Skip to main content

हसिलो नेपाल बनाउन दन्त मेला

भक्तपुर १३ भदौ। द्वन्द्वकालमा नेपालीहरु चाहेर पनि हाँस्न सकेनन्।
द्धन्द समाप्त भएको भनिए पनि नेपालीहरु हाँस्न सकेका छैनन्। द्धन्दको
मानिसिकतामा गुजि्ररहेका नेपालीहरु आपुनै स्वास्थ्यको कारण हाँस्न नसको
नेपाली दन्त चिकित्सहरुको दावी छ। उनीहरुका अनुसार अधिकतर नेपाली दाँत र
मुख सम्बन्धि रोगहरुबाट ग्रसित भएको कारण हाँस्न नसकेको हो।

भोलिको हँसिलो नेपाल बनाउनको लागि भने नेपाका दन्त चिकित्सा क्षेत्रका
युवाहरुले काठमाण्डौंमा भदौ १२ देखि १४ गते सम्म दन्त मेला आयोजना गरेको
छ। मेलाको उद्घाटन गर्न आएका अभिनेत्री गौरी मल्लले आफु जापानमा हुदाँ
दाँतको समस्याको कारण हाँस्न नसकेको अनुभव सुनाए। त्यतिबेला गिजाँमा
देखिएको समस्याको बारेमा थाहा नहुदा उनले दुख पाएका थिए। ूपछि एकजना
साथीले मेरो समस्या थाहा पाएर गिजाँको उपाचार गराइदिए पछि नियमित रुपमा
डेन्टिस्टका गइ दाँत सफा गरेर हरेक पल हास्न सक्ने भएको छुू उनलै हँसिलो
मुहारमा सभालाई सम्बोधन गरी भने।

करीब ५० वटा दाँत सम्बन्धि स्टलहरुमा बसुन्धारामा आयोजना गरिएको मेलाम
बिद्यार्थीहरुको बाक्लो जमघट थियो। स्कुलका बिद्यार्थीहरु दाँतको ब्रस
कसरी गर्ने भनेर सिक्नमा तल्लिन रहेका थिए। दाँतका मोडेलमा ब्रस राखेर
प्रर्दशकले मस्र्याङदी स्कुल म्शेपीका बिद्यार्थीहरुलाई ूतिमीहरुले
पे_िन्सल समाते जस्तै गरी ब्रस हातमा लिनु पर्छ हातको ब्रसले बिस्तारै
तलमाथि गर्दै दातको सबै भाग यसरी सफा गर्नु पर्दछू भनेर दाँत माँझ्न
तरिका सिकाए।

प्रदर्शकहरुका अनुसार बजारमा तीन किसिमका ब्रसहरु हुन्छन्। कडा मध्यम र
नरम कच्ची भएका ब्रस मध्ये नरम ब्रस नै दाँतको स्वास्थ्यको लागि प्रयोग
गुर्नु पर्ने उनीहरुले भने। बजारमा फ्लोराइड भएको र नभएको दुई थरी
बिभिन्न ब्राण्डका दुथपेष्टहरु पनि मेलामा प्रदर्शनको लािग राखिएको थियो।
फ्लोराइड युक्त पेष्टले दाँत लाग्ने सक्ने ब्याक्टेरिया नास गर्दछ। यसबाट
दाँत बिगि्रन पाउदैन।

मेलामा दन्त बिज्ञानका प्रयोगशालामा प्रयोग हुने सामाग्रीहरु समेत
प्रर्दशन गरिएको थियो। दन्त चिकित्कहरुले प्रयोग साना र मसिना औजारहरु
समेत दर्शहरुले अवलोकन गर्न पाए। दन्तरोगमा प्रयोग हुने आषधिको जानकारी
पनि आगन्तुकहरुलाई गराइएको थियो।

दाँतमा किरा लाग्ने समस्याका बारेमा ब्याच्लर अफ डेन्टल साइन्सका
बिद्यार्थी रोजिना त्वानाबासुले जानकारी गराए। दाँतमा ब्याक्टेरियाको
कारण संकक्रम भइ किरा लाग्ने समस्या हुन्छ। यसले सुरुमा दाँतको बाहिरी
भाग इनामेल र पछि भित्रि भागहरु डेन्टिन पल्प र जरामो समेत आक्रमण गर्दा
दाँत कुहिने झर्ने गर्दछ। यी समस्याको उपाचारको लागि दाँतमा सिमेन्ट
भर्ने बिधिलाई प्राबिधिक भाषामा रुट क्यानल टि्रटमेन्ट अर्थात आरसीटी
भनिन्छ।

