Skip to main content

स्वाइन फलुका रोगी छैन-स्वास्थ्यमन्त्री चौधरी

काठमाडौं, असार २१ । स्वास्थ्य तथा जनसंख्यामन्त्री उमाकान्त चौधरीले देशमा स्वाइन फलुका रोगी नरहेको बताएका छन् । आज रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै संक्रमित पांच जना उपचारपछि सामान्य अवस्थामा आई घर फर्किइसकेको खुलासा गर्दै स्वाइन फलुका रोगी नरहेको बताएका हुन् ।
देशभित्र स्वाइन फलुका रोगी छैनन्, मन्त्री चौधरीले भने, संक्रमित पांचै जना सामान्य अवस्थामा आइसकेका छन् । रोगको सम्भावित खतरालाई मध्यनजरमा राखी सम्पर्ूण्ा तयारी रहेको बताए । रोगविरुद्ध प्रयोग हुने ३७ हजार भ्याक्सिन स्वास्थ्य मन्त्रालयसंग रहेको स्पष्ट पारे ।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री चौधरीले रोग भित्रन नदिने सीमा क्षेत्रमा स्वाथ्यजांच कडा पारिएको बताए । रोकथामका सबै उपाय अबलम्बन गरिएको उनको भनाई थियो । भारतबाट रोग नभित्रिएको बताउदै तर्सनुनपर्ने बताए । फलु र्सन नदिने सचेत हुन भन्दै त्रसित हुनुपर्ने कुनै अवस्था नरहेको बताए । जाजरकोटमा झाडापखालाबाट संक्रमितको उपचारका लागि स्वास्थ्य टोली त्यस क्षेत्रमा पुगिसकेको बताए ।
इमिडिमलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.शैलेन्द्र उप्रेतीले फलुबाट नतर्सन आग्रह गरे । सामान्य रुघाखोकी जस्तै भएको बताउदै भने, रोगप्रति शतर्क हुनु जरुरी छ तर्सनु पर्दैन । उपचारको उपाय भएको भन्दै सन्त्रास फैलाउने सूचना नदिन आग्रह समेत गरे । संक्रमित भएकाहरु सामान्य अवस्थामा भइसकेको भन्दै कसैलाई बढी ज्वरो आएमा तत्काल नजिकको स्वास्थ्य चौकी या अस्पताल पुग्न आग्रह गरे । सम्भावित संक्रमणप्रति सचेत हुन त्रिभुवन विमानस्थलका अलावा देशका पांचवटा नाकामा जांच गर्न संयन्त्र परिचालन भइरहेको बताए ।
इन्फलुयन्जा नियन्त्रण आयोजनाका डा.जीतेन्द्र श्रेष्ठले रोगबाट संत्रस्त हुनुनपर्ने बताए । रोग र्सर्ने खतराबाट सचेत भए र्सर्ने सम्भावना ९० प्रतिशतले नरहेन बताए । हात धुने र हाछ्यु गर्दा मुख छोप्ने बानी बसाल्न आग्रह गरे । रोगविरुद्ध लड्न सरकार तयारीमा रहेको बताए ।
विश्व स्वास्थ्य संगठनका डा.निर्मल कंडेलले रोग सुँगुरबाट नभई मान्छेबाट मान्छेमा र्सर्ने बताए । शतर्ककता अपनाएमा मात्र पनि रोग र्सर्ने सम्भावना निकै कम रहने बताए । रोगलाई घातक रुपमा नलिन आग्रह गरे । उनले भने, रोगबाट आत्तिनुपर्दैन बरु शतर्क हुनर्ुपर्छ ।
सेन्टर फर मलिकुलर डाइनामिक्स नेपालका निर्देशक डा.समिर दिक्षितले रोगीहरुको खोजी हुनुपर्ने बताए । रोगीको पहिचान गरी नियन्त्रणमा लाग्नुपर्नेमा उनको जोड थियो ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...