Skip to main content

अमेरिकामा समावेशी साँस्कृतिक पर्व

बर्क्र्ली, युएसए, १९ साउन । उत्तरी क्यालिफोर्नियामा बसोबास गर्ने नेपालीका १० संगठनहरुले एक साँस्कृतिक पात्रो निर्माण गरी दशैं, ल्होसार, छठलगायतका प्रमुख नेपाली चार्डपर्व समावेशी ढंगले मनाउने निर्णय गरेका छन्।
उत्तरी क्यालिफोर्नियाका नेपालीको छाता संगठन नेपलिज एसोसिएसन अफ नर्दन क्यालिफोर्निया -न्यान्स्ाी) को संयोजकत्वमा जुलाई ३१ तारिकका दिन आयोजित नेपाली संघ-संस्थाहरुको भेलाले सो निर्णय गरेको हो।
न्यान्सीका अध्यक्ष यान राइको अध्यक्षतामा सम्पन्न सो भेलामा नजिकै आएको नेपालीको महान चाड दशैं 'नेपाली साँझ' कार्यक्रमको आयोजना गरी यस क्षेत्रका सम्पर्ूण्ा नेपालीको सहभागितामा मनाउने र यो क्रम अन्य यस्तै चाड मनाउँदा पनि कायम राख्ने सहमति भएको छ।
'नेपाली साँझ मनाउनका लागि एक संयोजक समिति खडा हुनेछ र साँस्कृतिक तथा साहित्यिक कार्यक्रमको आयोजना गरेर भव्यताका साथ मनाइनेछ,' भेलाको निर्ण्र्ाासुनाउँदै अध्यक्ष राइले जानकारी गराउनु भएको छ।
उत्तरी सनफान्सिस्कोस्थित न्यान्सीका सल्लाहकार वैकुण्ठ खनालको निवासमा भएको भेलामा बे-एरियाका नेपाली सँस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सनप|mान्सिस्को, सान्टारोजा, सोनामा, सान्नेबेलभित्रका १५ नेपाली सँस्थालाई आमन्त्रण गरिएकोमा पाँच सँस्थाका प्रतिनिधिहरु कार्यव्यस्तताका कारण उपस्थित हुन सकेका थिएनन्।
न्यान्सीका उपाध्यक्ष सागर कोइराला र सचिव सन्तोष लामाको सञ्चालनमा सम्पन्न सो भेलामा आमन्त्रित सहभागीहरुले आ-आफ्नो मन्तव्य प्रकट गरेका थिए। मदरल्याण्ड नेपालका अध्यक्ष अनिल पाण्डेले लोकतान्त्रिक अभ्यासका लागि एक-आपसका चार्डपर्वप्रति सम्मान भाव व्यक्त गर्दै सहभागी हुने हाम्रो निर्णयले समावेशी सँस्कारलाई अघि बढाउने विचार राख्दै यस पद्धतिलाई व्यवहारमा उतार्न्र्ााके विदेशमा पनि हामी नेपाली जसरी जाति, धर्म र क्षेत्रका आधारमा विभाजित भैरहेका छौं, त्यो प्रवृत्ति अन्त्य हुनेछ भन्नुभयो।
हृवाइट जोनका अध्यक्ष अशोक गौतमले न्यान्सीका पदाधिकारी सक्रिय भएर आउने र इमान्दारीका साथ सबैलाई समेट्ने होभने यस क्षेत्रका सम्पर्ूण्ा नेपालीहरु साथ दिन तयार छन् भन्नुभयो। 'तर के न्यान्सीले साँच्चिकै इमान्दारीका साथ हामीलाई आमन्त्रण गरेको हो त - कि आफूले नसकेर हामीलाई गुहारेको हो -' भनेर गौतमले प्रश्न गर्नुभएको थियो। उहाँको प्रश्नको जबाफ दिंदै उपाध्यक्ष कोइरालाले 'हाम्रो उद्देश्यमाथि कृपया शंका नगरिदिनुहोला, हामी इमान्दारीका साथ काममा जुट्नेछौं,' भन्नुभयो।
भेलामा लायन्स क्लब, अन्नपर्ूण्ा बर्क्र्ली, एनएजिसी, तमू समाज, सनी समाज, सोनमा शर्ेपा, बे-एरियासमाज र तामाङ सोसाटीका प्रतिनिधिहरुले पनि आ-आफ्नो सँस्थाको विचार राख्नुभएको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...