Skip to main content

प्रमाणपत्र तहको अध्यापनमा सरकारले अनुदान दिन सक्दैन- शिक्षामन्त्री

काठमाडौं, साउन २७ । शिक्षामन्त्री रामचन्द्रप्रसाद कुशवाहाले त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र तहको अध्यापनमा सरकारले आर्थिक अनुदान नदिने स्पष्ट पारेका छन्। रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै अन्तराष्ट्रिय मापदण्डअनुसार विश्वविद्यालयमा प्रमाणपत्र तहको पठनपाठन नहुने हुदा सरकारले लगानी नगर्ने बताएका हुन्।
'त्रिभुवन विश्वविद्यालयमा प्रमाणपत्र तह अध्ययनका लागि सरकारले अनुदान दिन सक्दैन,' मन्त्री कुसवाहाले भने,'शिक्षा अन्तराष्ट्रिय मापदण्ड अनुसारको हुनर्ुपर्छ ।' विश्वविद्यालयमा प्रमाणपत्र तह अध्ययनका लागि पर्ूवाधार नभएकाले हटाइएको उनको भनाई थियो । विद्यार्थी संघ संगठनलाई आन्दोलन छाडी वार्तामा आउन आग्रह गरे।
रिपोर्र्टर्स क्लब नेपालका सचिव बैकुण्ठ ढुंगानाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बोल्दै मन्त्री कुसवाहाले २०५७ सालबाटै प्रविणता प्रमाणपत्र हटाउनेबारे काम शुरु भइसकेको बताए । उनले भने,'हटाउने निर्ण्र्ााहुँदा किन आन्दोलन गर्नुभएन।' सरकारले शिक्षामा थप लगानी गर्ने बताए। दिनमा उपेक्षित, गरिब जनताका लागि तल्लो तहदेखि उच्च शिक्षाको तहसम्म निःशुल्क शिक्षाका लागि लगानी केन्द्रित हुने उनको भनाई थियो।
अनेरास्ववियूकी अध्यक्ष रामकुमारी झाँक्रीले प्रविणता प्रमाणपत्र खुलाउन अदालत जाने बताइन् । सरकारले विकल्प दिन नसकेको भन्दै प्रमाणपत्र तह हटाउन नमिल्ने उनको भनाई थियो । आफूहरु प्रमाणपत्र हटाउनै नहुने भन्ने पक्षमा नरहेको तर सरकारले उपयुक्त विकल्प दिनुपर्ने बताइन् । उच्च माध्यमिक तहको प्राविधिक र अन्य क्षेत्रमा गरिब र उपेक्षित जनताको पहुँचको सुनिश्चितताको माग गरिन् । उनले भनिन,'गरिबका छोराछोरीले उच्च माध्यमिक तहमा पढ्दा कम्तिमा विश्वविद्यालयमा तिर्दै आएको शुल्कमा पढ्न पाउने व्यवस्था हुनर्ुपर्छ ।' विश्वविद्यालयमा ८८ प्रतिशत राज्यको लगानी भएकाले प्रविणता प्रमाणपत्रमा पनि लगानी हुनुपर्ने बताइन् । विश्वविद्यालयमा २८ वर्षअगाडिको पाठ्यक्रम पठनपाठन भइरहेको उल्लेख गर्दै पुरानो पाठ्यक्रम राखेर नयां कुरा गर्न नसुहाउने बताइन् ।
अखिल क्रान्तिकारीका महासचिव हिमाल शर्माले प्रविणता प्रमाणपत्र तह कुनै हालतमा हटाउन नदिने बताए । आफूहरुले भर्ना फारम वितरण गरिरहेको उल्लेख गर्दै पठन पाठन सुचारु हुने दाबी गरे । ५० वर्षदेखि पठनपाठन गराउदै आएको तहलाई एकैपटक हटाएर गरिब जनतालाई उच्च शिक्षाबाट वञ्चित गर्न खोजिएको बताए। उनले भने,'राज्यले गरिब, निमुखा जनतालाई उच्च शिक्षाबाट वञ्चित बनाउदैछ।' प्रविणता प्रमाणपत्र तह हटाउने सूचना नदिई कदम चालेको भन्दै गैरकानुनी काम गरिएको बताए। प्रमाणपत्र तह हटाउने भए विकल्प दिनसक्नुपर्ने बताए।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।