Skip to main content

उपराष्टपति झाले फेरि सपथ नलिन

काठमाडौं १४ भदौ। सर्वोच्च अदालतको फैसला प्रकि्रयाप्रति विमति जनाउँदै उपराष्टपति परमानन्द झाले नेपाली भाषामा फेरि सपथ नलिने बताउनुभएको छ। यही भदौ ७ गतेको सर्वोच्च अदालतको फैसलाको हकमा पुनरावलोकनको निवेदन दरपीठ भएकोले राष्ट्र र जनताका नाममा प्रेस रिलिज गर्दै झाले अन्तरिम सँविधानको अपव्याख्या गरी आफूलाई अल्टिमेटम दिएर फेरि सपथ लिन बाध्य पारिनु जायज नभएको बताउनुभयो। सर्वोच्च अदालतले भदौ ७ गते एक हप्ताभित्र फेरि सपथ नलिए कार्यभार कि्रयाशील नरहने ठहर गरेको थियो। समयसीमा आजै मध्यरातबाट सकिनै लाग्दा झाले सर्वोच्चको आदेश बमोजिम फेरि सपथ लिए पनि वा कार्यभार कि्रयाशील नरहेको मानिने कुनै एक पालना गरेपनि आफूले सर्वोच्चको फैसलालाई सम्मान गरेको ठहर्ने बताउनुभयो।

२०६३ साल साउन ८ गते आफूले हिन्दी भाषा प्रयोग गरेपनि लिखितममा नेपाली भाषाको सपथ पत्रमा हस्ताक्षर गरेको बताउँदै झाले अन्तरिम सँविधानको सातौँ सँशोधनको विधेयक सँविधान सभामा विचाराधीन रहेकाले सँशोधन भएमात्रै सपथ बारे पुनः विचार गर्नसक्ने बताउनुभयो।

विभिन्न मुलुकमा मातृ भाषा एउटा भएपनि अर्कै भाषामा सपथ लिएका उदाहरण प्रस्तुत गर्दै उपराष्टपति झाले नेपालमा सर्वाधिक बोलिने मध्ये १६ औँ स्थानमा पर्ने हिन्दीभाषाबाट आफूले लिएको सपथबाट भाषिक स्वतन्त्रताको सम्मान भएको दावी गर्नुभएको छ।

यसैबीच मन्त्रीपरिषदको आग्रह बमोजिम अपरान्ह सवा ४ बजे राष्टपति कार्यालय शीतल निवासमा तयारी गरेको सपथ कार्यक्रममा झा जानुभएन। झाले आफूविरुद्धको सर्वोच्चको फैसला भाषिक विवाद निम्त्याउने उद्देश्यले अदालतका केही न्यायाधीशले पूर्वाग्रही ढँगले फैसला गरेको आरोप पनि लगाउनुभयो। विहान बसेको मन्त्रीपरिषद बैठकले औपचारीक आग्रह गर्दै सपथको व्यवस्था मिलाउन पनि राष्ट्रपति कार्यालयलाई आग्रह गरेको थियो।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।