Skip to main content

एसएसपीद्वारा गांजाको बिउ छर्ने र रोप्नेमाथि कडा कारबाही गर्ने निर्देशन



वीरगंज १० भदौ। नेपाल सरकारले उत्पादन ओसारपसार र बेचबिखन गर्न प्रतिबन्ध लगाएको गांजा पसा्र जिल्लामा प्रत्येक वर्ष लहलहाउने गर्दछ। पसा्र जिल्लामा गांजा राजनीतिले महत्वपूर्ण स्थान समेत ओगटदै आएको छ। दिनहुंजसो गांजाको ओसारपसार बिक्री वितरण र प्रहरीद्वारा छापामारी तथा बरामद हुने गरेको छ।

अंचल प्रहरी कार्यालय नारायणी वीरगंजका वरिष्ठ प्रहरी उपरीक्षँक टोपेन्द्रध्वज हमालले आपुनो मातहतका पांच जिल्ला बारा पसा्र रौतहट मकवानपुर र चितवनका सबै जिल्ला प्रहरी कार्यालय सबै इलाका प्रहरी कार्यालय प्रहरी चौकी र अस्थायी प्रहरी चौकीमा समेत परिपत्र पठाउन लगाइ गांजाको बिउ छर्ने र गांजाको बोट रोप्नेमाथि आवश्यक कानुनी कारबाही समयमा नै चलाउन कडा निर्देशन दिनुभएको जानकारीमा आएको छ।

एक स्रोतले बारा पसा्र मकवानपुर र रौटहट जिल्लामा व्यापक रुपमा गांजाको बिउ छर्ने कार्य कृषकहरुबाट भइरहेको जनाएको छ। गांंजाको बिउ भाद्र महिनामा छर्ने तयारी विरुवा खेतबारीमा असोज महिना भित्रमा रोप्ने र माघ महिनाभित्रमा तयारी अवैध गांजा काटेर आआफ्नो घरमा िभœयाइ मेशिनद्वारा प्रेस गरी बोरा र ड्रममा प्याक गरेर भारततर्फ चोरी निकासी गरिन्छ। गांजा कृषकहरुले गांजा नगदे बाली भएको र धान मकै खेती गर्दा १ हजार आम्दानी हुने खेतबारीमा गांजा रोप्दा १५ हजार आम्दानी हुने हुनाले जोखिम मोलेर अवैध गांजा खेती गरिने बताएका छन्। स्थानीय प्रहरी चौकी स्थानीय राजनीतिक दलका नेता कार्यकर्ता संचारकर्मीहरुलाई नगद नारायण बुझाएर अवैध गांजा खेतीको संरक्षँण बिगतका दिनहरुमा हुने गर्दथ्यो। गांजा खेतीका लागि प्रत्येक वर्ष भारतबाट विशेष अनुभवी मानिसहरु गांउघरमा भित्रिएर गांंजा खेती िभœयाएपछि फर्कने गर्दछन्। नारायणी अंचलका केही जिल्लामा प्रतिबन्धित गांजा र अफिम खेती गर्न नदिन निर्देशनको कार्यान्वयन गर्ने प्रहरी चौकी र इलाका प्रहरी कार्यालय अगाडि नै लहलहाएको विगत वर्षमा देखिएको थियो।

यस वर्ष पनि विगतको वर्षको जस्तै एसएसपीको निर्देशन निर्देशनका लागि निर्देशन मात्र हुने हो कि कार्यान्वयन गरिने हो त्यो एक महिनापछि छर्ल· हुन्छ। गांजा खेतीलाई संरक्षण गरेवापत विगतका दिनहरुमा प्रहरी संगठनमा पसा्र जिल्लाबाट मात्र २ करोड संकलन हुने गरेको एक प्रहरी स्रोतले बताएको छ। गांजा कृषक र प्रहरीबीच मध्यस्थता गर्ने दलालहरुको भूमिका पनि महत्वूर्ण हुन्छ। गांजाको बजार भारत भएकोले नेपाली कृषकले गांजा उत्पादन गरी भारत पठाएर आपुनो जीवनस्तर उठाइरहेका छन् भने हस्तक्षेप किन गर्ने भनी प्रश्न उठाउने पनि छन्।

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।