Skip to main content

नेवा जात्रा पर्व कोष खडा गर्न माग

काठमाडौं भदौ १५। भोली मंगलबारबाट शुरु हुन लागेको इन्द्रजात्राको तयारीको विषयमा इन्द्रजात्रा व्यवस्थापन समितिले रपोर्टस क्लबमा पत्रकार सम्मेलन गरि जानकारी गराउदै राज्यप्रति दुखेसो पोखेको छ।

२०६५ साल भाद्र २६ गते नेपाल सरकारको तर्फबाट इन्द्रजात्राको लागि दिदै आएको पुजा खर्च नदिने निर्णय भएपछि नेवार जाति एकजुट भइ आन्दोलनमा उत्रियो र आन्दोलनले उग्ररुप लिएपछि तत्कालिन सरकारले आस्विन ५ गते िसंहदरबार अर्थ मन्त्रालयको सभाकक्षमा कार्यावाहक प्रधानमन्त्रीको हैसियतमा रहनुभएका अर्थमन्त्रीसग १० बुँदे सम्झौता भएको थियो। सो सम्झौता अझै पनि कार्यन्वन नभएको भन्दै व्यवस्थापन समितिले सरकार पौराणिक संस्कृतिलाइ जर्गेना गर्ने सम्वेदनसिल नभएको बताएको छ। सास्कृतिक जात्रा पर्व संचालन गर्नको लागि उपलब्ध गराइ आएको दरबन्दीहरु समय सापेक्ष परिमार्जन गर्न बजार मुल्य अनुसार कायम गर्न माग गर्दै सास्कृतिक जात्रा पर्व संचालन सम्बन्धि कार्य गर्दा ठेकेदारी प्रथाको अन्त्य गर्न सरकार कि्रयासिल नभएको आरोप लगाए। २०६५ साल आस्विन ५ गते भएको १० बुदे सहमित कार्यन्वयन गर्न जोड दिर्दै नेवार समुदयाले मनाउने जात्रा व्यवस्थापन गर्नका लागि अलगै निकाय गठन गर्न माग गरेको छ । कला र संस्कृति जोगाउनका लागि बसेको गुठी संस्थान समय सापेक्ष परिमार्जन नभउकोले यसबाट अब जात्रा संचालन गर्न धौ धौ पर्ने भएको बताउदै व्यवस्थापन समितिले नेवा जात्रा पर्वका लागि छुट्टै निकायको आवश्यकता महसुस गरेका हुन्। जबसम्म नेवारको जात्रा पर्वमा अलग निकाय गठन गरिदैन तबसम्म आन्दोलन जारी रहेने चेतावनी पनि दियो।

२१ औं शताव्दीमा गुठी संस्थानमा रकम लिन जान दश ठाउमा जानुपर्ने बाध्यता रहेको दुखेसो पोखे। यस पटक जात्रा जात्रा पर्व संचालकहरु र स्थानिय संघ संस्था र क्लबहरु एकजुट भइ समय सापैष भव्यता प्रदान गर्न प्रयासरत रहेको जाकारी ईेयो। नेपाल सरकारको निकायहरु पनि आफुले गर्नुपर्ने कतृत्वयबाट विमुख हुनु नहुने भन्दै उनीहरु घच्घच्याएको थिएा। कार्यक्रममा इन्द्रजात्रा व्यवस्थापन समितिका संयोजक मंगलकृष्ण मानन्धर प्रकास ताम्राकारलगाय विभिन्न संघ संस्था र क्लबका प्रतिनिधिहरुले आफ्नो विचार राखेका थिए ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...