Skip to main content

नेपाल मै काम भ्याइ-नभ्याइ


भक्तपुर ४ भदौ।परम्परागतरुपमा भक्तपुरको याछे टोल बिभिन्न सीप सम्पन्न जातिहरु बस्ने थलो हो। यहाँ मानन्धर समुदायले रक्सी बनाउने गर्दछन्। त्यसै गरी जुजु धौ पनि पहिलो पटक यही बनेको थियो। यहाँका लवजुहरु खेतीपाती गर्नमा निपुण छन् । भक्तपुरको निकै पुरानो नवदुर्गा नाचको लागि चाहिने देबगुणहरुका मुकुण्डोहरु पनि यहीका चित्रकारहरुले बनाउने गर्दछन्। यी पेशाकर्मीहरु प्रति आधुनिक युवाहरुको रुचि कम हुँदै आएको छ।
तर यहाँ परम्परादेखि कपाल काट्ने नापितहरुले भने यही पेशा अंगालेको पाइन्छ। नापितहरु मध्ये पनि गुन्जमान नापित नामका हजामको पसलमा कपाल काट्न र दाढी बनाउन आउनेहरुको बिहान सबैरै देखि भीड लाग्ने गरेको छ। उनकोमा नियमित कपाल काट्न आउनेहरुको पहिलो प्रश्न नै ूमेरो पालो कतिजनापछि आउँछ ू भन्ने रहेको हुन्छ। जवाफमा उनले रेडिमेड उत्तर तीन-चार जना भन्ने गरेका छन्। त्यहाँ आएका हरेक जसोले कपाल काट्न भन्दा पर्खन तीन गुणा समय दिने गरेका छन्। सरदरमा एक जनाले आधा घण्टा समय कुरे पछि आफ्नो कपाल काट्न पाउने गर्दछ।
ूयो आधा घण्टा समय भने गुाजमानको बिविध प्रकारका गफ सुन्दा सुन्दै समय बितेको थाहा हुन्नू हरेक महिना त्यहाँ कपाल काट्न जाने कृष्ण प्रसाद लागेले सुनाए। मास्टरदेखि डाक्टरसम्म बच्चादेखि बुढासम्म बेरोजगारदेखि एकक्षण पनि फुस्रद नहुने समेत उनको कपाल काट्न आउने गरेको नापितका छिमेकी कुमार राजचलले जानकारी गराए।रविन सितिखु पहिलो पटक गुाजमानकोमा कपाल काट्न बीस बर्ष पहिले आफ्नो बाबुसंग त्यहाँ गएको स्मरण गर्दछन्। हालै मात्र भने उनी आफ्ना दुइ भाइ छोराको कपाल काट्न नापित कहाँ पुगे। बीस बर्ष देखि नियमित यही आएर कपालको नयाँ नयँँ ढाँचामा युग अनुसारको कट बनाइसकेका सितिखुलाई एउटै काममा यतिका धेरै बर्षसम्म निरन्तर लागिपरेका नापितको कार्यक्षमता देखेर आश्चर्य लागेको छ। हुन पनि यहाँका नयाँ पिढीका मानिसहरु यो पेशा गर्न रुचाउदैनन्। यहाँका मानिसहरुको कपाल र डाढी काट्न करीब ५ सय जना भन्दा बढी भारतीय तथा तराईका नेपालीहरु यहाँ काम गरिरहेका छन्। उनीहरुले हरेकले बर्षमा करीब एक लाख रुपियँँ बचत गरेर घर पठाउने अनुमान नापितको गफमा सुन्न पाइन्छ। ूत्यसैले यहाँ काम पाइन्न भनेर तास खेल्नेहरुले यो कुराको ख्याल राख्नु पर्छू गुाजमानको भनाइ छ। भक्तपुरका सबै ठाउँका मानिसहरु गुाजमानको ग्राहक छन्। धेरै जसो त उसको संसारिक गफ सुन्न पाइने भएकोले पनि कपाल काट्ने मेसो लिएर त्यहाँ आउने गरेका हुन्। एक हिसाबले त गुाजमानको पसल युवाहरुको जक्सन नै भएको छ। यहाँ आएर कतिले त एकै सहरमा बसेर पनि बर्षौं भेटघाट हुन नसकेका मित्रहरुले भेट्न अवसर पाएका छन्।
