Skip to main content

मुलुक उपराष्ट्रपति विहिन - बार अध्यक्ष मैनाली

काठमाडौं भाद्र १३। उपराष्ट्रपति परमानन्द झालाई सर्वाेच्च अदालतले नेपालीमा सपथ लिन दिएको आदेश पालना नभएकोबारे कानुन व्यवसायीहरुको मत बाझिएको छ। रिपोर्टस क्लब नेपालद्वारा आज राजधानीमा आयोजीत साक्षात्कार कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष विश्वकान्त मैनालीले आज साझबाट नेपाल उपराष्ट्रपति विहिन रहेको बताउनु भयो। आर्ज साझँबाट राज्यले उपराष्ट्रपतिलाइ दिइदै आएको सुविधा फिर्ता गर्नु पर्ने उहाँको भनाइ थियो। मैनालीले भन्नु भयो-ुसंविधानमा व्याख्या गरिएअनुसार उपराष्ट्रपतिले नेपालीमा सपथ नलिएका कारण उहा नेपाल र नेपालीहरुको उपराष्ट्रपति होइन। संसद्को निर्वाचित उपराष्ट्रपति भएकाले संसद्ले नै यसको निर्णय गर्छ।ु मैनालीले राज्यले पनि उपराष्ट्रपतिलाइ सेवा सुविधाा दिएको खण्डमा अख्तियार दुरुप्रयोग र भष्ट्राचारको कार्वाहीमा पर्नु पर्ने बताउनु भयो। उहाँले नेपाली भाषा ३ सय बर्षको लामो अभ्यासबाट विकास भएको भाषा भएकाले यसको सम्मान गर्नु सबैको दायित्व रहेको बताउनु भयो। ४० बर्ष न्याय सेवामा रहदा नेपालीमा फैसाला लेख्ने उपराष्ट्रपति झाले अहिले आएर नेपाली जान्दिन भनेकोमा आफुलाइ अचम्म लागेको मैनालीको भनाइथियो। ३०÷४० बर्षदेखि तराईलाइ हिन्दि प्रदेश बनाउने अवधाराणाको डिजाइन भएको बताउदै मैनालीले त्यहि ग्र् यान्ड डिजाइनको पात्र उपराष्ट्रपति बनेको चिन्ता व्यक्त गर्दै भन्नु भयो-ुअब तराईका आदिवासी जनजातीलाइ प्यालेस्टाइन बनाइनेछ त्यहाका दमन गर्ने सामन्तीहरु इजरायली हुनेछन्। किनकि यो डिजाइनका पछाडि शक्तिशाली राष्ट्र उभिएको छ।ु

क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा भएको साक्षात्कार कार्यक्रमा वरिष्ठ कानुनविद् शेरबहादुर केसीले उपराष्ट्रपतिले सर्वाेच्चको आदेशलाइ अटेरगरि पुन नेपाली भाषामा सपथ नलिनु मुलुकका लागि दुर्भाग्य रहेको बताउनु भयो। उहाँले भन्नु भयो-ुसर्वाेच्च अदालतको फैसलाको खिल्लि उडाउने काम भएको छ। त्यहि संविधान अनुसार उपराष्ट्रपति बन्न हुने संविधानले तोकेको भाषामा सपथ लिन नहुने ु

अधिवक्ता एवं सभासद् राधेश्याम अधिकारीले सबै स्थानिय भाषाको सम्मान गर्नु पर्ने भए पनि सबैलाइ काम काजको भाषा बनाउन नसकिने बताउदै भन्नु भयो-ुकानुनले संविधान काट्न नसक्ने भएकाले सर्वाेच्चको फैसला मान्नुपर्छ।ु उहाँले ९१ बटा भाषा सुचिकृत भएका छन् ति हाम्रो पुँजी भएको बताउदै उपराष्ट्रपतिले फैसला चित्त नबुझे पनि सपथ लिएको भए उहाको गरिमा बढ्ने बताउनु भयो।

यता उपराष्ट्रपतिका वकिल हितमान िसंहले नेपाली भाषामा पुन सपथ नलिर्दैमा उपराष्ट्रपति पद मुक्त नहुने वताउनुभयो। उहाँले भन्नु भयो -ुउपराष्ट्रपति मरेमा महाअभियोग लागेमा वा उहाले राजीनामा दिएमा मात्र उहा पद मुक्त हुने हो नत्र निर्वाचित उपराष्ट्रपतिलाइ कसैले हटाउन सक्दैन।ु माओवादी सभासद् एवं अधिवक्ता एकनारयण भण्डारीलॆ सर्वाेच्च अदालतको फैसला पुर्वाग्रही भएको आरोप लगाउनु भयो। उहाँले भन्नु भयो-ुसर्वाेच्च अदालतमा बस्नेसँग क्षमता नभएको देखियो। नया संविधान बन्ने प्रकि्रयामा रहेको बेलामा अदालतले यसमा बखेडा झिक्ने काम गर् यो।ु अधिवक्ता कुमोद भटट्राइले राजनीतिक मुद्दामा सर्वाेच्च अदालत पुर्वाग्रही भएर फैसला गरेको भन्दै चर्काे विरोध गर्नु भयो।

सर्वाेच्च अदालतको पुर्ण इजलासले गत आइतबार सरकारलाई सात दिनभित्र उपराष्ट्रपतिलाइ शपथ गराउने व्यवस्थाा गर्न आदेश दिएको थियो।सर्वाेच्चले दिएको म्याद आजैबाट सकिदै छ। उपराष्ट्रपति झाले अन्तरिम संविधान २०६३ र कानुनको प्रचलित मान्यताविपरित आदेश आएको बताउदै आउनु भएको छ।


Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।