Skip to main content

छ महिनाभित्र कमैया पुनःस्थापना गराउने

काठमाडौं, साउन २ । भूमिसुधार तथा व्यवस्थामन्त्री डम्बर श्रेष्ठले ६ महिनाभित्रमा मुक्त कमैया पुनःस्थापना गरिसक्ने बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालमा मुक्त कमैया समाजले नवौं मुक्ति दिवसको अवसरमा आयोजना गरेको अर्न्तक्रियामा बोल्दै सामन्तवादको समूल अन्त गर्ने अभियानअर्न्तगत मुक्त कमैयालाई पुनःस्थापना गर्न लागिएको बताए ।
६ महिनाभित्र मुक्त कमैया पुनःस्थापना भइसक्ने गरी काम भइरहेको छ, मन्त्री श्रेष्ठले भने, सामन्तवादको समूल अन्त गर्ने अभियाना साथ सरकार लागेको छ । कमैया मुक्तिको घोषणाबाट कमैया नभई सामन्त मुक्त भएको आभाष मिलेको उल्लेख गर्दै गम्भीर भएको बताए । सकारले तथ्यांक माग्दा मुक्त कमैया समाजले कम तथ्यांक दिएको बताए । छूट कमैयाको लगत संकलन गर्ने तयारी भइरहेको बताए । भूमिसम्बन्धि धेरै आयोगले प्रतिवेदन मात्र पेश गर्ने काम गरेको भन्दै अब जिम्मेवार र अधिकारसम्पन्न भूमि आयोग गठन गरेर मुक्त कमैयालगायतका भूमिहिनको समस्या समाधान गर्ने दृढता व्यक्त गरे ।
नेकपा एमालेका पोलिटब्यूरो सदस्य केशव बडालले कमैया मुक्ति भएपनि उनीहरुको वास्तविक समस्या समाधान नभएको बताए । मुक्त कमैयालाई पुनःस्थापना गर्न ढिलो गर्न नहुने बताए । भूमिसुधार र कमैया मुक्तिका क्षेत्रमा धेरै उपलब्धि हासिल भएको बताए । हरुवा, चरुवालगायतका भूमिहिनको समस्या समाधानमा सरकार गम्भीर हुनुपर्ने बताए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले मुक्त कमैयाको समस्या समाधानका लागि सबै पक्ष गम्भीर हुनुपर्ने बताए । भूमिहिन र कमैयाहरुले समस्या समाधानका लागि राज्यलाई दबाब दिइरहनुपर्ने बताए ।
नेकपा माओवादीका सभासद तिलक परियारले मुक्त घोषणा गरेर मात्र कमैया समस्या हल भएको नसोच्न भने । कमैयाको व्यवस्थापन र राज्यको अधिकार प्रदान गर्ने सुनिश्चिततामा उनको जोड थियो । अर्धसामन्ती संरचना कायम रहेका कारण कमैयालगायतका समस्या कायम रहेको बताए । उनले क्रान्तिकारी भूमिसुधार लागू गरेमात्र समस्या समाधानको बाटो खुल्ने बताए ।
व्यवस्थापिका संसद प्राकृतिक स्रोत साधन समितिका सभापति शान्ता चौधरीले पार्टर्ीी स्वार्थभन्दा माथि उठेर कमैयाको समस्या समाधानमा लाग्नुपर्ने बताइन् । आफै कमलहरी भएर पीडा भोगेको अनुभव सुनाउदै सबै किसिमका विभेद र सामन्ती संरचना अन्त गर्न राजनीतिक दल, नागरिक समाज एकजुट भएर लाग्नुपर्ने बताइन् ।
मुक्त कमैया पुनःस्थापना समस्या समाधान आयोगका सचिव ध्रुवप्रसाद शर्माले ३२ हजार कमैयाहरुमध्ये २७ हजार पांच सय ७० ले पर्ूजा पाइसकेको जानकारी गराए । बांकीलाई केही महिनाभित्रै व्यवस्थित बसोबास गराइसक्ने जानकारी गराए । राष्ट्रिय अन्तराष्ट्रिय संस्थाहरुसंग मिलेर मुक्त कमैयाको समस्या समाधानमा सरकार लागेको बताए ।
मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले जमिन्दारबाट मात्र आफूहरु मुक्त भएको बताए । धेरै किसिमका सामाजिक साङ्ला रहेको भन्दै कानुन बनाएर मात्र समस्या समाधान नहुने बताए । बनाइएका कानुन कार्यान्वयनमा उनको जोड थियो । र्सार्वजनिक प्रयोगमा नआएका जग्गाहरु मुक्त कमैयालाई दिनुपर्ने माग राखे । समस्या चांडै समाधान नभएमा आन्दोलन चर्काउने चेतावनी दिए ।
अर्न्तक्रियामा सभासदहरु रामचरण चौधरी, शिवराज गौतम, महेश चौधरी, सुकदैया चौधरीलगायतले कमैयाको समस्या समाधानको उपायबारे बोलेका थिए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...