Skip to main content

शान्ति प्रक्रियालाई र्सार्थक निष्कर्षमा पुर्‍याइने अरे

-मोल भट्ट
ँशान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्‍याइने छ र निश्चित समयमा संविधान निर्माण हुनेछ।’- यो अभिव्यक्ति नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले शुक्रवार नेशनल मेडिकल कलेज वीरगंजको समुदघाटन समारोहमा संवोधन गर्दै व्यक्त गर्नुभएको हो।
प्रधानमन्त्रीजस्तो गरिमामय पदमा आसिन व्यक्तिबाट यस्तो अभिव्यक्ति आउनु नेपाली जनता हर्षे विभोर हुनु हो। त्यहां उपस्थित नागरिकहरूको तालीको गडगडाहटले त्यही संकेत गर्दै थियो। आशा गरौं प्रधानमन्त्रीको बचन र्सार्थक होस्।
तर सो भनाइ व्यवहारमा फलिभूत हुन भने सन्देह छ। एउटा निर्धारित कार्यक्रममा उडेर आइपुग्नु त हाम्रो प्रधानमन्त्रीलाई २ घण्टा ढिलो हुन्छ भने राज्यको मूल कानून निर्माण गर्न कति ढिलो होला - करिब दुइ महिनामा पर्ूण्ाता पाउन नसकेको मन्त्री मण्डलको अवस्थाबाट प्रधानमन्त्रीलाई ज्ञात नै होला - भने प्रश्नसूचकले नेपाली मनमा जरा नगाढी रहन सक्दैन।
समयको पाबन्दीलाई लत्याउने नेपालीहरूको बानीले परिवर्तनको सम्भावना दिनप्रतिदिन क्षिण बन्दैछ भने प्रधानमन्त्रीको अभिव्यक्ति आकाशको फल नबनोस्।
धेरै कार्यक्रमहरूको नजरअन्दाज गर्ने अवसर पाएको यो कलमजीवीले कृष्ण पहाडीको शान्ति समाजको कार्यक्रम मात्र निर्धारित समयमा भएको भेटेको छ। बांकी राजनीतिक दल, राजनीतिककर्मी, मन्त्री, प्रधानमन्त्री सम्मको कुनै कार्यक्रम निर्धारित समयमा भएको भेटेको छैन।
नेशनल मेडिकल कलेजको कार्यक्रममा नै स्वतस्फर्ूत रूपमा पाल्नुभएका ४-४ जना मन्त्रीहरूको बोलीले राज्यको अवस्था गम्भीर मोडमा भएको अवगत गराइयो। तर पल-पलको समयको मूल्य चुकाउन नहुने वर्तमान अवस्थामा एउटै कार्यक्रममा ४-४ जना मन्त्री र निर्धारित समयमा संविधान निर्माण गर्ने प्रधानमन्त्रीको बोलीको र्सार्थकता नभएको दर्शकदर्ीघाबाट कटाक्ष गरिदै थियो।
कार्यक्रममा अतिथि भएर पाल्नुहुने त्रिभुवन विश्व विद्यालयका अध्यक्ष रामप्रसाद उप्रेतीले संवोधनको क्रममा नै प्रधानमन्त्रीको मिनेट मिनेट समयले सही मार्ग निर्देश गर्ने जिकिर गर्दै प्रधानमन्त्रीलाई एउटा कवर्डहलमा २-३ घण्टा थुनेर राख्न नहुने तर्क पेश गर्दा प्रधानमन्त्रीको पनि मुख खुम्चिएको थियो। यहां नेशनल मेडिकल कलेजको उदघाटनमा प्रम लगायत मन्त्रीहरू आउनु हुंदैन भन्न खोजिएको किमार्थ होइन। तर समयको गम्भीरता र मन्त्रीहरूको सम्मान अनि उदघाटन मोहप्रति देखिएको सदासयता र दौडाहा माथि अतिथिबाटै आएको अभिव्यक्ति र दर्शक दिर्घर्ााे र्समर्थन अनि राज्यको वर्तमान अवस्थासंग जोडिएको मात्र हो।
मेडिकल कलेजका अध्यक्ष डा.जैनुद्दिन अंसारीले देखेको आप\mनो सपना जसरी फलिभूत पार्नुभयो त्यसैगरी प्रधानमन्त्रीले पनि उदघाटन र स्वागतमा नलागी नयां नेपालको सपना साकार पार्न सपना देख्नै पर्ने र सपना साकार पार्न प्रधानमन्त्रीको भूमिका अहम हुनै पर्ने वीरगंजवासीको ठहर छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।