Skip to main content

ठूलाठालुद्वारा सडकमा फोहर फाल्ने प्रबृति

भक्तपुर, २५ असार । सहर बजारका सडक किनारामा ठूलाठालु र संस्थाहरूले समेत फोहर फाल्ने गरेको छ। सभासद लीला न्याइच्याइको घरबाट निस्कने फोहर भर्वाचो ढोका छेवैमा फाल्ने गरेको छ। यो ढोका भक्तपुर सहरमा पर्यटक भित्रिने ढोका मध्ये एक हो। सो स्थानमा पसल गरी बस्ने नारायणप्रसाद कोजुका अनुसार सभासद न्याइच्याइको घरबाट निस्कने फोहर हरेक दिन बिहान सभासदको सभासदको घरमा काम गर्ने मजदूरले फाल्न ल्याउने गरेको बताए।
काठमाण्डांैको कमलादीमा पनि फोहर सडकमै थुपारेको देखिन्छ। प्रज्ञाभवन वरपर त फोहर थुपार्ने ठाउं नै भएको छ। कमलादीमा रहेको नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडमा पनि फोहर थुपारिएको छ। बानेश्वरको जनता बिकास बैक रहेको भवन अगाडि फोहर डंगुर देखिन्छ। सो स्थानका बिकास थापाले बैंकले धनसम्पति डिपोजिट गर्नु पर्ने हो तर यस जनता बैंकले त फोहर डिपोजिट गरिरहेको भनी ब्यङग्य गरे। त्रिबिबि ५० बर्षपुगेको अबसरमा किर्तिपुरमा स्वर्ण्र्ाार निमार्ण्र्ाारिएको छ। सोही स्वर्ण्र्ाारमा थुप्रिएको फोहरले ५० बर्षो बाषिर्कोत्सवको बारेमा रिर्पोटिङ गर्न आएका पत्रकारहरू प्रकृति अधिकारी, शेषकान्त पण्डित, शेखर चौलागाइ, जयराम बस्नेत, प्रमोदकुमार टण्डन, कोकिला केसी, भरत शर्मा लगायतका खुंखारहरूले मन्त्री कै गुणगान मात्र गाएको भनी विश्वविद्यालयका विद्यार्थी राकेश तिमिल्सिनाले दुखेसो पोखे।
श्याम धौडेल अस्पताल जाने बाटोमा पनि फोहर थुपारिएको छ। भक्तपुर नगरपालिकाले च्याम्हासिहमा सञ्चालन गरेका जनस्वास्थ्य क्लिनिकमा आंखाको उपचारको लागि गएका कमलराज गोर्साई उपचार नै नगरी फर्किए। क्लिनिक अगाडि थुपारिएको फोहर देखेर घीन लागेपछि गोर्साई प्राइभेट क्लिनिकमा उपचार गर्न गए।
पाटन संयुक्त क्याम्पस अगाडि भने परीक्षा दिन आएका बिद्यार्थीहरूले चीट बनाएर ल्याएको कागजका टुक्राहरू सडकमा फालिएको पाइन्छ। क्याम्पसमा केन्द्र परेका बिद्यार्थीहरूले शौचालयमा गई कागजका टुक्रा फाल्ने गरेका हुन्। यिनै टुक्राहरू जम्मा पारेर क्याम्पसको कर्मचारीले सडकमा फाल्ने गरेका छन्।
नेपाल चिकित्सक संघले पनि फोहर बस्तु कार्यालयको बाहिर पट्टी रहेको सडक किनारामा नै फाल्ने गरेको छ। केही समय अगाडि संघमा सामेल डाक्टर साहेबहरू भेला हुंदा मदिरा सेवन गरेका थिए। सो दिन मदिराका खाली बोटलहरू सडकमा फालेको सो स्थानका स्थानीय बासिन्दा नेत्र आचार्यले जानकारी गराए। नमुना घरका मालिक रबिन्द्र पुरीले त र्सार्वजनिक बाटो अतिक्रमण फोहर थुपार्न प्रयोग गरिरहेको छ।
भक्तपुर इंटा कारखाना नजिकै जुजु धौ बनाउनेहरूले सडकमा फोहर पानी फाल्ने गर्दा कारखाना जाने बाटो हिल्लामे हुने गरेको छ। भक्तपुर जिल्लाको मालपोत कार्यालय अगाडिको फोहरले त जग्गा दलालहरूलाई मास्क लाएर हिंड्न बाध्य बनाएको छ। यसरी फालिएको फोहर बषर्ामा रोगब्याधी फैलाउने माध्यम भएको छ। त्यसैले अव समस्त जनता र्सार्वजनिक स्थानमा फोहर थुपार्ने प्रबृति अन्त्य गर्न जागरूक हुन आवश्यक देखिएको छ। - रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।