नेपालीहरु हाँस्न नसकेको कुरा त्यहाँ संकलन गरी राखेको बिश्वका
मानिसहरुको मुखचित्र छर्लङ भएको छ। मुस्कुराइरहेका मानिसहरुको ती
फोटोहरुमा कोही पनि नेपाली थिएनन्। त्यहाँ एक जना मात्र नेपाली अर्थात
हारेर पनि नेपालका नपुसंक प्रधानमन्त्री बनेका माधब कुमार नेपालको हाँस्न
खोजे पनि दाँत खोल्न नसकेको मुखचित्र प्रदर्शन गरिएको थियो।

दाँतको सुरक्षाको लागि गुलियो पदार्थ खाए पछि मुख कुल्ला गर्नु पर्दछ।
बालालिकाहरुमा औंला तोक्ने बानी रोक्न परम्परारुपमा दिइने ललीपपले दाँतमा
ब्याक्टेरिया फैलने खतरा हुन्छ। यसको बिकल्पको रुपमा बाल दन्तचिकित्साको
कक्षमा बुढी औंला छोप्ने पाजाको थम्ब गार्डको प्रर्दशन गरिएको छ। थम्ब
गार्ड औंलाको तुलनामा साह्रो हुने भएकोले बालबालिकाहरुले औंला चुस्न
छोड्छन्।

माछा भ्यागुता बिरालो कुकुरआदि जीबजन्तुका दाँतका नमुनाहरु प्रदर्शनीमा
राखिएको थियो। धेरैले यी दन्तहरुको अभिरुचिपुर्बक अवलोकन गरे। परम्परागत
रुपमा दाँतको उपाचार गर्न शिवजीको पुजा गर्नु पर्ने मान्यता अन्धबिश्वास
रहेकाले दन्त चिकित्सक कै सेवा लिनु पर्ने प्रदर्शकहरुको मत छ। दाँतको
उपाचारबाट बिगतमा समस्या भोगेका मानिसहरुको कुरुप तस्बिरहरु देखेर मेलामा
आएका बिद्यार्थीहरुले नियमित रुपमा दन्त चिकित्सकको राय र सल्लाह लिएमा
दन्तरोग नलाग्ने कुराको हेक्का राख्नु पर्ने सुझाब दिए।

मुख नै सबैरोगको प्रबेशद्धार हो। खानाको माध्यमबाट सर्ने रोगका किटाणुहरु
सबैभन्दा पहिले यही नै प्रबेश गर्ने भएकोले दाँतमै धेरै समस्या देख्ने
गरेको छ। तर हसिलो नेपाल बनाउन यस क्षेत्रमा कम मात्र सरकारी दरबन्दी
रहेको छ। सरकारले दन्त स्वास्थ्यकर्मीको संख्या बढाएमा अन्य रोगका बिरामी
कम हुने देखिएको छ। स्वस्थ दाँत भएका नेपालीले मात्र मधुर मुस्कन छर्न
सक्छन्। सबै नेपालीको मुहार हसिलो बनाउन बर्षमा कम्तीमा दुइ पटक दन्त
चिकित्सकलाई दाँत देखाउनु पर्दछ।

शिक्षाको अवसर

दन्त चिकित्सा क्षेत्रमा धेरै अवसर छन्। हाल नेपालमा एसएलसी पछि नै तीन
बर्षे डिप्लोमा तहको दन्त स्वास्थ्य बिषयको अध्ययन गराउन सिटिइभिटी
अन्र्तगतका तालिम केन्द्रहरु खुलेका छन्। त्यसै गरी चार बर्षे ब्याचलर अफ
डेन्टिस्ट्रीको पनि अध्यापन पनि नेपाल मै हुदै आएको छ। दन्त चिकित्सामा
सम्बन्धि सरकारी नितीको अभावमा हाल यी बिषयमा अध्ययन गरेकाले सरकारी सेवा
नपाए पनि निजी क्षेत्रमा भने प्रशस्त रोजगारीको सम्भावना छ।-रविन राचलिका
हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।