Skip to main content

अपराधमा राजनीतिकरण भयो

काठमाडौं, साउन ३२। नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीको सशस्त्र युद्धपछि अपराधमा राजनीतिकरण भएको बताएका छन्। आज रिपोर्र्टर्स क्लब नेपालमा पत्रकार दीपेशकुमार केसीको 'डकैतीको कारण र परिणाम' र 'खून' नामक दर्ुइवटा पुस्तक विमोचन गर्दै अपराधीलाई राजनीतिक आवरण दिने क्रम बढेकाले दण्डहीनता बढेको बताए।
'अपराधमा राजनीतिकरण भएको छ,' कांग्रेस उपसभापति समेत रहेको पर्ूव गृहमन्त्री पौडेलले भने,'माओवादीको सशस्त्र युद्धपछि अपराध बढेको हो।' सशस्त्र युद्धपछिनै अपराधले राजनीतिक आवरण लिएको तर्क गरे। देशमा अपराध चुनौतीपर्ूण्ा रुपमा बढेको भन्दै त्यसको अन्त्यका लागि गम्भीर हुनुपर्ने बताए। अपराधले राजनीतिक आवरण लिदा लोकतन्त्रमाथिनै चुनौती बढेको बताए।

Comments