वीरगंज ३ भदौ । नारायणी रोडा उद्योग संघ अमलेखगंज- ३ बाराले २४ घण्टाभित्र आफूहरुको मांग सम्बोधन नभए कडा आन्दोलनमा उत्रने चेतावनी दिएका छन्। आज होटल मकालु वीरगंजमा एक पत्रकार सम्मेलनमा बोल्दै सचिव दीपेन्द्र दारुकाले क्रसर उद्योगहरुबाट उत्पादन हुने वस्तुहरुमा लगाएको भन्सार दस्तुर वृद्धि गरेकोपछि नारायणी रोडा उद्योग संघ रुपन्देही क्रसर व्यवसायी संघ कपिलवस्तु क्रसर व्यवसायी संघ नेपालगंज क्रसर व्यवसायी संघ मोरङ क्रसर व्यवसायी संघहरुको संयुक्त डेलिगेशनले प्रधानमन्त्री अर्थमन्त्री उद्योगमन्त्री वनमन्त्रीलाइ जानकारी गराए पनि आफूहरुको समस्याप्रति सरकारले बेवास्ता गरेको हु।दा २४ घण्टाभित्र राज्यले आफूको मांग सम्बोधन नगरे भन्सार तथा सडक बन्द गर्ने चेतावनी दिएका छन्। सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा अठार सय करोडको लगानीमा स्थापित उद्योगहरु र दुइ सय करोड राजस्व तथा स्थानीय निकाय जिविस लगायत यससंग आबद्ध पन्चान्नबे हजार रोजगारीमाथि संकट पर्न गएको हुंदा सरकारको ध्यानाकर्ष गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको उल्लेख छ।
खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो । सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ । साथै, बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...
Comments
Post a Comment