Skip to main content

भारतका असल र विश्वासिला एजेण्ट पूर्व भूमिसुधार सचिव

वीरगंज, २२ असार। भूमिसूधार तथा व्यवस्था मन्त्रालयका पूर्वसचिव, नापी विभागका पूर्व महानिर्देशक पर्सा जिल्ला, अलौं गांउ विकास समिति निवासी हाल रिटायर्ड लाइफ बिताइरहेका जोधा साह भारतको असल र विश्वासिलो एजेण्ट रहेको एक स्रोतले खुलासा गरेको छ। 
पूर्व भूमिसुधार सचिव जोधा साहको लागि चौबिसै घण्टा वीरगंजस्थित भारतीय महावाणिज्य दूतावास र काठमाडौंस्थित भारतीय राजदूतावासको मूल प्रवेशद्वार खुला मात्र हुने होइन, उनले मांग गरेमा आर्थिक र भौतिक दुवै सहयोग जुटाउन भारत सरकारका जिम्मेवार पदाधिकारीहरू हरबखत तयार हुन्छन् अरे। पूर्व सचिव जोधा साहले त्यस्तो के गुण भारतलाई लगाए जस्ले गर्दा भारत सधैं उनको ऋणि बनिरहेको छ यस्को तथ्य स्रोतले खुलासा गरेको छ। 
पूर्व भूमिसुधार सचिव जोधा साह कानूको पहलमा भारतीय राजदूतावासबाट अलौं गाविसको लागि एम्बुलेन्स र अलौंस्थित श्रीद्वार देवी माध्यमिक विद्यालयका लागि स्कूल बस उपलब्ध गराएको थियो। हाल एम्बुलेन्स साहले नैं प्रयोग गरिरहेका छन् भने स्कूल बस आदर्शनगरस्थित पशुपति शिक्ष् मन्दिरलाई हस्तान्तरण गरेका छन्। 
निज जोधा साहले भारतीय कोटामा छोरालाई भारतबाट एमबीबीएस पास गराएका थिए हाल उनी नेपालको अस्पतालमा कार्यरत छन्। नापी विभागको स्रोतका अनुसार जोधा साह नापी विभागका महानिर्देशक हुंदा नेपालको सम्पूण् भूभागको नक्सा, नापी सम्बन्धी गोप्य सूचना र कागजात भारत सरकारलाई बुझाएका थिए। भूमिसुधार सचिव भएपछि नेपालका कतिपय स्थानमा भारतले पुरानो नक्सा सच्याइ नयां नक्सा तयार पारी सीमा स्तम्भ गायब गराउने र नेपालको सीमा अतिक्रमण गर्ने कार्यलाई निरन्तरता दिंदै आएको छ। सुगौली सन्धि पश्चात नेपाल-भारत दुवै देशले स्वीकार गरेको मापदण्डको दुलभ नक्सा जोधा साह नापी महानिर्देशक भएकै बखत नापी विभागमा सुरक्षीत राखिएको ठाउंबाट गायब भएको र सो नक्सा भारत सरकारको नापी विभागले हात लगाएको जानकारी हुन आएको छ। 
पदीय दायित्व, नेपाली नागरिकको हैसियतले मातृभूमि नेपालप्रति दर्शाउनु पर्ने कर्तव्य र देशप्रेमलाई भुलेर जोधा साहले नापी सम्बन्धी गोप्य सूचना र कागजात बुझाए वापत र पदमा बसेर गरेको भ्रष्टाचार बाट आर्जन गरेको अकूत सम्पत्तिले काठमाडौंमा ठूलो लगानीमा पस्मिना उद्योग खोलेका थिए। 
पस्मिना उद्योगमा जोधा साहले एकजना पाकिस्तानी पार्टनर संलग्न गराएका थिए। ती पाकिस्तानी पार्टनरले जोधा साहले पस्मिना उद्योगमा गरेका सम्पूण्ा लगानी हात पारेर पाकिस्तान फर्किएको स्रोतको दाबी छ। 
सो पीरले हाल साहको मानसिक सन्तुलन केही खराब भएको बुझिएको छ। 
जोधा साहले संविधानसभा सभासद हुने खुबै रहर गरी नेपाली कांग्रेसप्रतिको आस्था छाडेर मधेशी जन अधिकार फोरम नेपाललाई ठूलो धनराशी सहयोग गरेको अलौंबासीबीच चर्चा छ। हाल राजदूत बन्नको लागि नेपाली कांग्रेसको शक्ति केन्द्रमा धाइरहेको देख्ने, जान्नेले बताएका छन्। 
जोधा साहलाई नजिकबाट जान्नेहरू पैसाको लागि जस्तोसुकै अपराध र राष्ट्रघात गर्न पछि नपर्ने व्यक्तिहरूमध्येका हुन् भन्छन्। नापी महानिर्देशक र भूमिसुधार सचिव हुंदा जोधा साहको असली दलालका रूपमा पूर्व पंच मित्रदेव प्रसाद यादव, साढु भाइ उदयप्रसाद साह र र्सर्ूयप्रसाद चौधरी -नेसपा) रहेको कुरा अलौंबासीले बताएका छन्। अलौंवासीले जोधा साहलाई सामान्य शिष्टाचार समेत प्रदान गर्ने पनि गर्दैनन्। जोधा साह हिजोआज काठमाडौंको कुलेश्वर हाइटस्थित आलिसान भवनमा आनन्दको जीवन बिताइरहेका छन्। 
समाचार स्रोतले सरकारी उच्च अधिकृत मध्येका जोधा साहले पदमा बसेर गरेको भ्रष्टाचार र राष्ट्रघातको बारेमा देशभक्त नेपालीहरूले गहिरो खोजी गरी उनको बारेमा थप सत्यतथ्य र्सार्वजनिक गर्न अनुरोध समेत गरेका छन्। 

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।