Skip to main content

व्यवस्थापिका संसदको बैठक आज १३ औ पटक स्थगित

काठमाडौं १४ भदौ। एकीकृत नेकपा माओवादीको नारावाजी र रोष्ट्रम घेराउका कारण व्यवस्थापीका संसदको वैठक लगातार आज १३ औ पटक स्थगित भएको छ। नियमित कार्य सुचीमै प्रवेशै नगरि रोकिएको बैठक भोलि दिउसो ३ बजेका लागि डाकिएको छ। माओवादीले गत साऊन २२ गतेदेखी व्यबस्थापिका संसद बैठक अबरुद्ध गर्दै आएका कारण विनियोजन विधेयकमाथीको छलफल प्रभावित भएको छ।




सम्बैधानिक समिति अव सकि्रय


काठमाडौं १४ भदौ। संविधानसभाको महत्वपूर्ण मानिएको सम्बैधासनिक समिति तीन महिनापछि आजबाट काममा सकि्रय भएको छ। शुक्रवार समितिको सभापति चयन भएपछि समितिले आजवाट काम शुरु गरेको हो। समितिको आज बसेको पहिलो बैठकमा सदस्यहरुले निर्धारित समयमै संविधान लेखन सम्पन्न गर्न सम्बैधानिक समितिले आफ्नो सकि्रयता बढाउनु पर्ने बताए। सभाषदहरुले तीन महिनासम्म रोकिएका कामलाइ पुर्ती गर्ने गरी समितिलाइ सकि्रय बनाउनु पर्नेमा जोड दिएका थिए। संसद सचिवालय िसंहदरवारमा बसेको बैठकमा एमाले अध्यक्ष झलनाथ खनालले राज्यको पुर्नसंरचना साशकीय स्वरुप तथा निर्वाचन प्रणाली जस्ता दुरगामी प्रकृतिका सवालमा छलफल गर्नुपर्ने बताउनु भयो। नेपाली कागे्रसका विमलेन्द्र नीधिले पाचौ पटक संशोधित कार्यतालीका अनुरुपपनि समितिका अबधारणापत्र माथी छलफल नसकिएको स्मरणगर्दै आगामी दिनमा यस्तो दोहोर् याउन नहुने बताउनु भयो। सदभावनाका लक्ष्मणलाल कर्णले संविधानलेखन कार्यतालिका पच्छाउनु भन्दापनि आगामी बर्षको जेठ महिनामा संविधान निर्माणको तयारीमा लाग्नुपर्ने बताउनुभयो। बैठकमा सबै सभाषदले समितिका नवनिर्वाचित सभापति निलाम्बर आचार्यलाइ संविधान लेखनको महत्वपूर्ण जिम्मेवारी सम्हालेकोले जिम्मेवारी पूरागर्न शुभकामना दिएका थिए।

कोशीबाँधको दीर्घकालीन समाधानका लागि भारत पनि सहमत ः प्रधानमन्त्री

काठमाडौं १४ भदौ। प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो भारत भ्रमणका बेला कोसी बाँधको समस्यालाई दीर्घकालीन रुपमा समाधान गर्न भारत पनि सहमत भएको जानकारी दिनुभएको छ। व्यवस्थापिका-संसद प्राकृतिक स्रोतसाधन समितिको आजको बैठकमा प्रधानमन्त्री नेपालले गत वर्ष भत्किएको कोसी तटबन्धको मर्मत कार्य सन्तोष जनक भैरहेको बताऊनभएको हो। भारत भ्रमणका बेला बाँधको मर्मतका लागि दुवै सरकारले आउँदा दिनमा यस्ता विपत्ति नआओस् भन्नेतर्फ समेत रहेको बताउनुभयो। बैठकमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले कोशीबाँध मर्मतका लागि ८० करोड रुपैँया निकासा भइसकेको जानकारी दिनुभयो।



