Skip to main content

स्वीस राजदूत थोमस गेसले भने

काठमाडौँ १२ भदौ । नेपालका लागि स्वीस राजदूत थोमस गेसले नेपालका सीमान्तीकृत अल्पसंख्यक तथा पिछडिएका जाति क्षेत्रलाई सम्बोधन गर्ने गरी संघीयताको निर्धारण गर्न सुझाब दिएका छन् । रिपोर्टस्र क्लब नेपालद्वारा शुक्रबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै राजदुत गेसले नेपालको संघीयता नेपाली आधारमा नै निर्धारण हुनुपर्ने र त्यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेकोमा पनि जोड दिएका छन् ।

ुस्वीटजरल्याण्डको आफ्नैं लामो इतिहास छ र त्यहाँको संघीयताको विशेषता पनि आफ्नै छ नेपालमा त्यही हुबहु नक्कल गर्नुपर्छ भन्ने हैन यहीको आवश्यकताका आधारमा संघीयताको निर्धारण गर्दा उपयुक्त हुन्छु नेपालमा यसैबर्षको १७ अगस्टमा दुताबास स्थापना भएपछि पहिलोपटक साचारकर्मी माझ प्रस्तुत भएका राजदूत गेसले भने । स्वीटजरल्याण्डको तुलनामा नेपालको सामाजीक सांस्कृति र जातीय मुद्दाहरु जटिल रहेको उल्ल्ोख गर्दै राजदूतले गेसले भने ुनेपालमा बढीभन्दा बढी सीमान्तीकृत अल्पसंख्यक पिछडिएका जाति समुदायको अधिकार स्थापित गर्ने गरी केन्द्र र तल्लो निकायलाई सम्बोधन गरेर संघीयताको निक्र्यौल गर्नु उपयुक्त हुन्छ ।ु

राजदूत गेसले केन्द्र र स्थानीय निकायमा नियन्त्रण र सन्तुलनको संयन्त्र मजबुत बनाउनुपर्ने उल्लेख गरे र दुबैमा सत प्रतिशत अधिकार दिनु उपयुक्त नहुने पनि सुझाब दिए । तर स्थानीय प्रान्तहरुलाई अधिकार सम्पन्न बनाउनुपर्ने उनको धारणा थियो । तर संघीयताको मोडल कस्तो हुनेभन्ने कुराको निर्णय नेपालीहरु स्वयम्ले गर्ने विश्वास पनि राजदूत गेसले व्यक्त गरे ।

रिपोर्टस्र क्लबका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै राजदूत गेसले नेपालमा लगानी गर्न आफ्नो देश इच्छुक रहेको तर लगानीको सुरक्षाका लागि शान्ति सुनिश्चित हुनुपर्ने बताए । उनले शान्ति र विकास एकैसाथ जाने र लगानीका लागि सुरक्षाको यथोचित वातावरण बन्नुपर्नेमा पनि जोड दिएका थिए । उनले शान्ति प्रकि्रयाको भविश्यका आधारमा स्वीटजरल्याण्डले नेपालको पूर्वाधार पर्यटन तथा जलस्रोतको क्षेत्रमा लगानी गर्ने स्पष्ट पारे । ुनेपालको पर्यटन जलविद्युत पूर्वाधारको क्षेत्रमा भविश्यमा हामी लगानी गर्छौँ तर त्यसका लागि शान्ति सुरक्षाको सुनिश्चितता महत्वपूर्ण छ ।ु

स्वीस विकास नियोगका शान्ति सल्लाहकार मार्कोस ह्यारिकले नेपाली संघीयताका लागि मिश्रीत आधार आवश्यक रहेको बताए । संघीयताको आधार नेपाली विशेषतालाई सम्बोधन गर्ने गरी तयार गर्नुपर्ने उनको सुझाब थियो । नेपाललाई आवश्यक परेमा स्वीटजरल्याण्डको संघीयताको अभ्यासका बारेमा विज्ञहरुलाई बोलाएर जानकारी दिन सकिने उनको भनाई थियो ।

नियोगका सहायता प्रमुख एलीजावेथ भन कापेलरले ओखलढुंगा लगायतका ग्रँमीण जिल्लाहरुमा सहयोग गरिरहेको जानकारी दिइन् । उनले स्थानीय निकायहरुको उपेक्षा नै नेपालमा विकासका लागि बाधक भएको उल्लेख गर्दै अब स्थानीय निकायलाई सशक्त बनाइनुपर्ने र उनीहरुलाई समबोधन गर्नुपर्ने पनि सुझाब दिइन् ।

कार्यक्रममा क्लबका अध्यक्ष ऋषि धमलाले स्वीस सरकारले नेपालको शान्ति प्रकि्रया तथा विकासमा पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे । उनले राजदूत गेसको नेपाल बसाई सफल र फलदायी हुने पनि विश्वास व्यक्त गरे ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।