Skip to main content

राष्ट्रपतिको कदम सच्याउनुपर्ने मागमा कुनै सम्झौता नहुने, आन्दोलन जनविद्रोहमा परीणत हुन सक्ने चेतावनि

राष्ट्रपतिको कदम सच्याउनुपर्ने मागमा कुनै सम्झौता नहुने, आन्दोलन जनविद्रोहमा परीणत हुन सक्ने चेतावनि
पोखरा साउन २३
एकिकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि शुरु हुने माओवादी आन्दोलन जनविद्रोहमा परीणत हुने चेतावनि दिनु भएको छ । नागरीक सर्वोच्चताको विषयमा उठाएको मागको बारेमा कुनै सम्झौता नहुने स्पष्ट पार्दै माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिको कदमको विषयमा सदनमा छलफल गरौं भन्ने सामान्य कुरा नमानेर देशमा मुठभेड निम्त्याउन खोजिएको बताउनु भयो ।
आज पोखरामा माओवादी तमुवान राज्य समितिले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै पूर्व प्रधानमन्त्री प्रचण्डले आन्दोलन शान्तिपूर्ण हुने जानकारी दिनुभयो । "माओवादी आन्दोलन शान्तिपूर्ण र जनतालाई दुःख नदिने प्रकृतिका छन्" उहाँले भन्नुभयो : "यही आन्दोलनलाई जनताले जनव्रि्रोहमा परीणत पनि गर्न सक्छन् ।"
प्रचण्डले आफु फेरी जनसेनाको सुप्रिम कमाण्डर भएको, माओवादीले स्थानिय सत्ता बिउँझाएको लगाएताका झुट्टा कुराको हल्ला चालाएर माओवादीलाई फेरी युद्धमा फर्काउने षडयन्त्र भईरहेको भन्दै माओवादीले त्यस्तो षडयन्त्रलाई असफल पार्ने दावि गर्नुभयो । नागरीक सर्वोच्चताको विषयलाई सामान्य अर्थमा हेर्न नहुने बताउँदै प्रचण्डले नागरीक सर्वोच्चता कायम नभएसम्म संविधान नलेखिने खतरा बढ्ने समेत बताउनु भयो ।
प्रधानसेनापतीलाई कारबाहि गर्ने निर्णय विरुद्ध राष्ट्रपतिले चालेको कदमको विषयमा संसदमा बहस गर्ने वातावरण मिलाएमा, भोटिङ भएमा आफुहरुको प्रस्ताव अल्पमतमा परेपनि स्विकार्य हुने उहाँको धारणा थियो । माओवादी आन्दोलनको बारेमा प्रधानमन्त्री माधवकुमार नेपाल, पूव प्रधानमन्त्री सूर्यबहादुर थापा र उपप्रधानमन्त्री विजयकुमार गच्छदारबाट आएका अभिव्यक्तिहरुप्रति प्रचण्डले आपत्ति प्रकट गर्नुभयो ।
"माओवादीको बारेमा अब सोच्नै पर्छ भन्ने प्रधानमन्त्रीको भनाई व्यक्तिगत हैन आकाशवाणि हो ।" अध्यक्ष प्रचण्डले भन्नुभयोः "उहाँले सबै कुरा आकाशवाणिमा जे आउँछ, त्यही भन्नुहुन्छ ।" राजनीतिक सहमति कायम गर्ने संयन्त्र निर्माण गर्ने काम कांग्रेस सभापति कोईरालाकै कारण ओझेलमा परेको उहाँको भनाई थियो । कोईरालाले संयन्त्रको संयोजकमा परराष्ट्रमन्त्री सुजाता कोईरालालाई राखौं भनेपछि त्यसले गति लिन नसकेको जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमै माओवादीका वरीष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले माओवादी नेतृत्व एक ढिक्का भएको बताउँदै जनताको संविधान निर्माण गर्ने दिशामा माओवादी अगाडी बढ्ने बताउनु भयो । अर्का वरीष्ठ उपाध्यक्ष डा.बाबुराम भट्टराईले माओवादीले आन्दोलन फिर्ता लिने कुनै संभावना नरहेको बताउनु भयो । नागरीक सर्वोच्चताको विषयमा अब माओवादीले कसैसंग सम्झौता गरेर अगाडी वढ्न नसक्ने स्पष्ट पार्दै उपाध्यक्ष भट्टराईले वैशाख देखि नै माओवादीले आन्दोलन स्थगित गरेर सहमतिको बाटो खोजेकोले अब आन्दोलन स्थगित हुन नसक्ने जिकिर गर्नुभयो ।
कार्यक्रमको अध्यक्षता तमुवान राज्य समितिका संयोजक हितराज पाण्डे उत्तमले गर्नुभएको थियो ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...