Skip to main content

झाडापखाला धेरै हदसम्म नियन्त्रणमा आइसक्यो-स्वास्थ्यमन्त्री चौधरी

काठमाडौं, साउन १९। स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले झाडापखाला धेरै हदसम्म नियन्त्रणमा आइसकेको बताएका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै राज्यका सबै स्रोत र साधन परिचालन गरी नियन्त्रण कार्यक्रम प्रभावकारी बनाइएको बताएका हुन्।
'झाडापखाला धेरै हदसम्म नियन्त्रणमा आइसकेको छ,' मन्त्री चौधरीले भने,'स्वास्थ्य, संचार, शिक्षा, आपर्ूर्ति, गृहका मन्त्रालयका अलावा नेपाली सेनासँग समन्वय गरी कार्यक्रम अगाडि बढाइएको छ।' केही स्थानमा मृत्यु हुने क्रम रहेको भन्दै स्वास्थ्य शिविर सम्म नपुगेकाहरुको मात्र मृत्यु भएको बताए। स्वास्थ्य शिविरसम्म पुगेकाहरु कसैको पनि मृत्यु भएको रर्ेकर्ड नरहेको बताए।
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा मन्त्री चौधरीले रोग नियन्त्रणका लागि विशेष प्याकेज अगाडि बढाइने बताए। प्याकजेटमा पांच हजार आधुनिक शौचालय निर्माण देखि औषधी र खाद्यान्न निःशुल्क उपलब्ध गराउने तय भएको बताए। उनले भने,'रोग प्रभावित क्षेत्रहरुमा पांच हजार आधुनिक शौचालय निर्माण गरिनेछ।' शौचालय राम्रो नहुँदा रोग फैलिएको अध्ययनले देखाएकाले उक्त कदम चाल्ने बताए। पानीको शुद्धिकरणका लागि सरकारले कार्यक्रम लैजाने बताए। रोग निको भएपछि पनि कुपोषणका कारण मर्ने क्रम नरोकिएकाले खाद्यान्न वितरण गर्ने बताए।
२८ हजार रोगीको उपचार भइसकेको र दुइ सयको मृत्यु भइसकेको जानकारी गराए। अहिलेपनि दर्ुइ ७२ शिविर खडा गरी उपचार सेवा प्रदान गरिएको बताए। रोग प्रभावित क्षेत्रमा खटिएका कर्मचारी नफर्किएको दाबी गरे।
झाडापखाला फैलदा विदेश भ्रमणमा गएकोबारे सोधिएको प्रश्नमा आफ्नो भ्रमणले रोग नियन्त्रणका लागि चालिएको कदम नरोकिएको बताए। जर्मनीमा रहदा पनि आवश्यक निर्देशन दिएको उल्लेख गर्दै भने,र्'जर्मनीले स्वास्थ्य क्षेत्रमा सहयोग अगाडि बढाउने भएबाट भ्रमण उपलब्धिमूलक रह्यो।' जर्मनीमा रहेका एनआरएनले एक हजार यूरो झाडापखाला प्रभावितका लागि सहयोग पठाएको जानकारी गराए। प्रधानमन्त्री माधवकुमार नेपालले निर्देशन दिएर आफू भ्रमण छोट्याएर स्वदेश फर्किएको भन्नु निराधार रहेको बताए। प्रधानमन्त्री र आफ्नो दल नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासंग सल्लाह गरेर जर्मनी गएको उनको भनाई थियो। आफ्नो भ्रमणमा विवाद खडा नगर्न आग्रह समेत गरे। जर्मनी गएकै आधारमा आफ्नो राजीनामा मागिनुको कुनै तुक नरहेको बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...