भक्तपुर, ३१ साउन। द्धापरयुगको भदौ कृष्ण अष्टमीमा जन्मेका भगवान श्री कृष्णलाई बिपतीमा परेकाहरुको देवता भनेर मानिन्छ। यी नै कृष्णको भक्तहरुको सहर पाटनमा उनलाई घरघरमा पुजा गर्ने गरिएको छ। "त्यसैले त यहाँ सितिमिति महामारी फैलदैन" पाटनका बृद्ध बिलबहादुर डंगोल बताउँछन्।
भगवान श्री कृष्णको जन्माष्टमीको भोलिपल्ट पाटनमा भब्य मयुर जात्रा सम्पन्न भएको छ। पाटनमा रहेका कृष्ण मन्दिरहरुको परिक्रममा गरेर जात्रा मनाइएको थियो। जात्रामा भगवान कृष्णलाई मन पर्ने मयुरको प्वाँख बोकेर युवतीहरुले नगर घुमे। यी प्वाँखहरु कृष्ण मन्दिरमा चढाइएको थिए। यो जात्राका सहभागीहरुको लागि मात्र बर्षो एक दिन पाटन दरवार क्षेत्रमा रहेको सुन्दरी चोक र च्यासिङ मण्डप र्सबसाधारणको लागि खुल्ला गर्ने गरिएको छ।
प्वाँख चढाउन नसकेकाहरुले भने भगवानलाई मन पर्ने दुध, दही, मखन र खीर आदि चढाए। जात्रामा युवायुवतीहरुको उल्लेख्य सहभागिता थियो। बाजा गाजा सहितको टोलीहरुले कृष्ण मन्दिरहरुमा गइ, बषर्ा ऋतुमा हुने महामारीबाट जोगाउन भगवानसंग भक्तजनहरुले पुकार गरे। "यो जात्रामा सहभागी भएमा झाडाबान्ता जस्ता समस्याहरु नहुने जनबिश्वास रहेको छ" मंगलबारको कृष्णमन्दिरमा खीर चढाउन आएकी रीना मर्हजनले जानकारी गराए।- रविन राचलिका हरीत समूह भक्तपुर
Comments
Post a Comment