Skip to main content

भारत भ्रमणमा हतियार किन्ने तयारी हुदैछ-माओवादी

काठमाडौं, ३१ साउन। नेकपा-माओवादी)का स्थायी समिति सदस्य देव गुरुङले प्रधानमन्त्री माधवकुमार नेपालको यहि भाद्र २ गते हुने भारत भ्रमणका क्रममा हतियार खरिद गर्ने तयारी भईरहेको दावी गरेका छन्।
रिपोर्र्टर्स क्लव नेपालद्वारा आज राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै माओवादी नेता गुरुङले प्रधानमन्त्रीले हतियार किन्ने सम्झौता गरेमा आफनो पार्टीले शसक्त आन्दोलन गर्ने बताए। 'प्रधानमन्त्री हतियार किन्न भारत जान लागेका हुन्। हामीसँग त्यसको सूचना छ। त्यस्तो भएमा हमीलाई स्वीकार्य हुनेछैन। हामी आन्दोलनमा जन्छौं।', गुरुङले भने।
रिपोर्र्टर्स क्लव नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्मा सम्पन्न साक्षात्कार कार्यक्रममा बर्तमान सरकारलाई कुनै पनि सन्धी सम्झौता गर्ने अधिकार नभएको दावी गर्दै नेता गुरुङले भने, 'प्रधानमन्त्रीले यसपटक कुनै पनि सन्धी सम्झौता गर्नुुहुन्न। भारतसँग व्यापार सम्झौता पनि हुनु हुदैन। यसैगरी प्रधानमन्त्रीले जलविद्युतमा पनि हात हाल्नु हुदैन। यदि त्यस्तो सन्धी सम्झौता भएमा ठूलो दर्ुघटान हुन्छ।'
महाकाली सन्धी असमान र राष्ट्रघाती सन्धी भएको र त्यो सन्धी अहिले मृततुल्य भईसकेको बताउँदै गुरुङले सोही सन्धी अर्न्तर्गतको पंचेश्वर परियोजनालाई निरन्तरता दिन नमिल्ने बताए। 'भारतले अझै पनि आफुलाई ठुलो दाई ठान्ने गरेको छ। नेपाललाई हेप्दै आएको छ। सुस्ता, कालापानीलगायत धेरै ठाउँमा सिमाना मिचेको छ।', उनले भने, 'राष्ट्रियतासँग सम्बन्धीत धेरै विषयको छिनोफानो हुन बाँकी छ। त्यसैले प्रधानमन्त्रीको अहिलेको भारत भ्रमण उद्देश्यहीन र औचीत्यहीन भ्रमण हो।'उहाको तिपप्पणी थियो।

Comments

Popular posts from this blog

भक्तपुरमा ब्यबहारीक शैक्षिक भ्रमण

भक्तपुर , ९ कार्तिक । दशैं र तिहार सकिएको। बिद्यालयमा पढ्ने बिद्यार्थीहरुले दशैं तिहारमा दिक्षिणा र भैलो देउसी खेलेर केही रकम जम्मा गरेका छन्। यही रकमको सही सदुपयोग होस भनेर बिद्यालयहरुले शैक्षिक भ्रमणका कार्यक्रमहरु आयोजना गर्ने गर्दछन्। दशैं तिहार पछि दर्ुइ महिनामा नेपालका , धेरैजसो बिद्यालयहरले बिद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने गर्दछन्। भक्तपुरमा केन्दि्रत शैक्षिक भ्रमण गराउदै आएका हरीत समूहका श्रीकृष्ण सितिखुलाई अवको एक ड्डेढ महिना सम्म बिद्यार्थीहरुलाई भक्तपुर देखाउदैमा फर्ुसद नहुने भएको छ। बिभिन्न बिद्यालयहरुले उनलाई आफ्ना बिद्यार्थीलाई भक्तपुर देखाउन अनुरोध गरिसकेका छन्।यो बेला प्राकृतिक रुपमा पनि , गर्मी मौसम सकेर जाडो याम शुरु हुने भएकोले भ्रमण जानको लागि उपयुक्त समय हो। भक्तपुर शहर पनि नेपालका प्रमुख शैक्षिक पर्यटकीय गन्तब्य मध्ये एक हो। बाह्रौ शताब्दी देखि चौधौ शताब्दीसम्म नेपाल उपत्यकाको राजधानी रहेको यस प्राचिन नगरको भ्रमण गर्नको लागि हरीत समूहले ...

माओवादी विरुद्ध खडकाको अभियान

वीरगंज, २१ माघ। दाङ जिल्ला निवासी खुमबहादुर खडका नेपाली कांग्रेस पार्टर्ीी दोश्रो पुस्ताका नेता हुन्। नेपाली कांग्रेसको सरकारमा गृहमन्त्री समेत भइसकेका खुमबहादुर खडकासंग भारत र नेपालका बदमाश, पेशेवर अपराधीहरु अत्यन्तै झुम्मिने गर्दछन्। आफना सहयोगी र्समर्थक अपराधीहरुलाई उनी पैसा दिएर खुशी पार्ने र संरक्षण दिएर कारबाहीबाट सुरक्ष्ँित तुल्याउंछन्, यो उनको जन्मजात शोख हो, राजनीति कला कौशल हो। माओवादी सशस्त्र जनयुद्ध चरमोत्कर्षा पुगेपछि उनको राजनीति भविष्य चौपट भयो। प्रधानमन्त्री बन्ने महत्वाकांक्षा शून्य बन्यो। चर्चामा आए अनुसार हिजोआज उनी राजनीतिमा बहुरिन थालेका छन्। यसै अर्न्तर्गत देश दौडाहामा हिंडिरहेका छन्। विशेषगरी खुमबहादुर खडकाले आफनो राजनीति भ्रमणको थलो तर्राई मधेशलाई रोजेका छन्। खडकाको झडकाले कांग्रेसलाई नयां दिशामा डोर्‍याउन सक्ने कतिपय राजनीति षडयन्त्रकारी, अवसरवादी र बेइमानहरुको अनुमान पनि छ। खुमबहादुरको चलनचल्तीको अर्को नाम हो- खुन बहादुर। आफनो विपक्षीलाई समाप्त नै पार्नुपर्छ भन्ने उनको सिद्धान्त मात्र होइन, विगतमा देखापरेको व्यवहार पनि हो। माओवादीको हतियारको चु...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...