Skip to main content

बाराको समाचार

-सुभाष साह-

बारा १५ भदौ। नेशनल मेडिकल कलेज शिक्षण अस्पताल बीरगंजमा बिगत एक महिनादेखी कर्मचारीहरुले गरिरहेको आन्दोलन प्रति समर्थ जनाउंदै व्यवस्थापन पक्षसंग कर्मचारीको मांग वार्ताको माध्यमबाट समाधान गर्न व्यवस्थापन पक्षसंग अनुरोध गरिएको छ।

नेपाल स्वास्थ्य प्राबिधिक संघका केन्द्रीय सदस्य रामबिध्याप्रसाद कुशवाहाले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै यस्तो मांग गरेका हुन्। आन्दोलनरत स्वास्थ्यकर्मीहरुको जाय माग पुरा गर्नुको साटो व्यवस्थापन पक्षले बाहिरको मान्छेलाई प्रयोग गरी बलको आधारमा दवाउन खोज्ने कार्यको बिज्ञप्ति मार्फत भत्स्रना गरीएको छ।



प्ररायु संघ बारा



युवाहरुको भेलाले कलैया नगरपालिका वडा नम्बर १ ९ र ११ मा नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको कमिटि आज गठन भएको छ।

वडा नम्बर १ मा रामबाबु महतोको अध्यक्षतामा ११ सदसिय वडा नम्बर ९ मा सुभाष भगत मालीको अध्यक्षतामा ११ सदसिय र वडा नम्बर ११ मा राजकुमार यादवको अध्यक्षतामा ११ सदसिय कमिटि जिल्ला सचिव ध्रुव यादव नगर अध्यक्ष मोहन लामिछानेको बिशेष उपस्थितिमा गठन भएको प्ररायु संघ बाराका सदस्य सुभाषप्रसाद साहद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ।



नेमकिपा परित्याग गरी एमालेमा प्रबेश

बारा १५ भदौ। नेपाल मजदुर किसान पार्टी बाराका सदस्य प्रमोदकुमार यादव नेकपा एमालेमा प्रबेश गर्नुभएको छ। नेमकिपाले मुक्तिकामी जनताको हित नहुने भन्दै यादव एमालेमा प्रबेश गर्नुभएको छ।



प्ररायुको कमिटी गठन



बारा १५ भदौ । बाराको प्रस्टोका वार्ड नम्बर ८ र ९ बेलहिया तथा बंजरिया वार्ड नम्बर ७ र ८ बेलहियामा सम्पन्न युवाहरुको एक भेलाले नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल युथ फोस्र तथा सल्लाहकार समितिको कमिटि आज गठन भएको छ।

१५ सदसिय प्ररायु संघको कमिटिको अध्यक्षमा फिरोज अंसारी उपाध्यक्षमा बादल अंसारी सचिवमा हृदय कुशवाहा सहसचिवमा लालबाबु साह र कोषाध्क्षमा बीरेन्द्र कुशवाहा रहनु भएको छ। यसैगरी प्रस्टोका वार्ड नम्बर ८ र ९ बेलहियामा गठन भएको ४५ सदसिय युथ फोस्रको अध्यक्षमा प्रदीप साह उपाध्यक्षमा शिवशंकर मंडल सचिवमा रमेशकुमार कुशवाहा सहसचिवमा मनोज कुशवाहा र कोषाध्यक्षमा सुनिल मंडल सदस्यमा मोतिलाल कुशवाहा लगाएतका रहनु भएको छ।

यसैगरी बंजरिया वार्ड नम्बर ७ र ८ बेलहियामा गठन भएको युथ फोस्रको अध्यक्षमा सम्भु कुशवाहा उपाध्यक्षमा दिपेन्द्र यादव सचिवमा रामबाबु कुशवाहा सहसचिवमा नवलकिशोर यादव र कोषाध्यक्षमा दिनेश कुशवाहा रहनुभएको प्ररायु संघ बारा क्षेत्र नम्बर ४ का क्षेत्रीय अध्यक्ष सुभाषप्रसाद साहद्वारा जारी प्रेस बिज्ञप्तिमा जनाईएको छ।

यस्तै सल्लाहकार समितिमा जोगिन्द्र महतो बिश्वनाथ महतो प्रेमनारायण कुशवाहा हमिद अंसारी सुकराम महतो लोचन महतो िसंहासन महतो चनरमन महतो र नागिन्द्र साह रहनु भएको छ।

बिश्वनाथ महतोको अध्यक्षता सम्पन्न सो भेलामा एमाले बारा जिल्ला सचिवालय सदस्य एवं सभासद रामचन्द्र प्यासी हरि साह लक्ष्मीनारायण महतो शमशेर अंसारी महेश बिक बिश्वनाथ साह मनोज कुमार सुनील मंडल राकेश मंडल प्रदिप महतो बादल मियाँ मोतिलाल कुशवाहा रमेशप्रसाद गोढ लगाएतकाले सम्बोधन गर्नुभएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।