वीरगंज, ३१ साउन । अज्ञात समूहको गोली लागी एक व्यापारी घाइते भएका छन्। आज बिहान बाराको जीतपुरस्थित आफनै घरमा सुतिरहेका बरफ फयाक्ट्रीका संचालक काशीनाथ साहमाथि अज्ञात समूहले गोली प्रहार गरेका हुन्। मुख र बायां हातमा गोली लागेर गम्भीर घाइते भएका साहको वीरगंज नर्सिङ होममा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं पठाइएको तथा गोली प्रहार गर्ने व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment