Skip to main content

माओवादी नेतृत्वमा सरकार बन्दै बन्दैन- गच्छेदार

काठमाडौं, असार २२। उपप्रधान एवं भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छेदारले एकीकृत नेकपा माओवादी नेतृत्वमासरकार बन्नै नसक्ने ठोकुवा गरेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै माओवादी देश चलाउन असफल प्रमाणित भइसकेकाले उसको नेतृत्वमा सरकार बन्नु असम्भव भइसकेको बताए।
माओवादी नेतृत्वमा सरकार बन्दै बन्दैन, मधेशी जनअधिकार फोरम संसदीय दलका नेता समेत रहेका गच्छेदारले भने, माओवादीले देश चलाउन सक्दै सक्दैन। आफ्नो नेतृत्वमा सरकार बनाउछु भनेर माओवादीले जनतालाई भ्रम छरिरहेको आरोप लगाए। सरकार चलाउन नसकेर राजीनामा दिएपछि राष्ट्रि्य सरकार बनाउछु भन्दै हिड्नुलाई दिवासपना भने। जनतालाई झूट बोलेर अलमलाउन खोजेको आरोप लगाउदै भने, कतिञ्जेल जनतालाई झूट बोलेर भ्रममा पार्न खोज्नुहुन्छ, जिम्मेवार नेता भएर त्यसो नगर्नुहोस्।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै गच्छेदारले वर्तमान सरकारनै राष्ट्रि्य सरकार भएको दाबी गरे। उनले भने, २२ दलको र्समर्थन रहेको दल राष्ट्रि्य सरकार हो। माओवादीलाई पनि सरकारका सहभागी हुन आग्रह गर्दै आफ्नो नेतृत्वमा सरकार बन्ने सपना नदेख्न भने। वर्तमान सरकार पूरा अवधी टिकेर संविधान निर्माण र शान्ति प्रक्रियालाई तार्किक निष्कर्षा पुर्याउन सफल हुने बताए। माधवकुमार नेपालको नेतृत्वको सरकारलाई कसैले ढाल्न नसक्ने उनको दाबी थियो। माओवादीले डेढ महिनामा सरकार ढाल्छु भन्नुलाई हास्यास्पद भने। उनले भने, दुइ हप्ता बित्यो, चार हप्तापछि माओवादीले कति झूट बोल्छ भन्ने प्रमाणित हुन्छ।
मधेशी जनअधिकार फोरमको एकताको ढोका अध्यक्ष उपेन्द्र यादवले थुनिसकेकाले मिल्ने कुनै सम्भावना नरहेको बताए। उनले भने, अब मेरो नेतृत्वमा फोरम राष्ट्रि्य पार्टर्ीी रुपमा स्थापित हुन्छ। यादवले फोरमलाई संकुचित बनाएर निरंकुश शैली अपनाएको भन्दै लोकतान्त्रिक र सामूहिक नेतृत्वमा चल्ने पार्टर्ीीनाउने बताए। आफ्नो नेतृत्वको फोरममा सबै क्षेत्र, समुदाय, जाति अटाउने उनको भनाई थियो। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग विगत सरकारले गरेको सहमति पूरा गराउने विषयमा आफूहरु सक्रियतापर्ूवक लाग्ने बताए। एक मधेश एक प्रदेशको मुद्या छाड्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, स्वायत्त मधेश प्रदेशको मुद्या छाड्दैनौं। नेपाली कांग्रेससंग आफूहरुको पार्टर्ीीकताको सम्भावना नरहेको बताए।
दलाई लामालाई केही मधेशवादी दलका सभासदले भेटेकोबारे सोधिएको प्रश्नमा उनले भने, उनीहरु हामीसम्वद्ध होइनन्। नेपाली भूमि चीन र भारतविरुद्ध प्रयोग भएकाम सह्य नहुने प्रष्ट पारे। चीन र भारत असल मित्र भएकाले उनीहरुविरुद्ध गतिविधि गर्नेमाथि कडा कारबाही गर्नुपर्ने बताए। छिमेकी राष्ट्र्हरुसँग सुमधुर सम्बन्ध बनाएर अगाडि बढ्नुपर्नेमा उनको जोड थियो।  

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।