Skip to main content

विभिन्न स्थानमा दुर्घटना

वीरगंज, ८ साउन । विभिन्न स्थानमा सडक दुर्घटना हुंदा दर्जनौं घाइते भएका छन्। आज बिहान धादिङको पिडा-१ घाटबेसी नजिकै ना.४ख २५४६ नं.को ट्रकलाई ना.३ख ५४५४ नं.को बसले ठक्कर दिंदा करिब ५ जना घाइत्े भएका छन्। घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ भने ठक्कर दिने बस, चालक फरार रहेको प्रहरीले जनाएको छ।
महोत्तरीको माइस्थान-६ नजिकै आज बिहान वीआर०१पिए ३४८५ नं.को भारतीय टाटा सुमो आफै दुर्घटना हुंदा करिब १५ जना घाइते भएका छन्। उनीहरुको बर्दिवास अस्पतालमा उपचार भइरहेको छ।
तामसालिङ राष्ट्रिय मुक्ति मोर्चाका कार्यकर्ताहरुले काठमाडौंको बालाजुमा माइक्रो बस जलाएको विषयलाई लिएर आज बिहानैदेखि नुवाकोटको यातायात व्यवसायीले सो क्षेत्रमा चल्ने सम्पूर्ण सवारीसाधन बन्द गराएका छन्।

Comments