलाई पढाउनुहुन्छ ।' संवाद र सहमतिबाटै समस्याको समाधान खोज्नुपर्नेमा उनको जोड थियो ।
शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष आर.वि. भण्डारीले शिक्षकको मागप्रति राज्य जिम्मेवार हुनुपर्ने बताए । पहिलो चरणमा साउन १४, १५ र १६ गते बन्द आव्हान गरिएको भन्दै माग पूरा गर्नेबारे गम्भीरता नदेखाए कडा आन्दोलन गर्ने चेतावनी दिए । उनले भने,'साउन १८ गतेबाट योभन्दा ठूलो आन्दोलन गर्र्छौं ।' प्रधानमन्त्रीबाट आफूहरुको माग पूरा गर्ने प्रतिवद्धता आउनुपर्ने बताए ।
नेपाल शिक्षक संघका अध्यक्ष मोहन ज्ञवालीले सरकार शिक्षकको मागप्रति बेवास्ता गरिरहेको बताए । शिक्षकहरुलाई देशको दोस्रो दर्जाको नागरिक सरह व्यवहार गरिएको भन्दै आन्दोलन गर्दा पनि नसुनेको बताए । उनले भने,'शिक्षकहरु सबैभन्दा असुरक्षित छन्, राज्य संवेदनहीन देखिन्छ ।' देशको नेतृत्व गर्ने नेताको गुणस्तरहीनताका कारण समस्या खडा भएको बताए ।
प्याब्सनका अध्यक्ष भोजबहादुर शाहीले शैक्षिक क्षेत्रलाई बन्दरहित शान्ति क्षेत्र घोषणाको माग गरे । शिक्षकहरुले माग पूरा गर्ने नाममा विद्यार्थीको भविष्यलाई अप्ठ्यारोमा पार्न नहुने बताए । शिक्षकको माग पूरा गर्न राज्य गम्भीर हुनुपर्नेमा उनको जोड थियो । लगातारको बन्दले विद्यार्थीहरु निराश र भविष्यप्रति बेवास्ता गर्न थालिसकेको भन्दै त्यसले गम्भीर असर पार्ने बताए ।
एन प्याब्सनका महासचिव कर्ण्र्ााादुर शाहीले बन्द सधैका लागि बन्द गर्न आग्रह गरे । शिक्षकहरुलाई विरोध गर्ने अधिकार भएको तर त्यसले पार्ने नकारात्मक असरबारे गम्भीर हुन आग्रह गरे । सरकारले शिक्षाको जायज माग सम्बोधन गर्न ढिलाई गर्न नहुने बताए ।
नेपाल शैक्षिक गणतान्त्रिक मञ्चका पर्ूव अध्यक्ष गुणराज लोहनीले पटक पटक वार्ता गर्दा पनि राज्यले शिक्षकलाई अलमलाउने काम गरेपछि बन्द गर्न वाध्य भएको बताए । शिक्षकहरुको माग जायज भनिएपनि पूरा गर्नेतर्फगम्भीरता नदेखाइएको भन्दै कडा आन्दोलनमा उत्रन वाध्य हुने चेतावनी दिए ।
अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारीले विद्यालय बन्द हुने वातावरण अन्त गर्न माग गरे । एक दिन बन्द हुदा ६५ लाख विद्यार्थी पठनपाठनबाट वञ्चित हुने उल्लेख गर्दै तत्काल वार्ताबाट समस्याको समाधान खोज्न भने । शिक्षामा खेलवाड गरिए दुरगामी असर पर्नेतर्फसचेत गराए ।
नेपाल संस्थागत विद्यालय शिक्षक युनीयनका अध्यक्ष होमकुमार थापाले पटक पटक शान्तिपर्ूण्ा माग राख्दा पनि बेवास्ता भएको बताए । आन्दोलन मत्थर पार्ने षड्यन्त्र हुनेगरेको भन्दै अब निर्ण्ाायक आन्दोलन हुने बताए ।
नेपाल राष्ट्रिय शिक्षक संघका अध्यक्ष बाबुराम अधिकारीले शिक्षको मागप्रति सरकार संवेदनहीन बनेको बताए । सरकारको शैली यस्तै रहे कडा आन्दोलनको चेतावनी दिए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।