वेपत्ता विधेयक यसै अधिवेसनबाट पारित गरिने

काठमाडौं १४ भदौ। शान्ति तथा पुर्न निमार्ण मन्त्री रकम चेम्जोङले चालु अधिवेसनबाटै व्याक्ति वेपत्ता सम्बन्धि विधेयक चालु अधिवेसनबाटै पारित गरिने प्रतिवद्धता व्यक्त गर्नु भएको छ। उहाँले अधिवेसन शुरु हुनेवित्तिकै सरकारले व्याक्ति वेपत्ता विधेयक संसदमा पेश गरिने र त्यो भन्दा अघि सबै सरोकारवाला सम्म छलफल गरिने बताउनु भयो। राष्ट्रिय तथा अन्तराष्ट्रिय अधिकारकर्मी संगठनका प्रतिनिधिहरुसँगको छलफलमा शान्ति मन्त्री चेम्जोङले दलहरु साझा मत बनाउनका लागि सकि्रय रहने पनि आग्रह गर्नु भयो। संघसंगठनका प्रतिनिधिले भने व्याक्ति वेपत्ता कसुरु सजाय विधेयक अन्तराष्ट्रिय मापदण्ड विपरित भएको भन्दै आपत्ति जनाएका थिए। ८ ओटा राष्ट्रिय अन्त्राष्ट्रिय संगठनका प्रतिनिधिहरु विहान शान्ति मन्त्रालयमा गइ शान्तिमन्त्री सँग छलफल गरेका थिए। अन्तराष्ट्रिय रेडत्रलसको तथ्याङक अनुसार नेपालमा राज्य र गैराज्यबाट १ हजार ३ सय ४८ जना वेपत्ता पारिएका छन्।



अन्तर्राष्ट्रिय बेपत्ता दिवस

काठमाडौं १४ भदौ। वेपत्ताहरुको स्थिती सार्बजानिक गर्न दबाब दिन आज विश्वभर अन्तराष्ट्रिय वेपत्ता दिवस मनाईदैछ। यसै क्रममा नेापलमा पनि मानव अधिकारीबादि संस्थाहरुले विभिन्न कार्यक्रमको आयोजना गरी बेपत्ता दिवस मनाईरहेका छन्। बेपत्ता दिवसको अबसरमा नेपाल स्थित विभिन्न देशका दुतावासले संयुक्त विज्ञप्ती जारी गरी राज्य तथा बिद्रोहि पक्षबाट बेपत्ता पारिएका नागरिकका सम्बन्धमा छानविन आयोग गठन गर्न आग्रह गरेका छन्। बल पुर्वक वेपत्ता सम्बन्धि अन्तराष्ट्रिय दिवसको पुर्व सन्ध्यामा हिजो विज्ञप्ती जारी गरी उक्त कानुन् अन्तराष्ट्रिय मापदण्ड र तीन वर्षअघि सर्वोच्चले दिएको आदेश अनुरुपको हुनुपर्ने पनि उल्लेख छ। विज्ञप्ती जारी गर्नेमा अष्टे्रलिया डेनमार्क फिनल्याण्ड प्रुान्स जर्मनी जापान नर्वे स्विट्जरल्याण्ड बेलायत र अमेरिकी दुतावास रहेका छन्। नागरिक बेपत्ता बनाउने कार्यमा संलग्न नेापली सेना र अन्य सरकारी सेवाकालाई जिम्मेवार बनाउने सरकारको प्रतिबद्धता पुरा होस भन्ने विज्ञप्तीमा उल्लेख छ। विज्ञप्तीमा राज्य तथा माओबादि पक्षबाट बेपत्ता पारिएका १ हजार २ सय नेपाली नागरिकको अबस्था अझै अज्ञात रहेप्रति चिन्ता समेत ब्यक्त गरिएको छ। द्वन्दका क्रममा अपहरण गरी वेपत्ता पारिएका सबै नागरिकहरुको स्थिती सार्बजानिक गर्न र बेपत्ता पार्ने कार्यमा संलग्न कार्यकर्तालाई कार्वाहिको प्रकृयामा ल्याउनका लागि राज्यलाई अनुसन्धानमा सहयोग पुर् याउन माओबादिलाई आग्रह गरिएको विज्ञप्तीमा उल्लेख छ।



--------





सार्वजनिक लेखा समिित

काठमाडौं १४ भदौ। व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी योजनाको विस्तृत विवरण उपलब्ध गराउन निर्देशन दिएको छ। समितिको आजको बैठकमा समितिले मेलम्ची खानेपानी योजनाका साथै त्यस क्षेत्रको िसंचाई र बिजुली उत्पादन संम्भाब्यताका बारेमा उप प्रधान एवं भौतिक योजनामन्त्री बिजयकुमार गच्छेदार उर्जामन्त्री डाक्टर प्रकाशशरण महत िसंचाई मन्त्री बालकृष्ण खाँणसँग्ा जानकारी लिएको थियो।



