Skip to main content

साउने सोमबारमा यौन सिक्दै

भक्तपुर, ६ साउन । भक्तपुरको दत्तात्रय मन्दिरमा साउन महिनाका सोमबारमा मेला लाग्ने गरेको छ। यो मन्दिर पाश्चात्य मुलुकका मानिसहरूले यौन क्रिडाको मुर्ति भएको मन्दिर भनेर चिन्ने गरेका छन्। कामसुत्रका लेखक बात्स्यानले बर्णन गरेका ८४ वटा यौन आसन मध्ये महिलाहरूमा समर्पित ४८ वटा आसनसंग सम्बन्धित काष्ठकला मन्दिरको बाहिरी भित्तामा राखिएको छ।
सोमबार नगरकोटबाट मन्दिरमा दर्शन गर्न आएकी नगरकोटकी रेखा लामिछानेले मन्दिरलाई यौन जानकारी गराउने केन्द्रको रूपमा बिकास गर्नु पर्ने बताइन्। उनी योग्य बरको बरदान माग्न दत्तात्रयको दर्शन गर्न आइपुगेकी थिइन्। धैरै युवा अनाहकमा बिदेशमा बनेका अश्लिल चलचित्र हेरेर यौन अभ्यास गर्ने गरेका छन्, लामिछानेले नेपाल सरकारको बिदेशमुखी प्रबृतिको निन्दा गर्दै लामिछानेले भनिन्- बिबाहित जोडीलाई यी मुर्ति देखाउने कार्यक्रम ल्याएमा समाजमा बढ्दै गएको सम्बन्ध बिच्छेदका घटनाहरू कमी हुंदै जाने बिचार लामिछानेको रहेको छ।
बानेश्वरबाट आएकी निर्मला शर्मा भने भगवानको दर्शन गरे लगत्तै मन्दिर बाहिर रहेका कामकलाका मुर्तिहरूको तस्बिर खिच्नमा तल्लिन रहीन्। यौन सर्म्पर्कमा समस्या आएको झगडाको कारण आफ्ना पर्ूब पतिसंग सम्बन्ध त्यागेको बताउने शर्माले आगामी मंसिरमा बिवाह गर्न लागेकी आफ्नी बहिनीलाई ती तस्बिरहरू उपहार दिन लागेको बताइन्।
मन्दिरमा पुरूषहरूको उपस्थिति प्राय शून्य छ। महिलाहरूको जमघट हुने भएकोले यसो भएको हो। दशानार्थीहरू मध्ये अधिकांश युवा उमेरका महिलाहरू रहेका छन्। उनीहरू सबैजसो योग्य बरको मनोकामना सहित त्यहां आइपुगेका हुन्। मन्दिरको दर्शनसंग त्यहां रहेका यौनक्रिडाका मुर्ति हेरेर उनीहरू फर्किने गरेका छन्।
मन्दिरबाट फर्किए पछि किनमेलका लागि पर्यटक बजारमा महिलाहरू जाने गरेका छन्। यहां उनीहरूले मन्दिरमा रहेका मुर्तिहरूको तस्विर किन्ने बिशेष रूचि राख्ने गरेको पाइन्छ। लाजिम्पाटकी पारिजात मल्लले भने कामसुत्रमा आधारित मुर्ति किने, उनले सो मुर्ति मंसिरमा बिहे गर्न लागेकी आफ्नी साथीलाई उपहार दिने जानकारी दिइन्।
मुर्ति बनाउने कलाकारहरू सो क्षेत्रलाई यौन आसनका मुर्ति बनाउने केन्द्रको रूपमा बिकास गर्न सरकारी निकायसंग अनुरोध गरेका छन्। कलाकारहरूले बनाएका यस्ता सुन्दर मुर्तिहरूको उचित प्रचारप्रसार नहुंदा, राम्रो ब्यापार हुन सकेको छैन। यौन आत्मसन्तुष्टिका लागि आयातित तथा अबैध अश्लिल चलचित्रको खुलेआम ब्यापार रोक्नको लागि मुर्तिहरू प्रचार गर्न आबश्यक रहेका मुर्ति ब्यापारीहरूले बताए।
मन्दिर पुग्न-
भक्तपुरको जगातेसम्म बनेपा, पुरानो बसपार्क, नयां बसपार्क गोङगबु, कलंकी र लगनखेलबाट नियमित बस सेवा उपलब्ध छ। यहां ओर्लेर दश मिनेट पैदल हिंडे पछि दत्तात्रय मन्दिर पुगिन्छ। जगातेबाट पैदल हुंदै फर्निचर मार्ग, पांचखेल, जेलां र मको गल्ली हुंदै सो मन्दिर पुग्न सकिन्छ। अर्को बैकल्पिक बाटोबाट जान चाहनेहरू भने वाल्यसे स्कूल, वासिकचा, खोहरे, हनुमानघाट र इनाचो हुदै मन्दिर पुग्न सक्छन्।
टिकट अनिवार्य
सम्भवतः यो मन्दिरमा नेपाल मै प्रवेश गर्न टिकट अनिवार्य गरिएको एक मात्र मन्दिर हो। तर सो टिकट लिन भने कुनै शुल्क तिर्नु पर्दैन। भक्तजनहरूको ब्यवस्थाको लागि मन्दिरले नै निःशुल्क टिकटको ब्यबस्था गरेको हो। लाममा नबसी मन्दिर भित्र जान चाहनेहरूलाई नियन्त्रण गर्न टिकट प्रणाली लागू गरिएको हो। यसबाट भक्तजनहरूले टिकट हातमा परेको बढीमा आधा घण्टामा दर्शन गर्ने अवस्था रहेको छ।-रविन राचलिका हरित समूह

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।