त्यहाँ आउने हरेकले कुनै नै कुनै नयाँ कुरा गुाजमानलाई सुनाइरहेका हुन्छन्। यही कुरालाई सिलसिला मिलाएर कथा जस्त शैलीमा आफ्ना ग्राहकहरुलाई सुनाउनु पनि उनको दिनचर्याको एउटा पाटो भएको छ। फुस्रदिलाहरु त आफ्नो पालो आए पनि हत्तार भएकाहरुको पहिला कपाल काट्न दिएर संसारिक गफ सुन्नमा नै रमाउँछन्। यो पेशा लोप नहोस भनेर गुाजमान स्कुल जाने आफ्नो छोरालाई समेत फुस्रदमा हजामको काम सिकाउन गरेका छन्। कुनै पनि काम आफैमा खराब नहुने बताउने नापित ूगरी खान लोकलाज पर्वाह राख्न नहुनेू धारणा ब्यक्त गर्दछन्।
ूधन कमाउनु भन्दा इष्टमित्र बढाउनु पर्दछू भन्ने मान्यता राख्ने उनले कपाल काटेको ज्याला अरुको भन्दा कम राखेका छन्। अन्यत्र कम्तिमा पनि ४० रुपियाँ कपाल काटे बापत ज्याला लिने गरिएको छ। गुाजमानले भने बढीमा २० रुपियँँमा कपाल काट्दै आएका छन्। आफ्नै पसलमा ज्ञानगुणका कुरा सुन्न पाइने भएकोले पनि उनले मनोराजनको लागि भनेर अन्यत्र जस्तै टिभी च्यानल राखेका छैनन् । आफ्ना ग्राहकका कुरा सुन्न र आफुले जानेका नयाँ नयँँ समाचार ग्राहकहरुलाई आफ्नै मुख र कानले सुनाउन र सुन्न पाए पछि अन्य साचारका माध्यमहरुको उति आवश्यकता नभएको उनले भने।
त्यहाँ आउने ग्राहकरुले उनलाई सर्बज्ञानी मान्ने गरेका छन्। बलिउडको हालखवर नेपाली राजनीतिको उथलपुथल कलिउडका करेण्ट गसिप ब्यापारिक घरानाका मानिसहरुको सम्पतिको अनुमान भ्रष्ट नेताहरुको कमाइ समाजमा भइराखेका प्रशंसनीय गतिबिधिको तारीफ समाज हुने बिकृतिको चिरफार गर्न गुाजमान आफ्नो कैचीसंगै कान र मुखलाई एक साथ चलाउछन्। यही अद्भुत गुणको कारण नै उनकोमा ग्राहक खाली हुने समय नै हँुदैन।
उनको पसलमा आएर कपाल काट्न आउन असर्मथ भएका निकै धनाढय र सम्पन्न मानिसहरुले भने गुाजमानको हातबाटै कपाल काट्न उनको फुस्रद पर्खने गरेका छन्। फुस्रद मिलाएर उनी धनाढय तथा सम्पन्न मानिसकोमा कपाल कटाउन जाने गर्दछन्। आफुलाई सम्मान गरिने भएकोले मात्र उनी यसरी बोलाएको ठाउँमा जानेका गरेका हुन्। गुाजमानले जस्तै हरेक नेपालीले आफूमा भएको कुनै न कुनै सीपलाई पहिचान गरी बिकास गरेमा बेकम्मा भएर बस्नु पर्दैन। यसो भएमा काम खोज्न खाडीको गरम युरोप तथा अमेरिकाको अनकन्टार भीडमा हराउनु पर्ने छैन। कपाल काट्ने पेशामा त नेपालीले भन्दा बढी भारतीयले यहाँ काम गरिरहेको छ। यहाँका मानिसहरुले यस पेशामा रुचि नदेखाउँदा बिदेशीहरुले काम पाएका छन् भने नेपालीहरु बेरोजगार भएर बरालिरहेका भेटिन्छन्।- रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।