--------







मधेसका जिल्ला बन्द

काठमाडौं १४ भदौ। उपराष्ट्रपति परमानन्द झालाई एक हप्ता भित्र सपथ लिन सर्वोच्च अदालतले दिएको आदेशको बिरोधमा मधेशी जनअधिकार फोरम लगाएतका मधेशवादी दलहरुले गरेको बन्तले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ। जनकपूर राजविराज सप्तरी र सिराहालगायत जिल्लामा मधेशवादी दल र त्यसका भातृ संगठनहरुले बिहानै देखी सडक अवरुद्ध पारेका छन्।

यसैबीच आन्दोलनमा उत्रिएका मधेशी जनअधिकार फोरमका केन्द्रीयस्तरका नेतासहित सत्र जनालाई आज विराटनगरमा प्रहरीले पक्राउ गरेको छ। अनिश्चितकालिन मोरङ बन्दको आव्हान गरी विरोध प्रदर्शनमा निस्किएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरुमा फोरमका केन्द्रीय सदस्य रामविलास यादव राजु बर्मा जिल्ला सदस्य विनोदकुमार िसंह उमेश यादव इनामुलहक अन्सारी रामानन्द राय महिला विभाग केन्द्रीय सदस्य सान्त्वना बोसाक युवा फोरमका केन्द्रीय सदस्य अनिल ठाकुर विद्यार्थी फोरमका जिल्ला सचिव महेशकुमार यादवलगायतलाई पक्राउ गरिएको छ। पक्राउ परेका सबैलाई जिल्ला प्रहरी कार्यालय मोरङको महिला सेलमा राखिएको पूर्वााचल एफ एमले जनाएको छ।



वीरअस्पतालको सेवा तेश्रो दिनपनि ठप्प

काठमाडौं १४ भदौ। अस्पतालको भौतिक सुधार लगायत माग राख्दै आवासिय चिकित्सकहरुको आन्दोलनका कारण ३ दिनदेखि काठमाडौको सबैभन्दा बूढो वीरअस्पतालको बहिरंङ्ग सेवा ओपिडी तथा सल्यकृया समेत ठप्प भएको छ। अत्यावश्यकीय क्षेत्रमा भएको यो वन्दले विरामीहरुलाई निकै शास्ती भएको छ। आन्दोलनका कारण नियमित उपचार हुन नसकेको अस्पतालका निर्देशक दिर्घराज आरसीले स्वीकार गर्नुभएको छ। तीनसय चिकित्सक रहेको बीर अस्पतालमा दैनिक चारसय देखि ६ सय विरामी उपचारका लागि जाने गरेका छन्। आवासीय चिकित्सकले खाईपाइ आएको मासिक तलबमा ६ हजार बढाउनुपर्ने रात्री सेवा दिए वापत पाउने २ सय ५० रुपैंया भत्ता बृद्धि गरी हजार पुर् याउनुपर्ने लगायतका माग राख्दै आएका छन्।



राष्टपतिय निर्वाचनमा धाँधली भएको अरोप।

काठमाडौं १४ भदौ। नयाँ राष्ट्रपति छनोटका लागि मतदान सकिएको केही दिन नवित्दै धाँधलीका सैँयौँ उजुरीहरु परेका छन्। वर्तमान राष्ट्रपति हमिद कार्जाइले धाँधली गरेको र राज्यको साधन श्रोतको दुरुपयोग भएको आरोप लगाउँदै ५५० वटा उजुरी परेका छन्। पुगेको अधिकारीहरुले आज जनाएका छन्। मतगणनाको प्रारम्भिक परिणामहरु सार्वजनिक भएपनि धाँधलीको आरोप लागेका मतदान केन्द्रहरुको अनुसन्धान तथा छानवीन जारी रहेको एपीले जनाएको छ। अहिले सम्म ३५ प्रतिशत मत गणना सकिँदा हमिद कार्जाइले ४६।२ प्रतिशत मत प्राप्त हासिल गर्दा निकतम प्रतिद्वन्द्वी अब्दुल्ल्ााह अब्दुल्ल्ााहले ३१।४ प्रतिशत मत हासिल गर्नुभएको छ।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।