Skip to main content

ब्युउटिसियनको सहर बन्दै पाटन


पाटन, ३१ साउन । युवतीहरुमा ब्युटिसियन बन्नेर आत्मनिर्भर बन्न सकिन्छ भन्ने धारणाको बिकास भएको छ। यहाँ खुलेका ब्युउटिपार्लरहरुले यही संकेत गर्दछ। पाटनमा करीब ५ सय वटा साना ठुला ब्युउटिपार्लर रहेका छन्। पाटनका महिलाहरु कामकाजी हुन थाले पछि आफ्नो कार्यस्थलसम्म पुग्न राम्री भएर जानु पर्ने मान्यताको कारण ब्युउटिसियन ब्यबसाय फस्टाएको छ।
"नजिकै आएको तीज त हाम्रौ लागि दशैं नै हो" बिगत ५ बर्षेखि पाटनको चाकुपाटमा रीनाज ब्यउटिपार्लर चलाइरहेकी रीना महर्जनले भने। रीनाका अनुसार हिजोआज कामकाजी महिलाहरु बाहेक गृहणीहरु समेत आफ्ना बालबच्चाहरुलाई स्कुलमा लिन जान र पुराउन जानु पर्ने कारण बेलाबेलामा ब्युउटिपार्लरमा आएर फेसियल सेवा उपयोग गर्दछन्।
ब्युउटिपार्लर खोलेर पुख्र्योली पेशालाई आधुनिकरण गरेकी छिन्। अहिले भने उनको पार्लरमा नंग मात्र काटिदैन, ग्राहकहरुको चाहना बमोजिम रंगरुप नै परिबर्तन गरिदिन्छन्।
पाटनका हरेक टोलमा खुलेका ब्युउटिपार्लरका ब्युउटिसियनहरुलाई आधुनिक नारीहरुलाई श्रृङगार गर्न भ्याइनभ्याइ छ। डेटिङमा जान लागेका टिनएजरहरु पनि ब्युउटिपार्लहरुमा मेक अप गर्न आउने गरेका छन्। मेक अप गर्न आएकी अनुजा सिलवाल भने "मेक अप गर्नाले आफु राम्री छु आत्मबिश्वास बढ्छ, आत्मबिश्वासको कारण ब्वाँय प|mेण्डसंग मनको कुरा खुलस्त राख्न सक्छु"। अनुजा जस्तै आफ्नो पकेट मनि जोगाएर मेक अपमा ध्यान दिने टिनएजरहरुको संख्या बढेको ब्युउटिसियनहरुको भनाइ रहेको छ।
ब्युउटिसियन पेशा कमाएर खान सक्ने पेशा भएको छ। सिजन एउटा ब्युउटिसियनले मासिक कम्तिमा पनि २० हजार रुपियाँ कमाउन सक्छन्। ठुला लगानी गर्नेहरुले त यो भन्दा पनि धेरै कमाउने गर्दछन्। तीज र बिवाहको लगनलाई ब्युउसियनहरुले आफ्नो सिजन मानेका छन्।
ब्युउटिसियनहरुले टेलिभिजन, होटेल, फिल्म, म्युजिक भिडियो निमार्ण्र्ाार्ने कम्पनीहरुमा समेत पार्ट टाइम काम गर्ने गरेका छन्। यसरी काम पाएकाहरुको आम्दानी उल्लेख्य छ। नेपालमा फैलदै गएको ब्युउटिसियनहरुको संगठनले पनि यो कुराको पुष्टि गर्दछ।
पहिला पहिला सामान्य साक्षर महिलाहरुले यो पेशा अंगालेको यस क्षेत्रको सुनिश्चित भबिष्यको कारणको शिक्षितहरु आर्कशित भएका छन्। आए पास गरेकी सीतु महर्जन यही पेशामा भबिष्य देखेको कारण ब्युउटिसियन बनेकी छिन्। यस अघि उनी शिक्षिका थिइन।
पाटनका धातुकला बिश्व मै नामुद छन्। त्यसैले यो सहरलाई ललितकलाको सहर अथवा ललितपुर पनि भन्ने गरिएको छ। ललितकला अर्न्तगत पर्ने ब्युउटिसयन पेशा ललितपुर सहरको नामलाई जीबन्त तुल्याउने देखिएको छ।
टेलिभिजनको पर्दामा घरपेटी बाको भुमिका निभाउने राजु याकचा पनि यसै सहरका बासिन्दा हुन। उनी पनि एक मेक अप आर्टिष्ट हुन। उनकै सफलता कै कारण पनि पाटनका धेरै युवतीहरुलाई ब्युउटिसियन बन्ने इच्छा जागेको छ। बढ्दै गएको ब्युउटिसिउन बन्ने मोहको कारण एक दिन पाटन ब्युउटिसियनहरुको सहर बन्नेमा दुइमत छैन।- रविन राचलिका हरित समूह

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

रक्सौलमा नेपाली रुपैयांमा हुने कारोबार बन्द

वीरगंज, २१ माघ। वीरगंजतर्फाट गएका नेपालीहरुले भारतको सीमावर्ती शहर रक्सौलमा धेरै वर्षअगाडिदेखि नेपाली रुपैयां बुझाएर पाउंदै आएको सामान वस्तु सेवा मंगलवारदेखि पाउन छाडेका छन्। नेपाली नोट रक्सौलमा नचल्ने खोटो जस्तो बनेको छ। भित्रि रुपमा रक्सौलका केही पसलहरुले नेपाली नोट रु १६५ मा भारु १०० को सामान खरिद गर्न सकिने सहुलियत दिएका छन्। भारत विहार राज्यको रक्सौल बजारमा व्यापक रुपले भारु १०० को नेरु १७५ हुने हल्ला चलेको छ। नेपाली रुपैयांको अवमूल्यन हुने हल्लासंगै नेपाली बजारमा भारुको ठूलो संकट परेको छ। नेपाल राष्ट्र बैंकले मुनासिब कारण खुलाएको खण्डमा व्यक्तिको मांग भन्दा केही कम गरेर भारु सटही गर्ने गरेको छ। नेपाल-भारतबीच व्यापार घाटामा आकाश-जमिनको अन्तर भएकोले नेपालले आवश्यक भारतीय नोट डलरमा खरिद गरेर संचित गरेको छ। नेपालस्थित एसबिआइ बैंकमा जम्मा गरेको रकम रक्सौलबाट एटिएममार्फ झिक्न सक्ने सेवा र बैंकहरुबाट ड्राफ्ट सेवा बन्द भएको छ। रक्सौलमा नेपाली नोट दिएर वस्तुहरु नपाइने भएपछि तस्करी कार्यमा पनि अवरोध पुग्न गएको छ भने दैनिक उपभोग्य वस्तु खरिद गर्न रक्सौल ओहर दोहर गर्ने नेपाली नागरिकहरुको स...