Skip to main content

प्रतिबद्धता कागजमै सीमित

वीरगंज १४ भदौ । उन्नतीका लागि युवा अभियान योक्याप नेपाल का अध्यक्ष मछिन्द्र तिवारीले आज एक प्रेस विज्ञप्ति जारी गरी २०६४ जेष्ठ १८ गते सम्मानित सर्वोच्च अदालतले सरकारको नाममा वेपत्ता पारीएका ब्यक्तिहरुको अवस्था छानविन गर्न एक सम्पूर्ण अधिकार सम्पन्न आयोग गठन गर्न र वेपक्ता पार्ने कार्य बिरुद्ध बिशेष कानुन बनाउन आदेश दिएको थियो । तर हालसम्म न त उत्त सम्झौता तथा प्रतिबद्धताहरुको पालना भएको छ न त सर्वोच्च अदालतको आदेशको नै अधिकांश सम्झौता तथा प्रतिबद्धताहरु कागजमै सिमीत गरीएको जनाएको छ॥

विज्ञप्तिमा उल्लेख छ - राष्ट्रिय मानव अधिकार आयोगको पछिल्लो तथ्यांक अनुसार सरकारबाट ६१६ र एकिकृत ने।s।पा माओवादीबाट २१९ गरी कूल ८३५ जना बेपत्ता पारीएकाहरुको स्थीति अझै अज्ञात रहेको छ । यस बाहेक मानव अधिकार आयोग सम्म नआईपुगेका थुपै नागरीकहरु बेपत्ता पारीएका घट्नाहरु हुन सक्ने आशंका गरीएको छ । ब्यापक राजनैतिक परीवर्तनसंगै नेपाल शान्ति निमार्णको प्रकि्रयाबाट गुजि्ररहेको छ । तर बेपत्ता नागरीकहरुको स्थिति सार्वजनिक गरी समाजमा सत्य र न्याय स्थापना नहुन्जेल वर्तमान संकटपूर्ण संक्रमणकालको अन्त्य हुन सक्दैन् ।

बलपूर्वक बेपत्ता पारीएकाहरुको अन्र्तराष्ट्रिय दिवशको सन्दर्भमा योक्याप नेपाल नेपाल सरकार तथा सम्बन्धित सरोकारवाला पक्षहरुसंगे बेपत्ता पारीएका सम्पूर्ण नागरीकहरुको यथासक्य छिटो सार्वजनीकीकरण गर्न जोडदार माग गर्दछ । साथै तत्काल निम्न कदम चाल्नका लागि नेपाली युवा मानव अधिकारकर्मीहरुको तर्फबाट नेपाल सरकारको ध्यानाकर्षण गराउदछ ।

- बिस्तृत शान्ति सम्झौता अन्तरिम संविधान २०६३ सर्वोच्च अदालतले २०६४ जेष्ठ १८ मा जारी गरेको फैसलाको तत्काल कार्यान्वयन गरी बेपत्तालाई अपराधीकरण गर्न कानुन बनाई कार्यान्वयन गर्न र बेपत्ता खोजविन गर्ने उच्चस्तरीय अधिकार सम्पन्न निष्पक्ष स्वतन्त्र आयोग गठन गर्न ।

- बेपत्ता पारीएका नागरीकका परीवारहरुलाई राहत पूर्नस्थापना क्षतिपूर्ति तथा परीपूरणको ब्यवस्था गर्न ।

- बलपूर्वक बेपत्ताबाट सवै ब्यक्तिहरुको संरक्षण सम्बन्धी अन्तराष्ट्रिय महासन्धि र अन्तराष्ट्रिय फौजदारी अदालतको रोम बिधानलाई अनुमोदन गर्न ।

- पिडितलाई उचित क्षतिपूर्ती र पिडकलाई कडा सँजाय दिई दण्डहिनताको अन्त्य गर्न ।

- बेपत्ता पारीएका नागरीकका परीवारका युवाहरुलाई शिक्षा स्वास्थ्य रोजगार जस्ता आधारभूत्ा कुराहरुको तुरुन्त ब्यवस्था गर्न ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।