Skip to main content

झोले पत्रिका नियन्त्रण गर्न नयां ब्यवस्था

भक्तपुर, २५ साउन। झोले पत्रिका छापेर सरकारले दिने गरेको लोककल्याणकारी विज्ञापन लुट्न तल्लीन ब्यक्तिहरूलाइ निरूत्साहित गर्न नयँं पत्रपत्रिका बर्गीकरणको नियम लागु भएको छ। साउन १९ गते प्रेस काउन्सिलले एक सूचना प्रकाशित गरी सो ब्यवस्थाको बारेमा जानकारी गराएको छ। यो व्यवस्था अनुरूप प्रत्येक आर्थिक वर्षो साउनदेखि असार मसान्तसम्ममा सो बमोजिमको अंक प्रकाशित गरी असोज मसान्तभित्र प्रकाशन वितरणको लेखा परीक्षकद्वारा संपरीक्षण गर्राई आवेदन दिने पत्रपत्रिकाको मात्र संपरीक्षण मूल्यांकन गरिने भएको छ। म्याद समाप्त भएको मितिले ७ दिनभित्र दोब्बर दस्तुर तिरी आवेदन दिन सकिने ब्यवस्था पनि गरिएको छ। वर्गीकरणका निम्ति प्रस्तुत भएको पत्रपत्रिका प्रष्टसंग छपाई प्रेस -प्रिन्टिङ प्रेस) बाट छापिएको हुनुपर्ने छ। अन्यथा वर्गीकरणमा समावेश गरिने छैन।
संस्थागत पत्रिकाको हकमा कुनै दाताको सहयोगमा वा आप\mनो संस्थाको प्रचार वा पर््रवर्द्धनको उद्देश्यले प्रकाशन भएको भए वर्गीकरणमा समावेश गरिने छैन।
समाचारलाई सम्पादकीय भनी उल्लेख गर्ने, प्रायजसो समाचार सामग्री विभिन्न पत्रपत्रिकाबाट साभार गर्ने, विभिन्न न्यूज एजेन्सीको समाचार सामग्री मात्र उल्लेख गर्ने तर ५० प्रतिशत आप\mनो मौलिक सामग्री प्रस्तुत नगर्ने पत्रपत्रिकालाई पनि वर्गीकरणमा समावेश गरिने छैन।
एकै व्यक्ति प्रकाशक वा सम्पादक भई एकै भाषा र एकै प्रकारको एकभन्दा बढी पत्रिका प्रकाशित गरी वर्गीकरण मूल्यांकनका लागि निवेदन दिएको रहेछ भने एउटामात्र पत्रिकाको मूल्यांकन गरिने छ। जस्तै ः कुनै व्यक्तिले आप\mनो प्रकाशकत्व वा सम्पादकत्वमा १ भन्दाबढी साप्ताहिक प्रकाशन गरेको
-एउटै भाषामा) रहेछ भने एउटाको मात्र मूल्यांकन गरिने छ । एकहजार प्रतिभन्दा कम प्रति छापी विक्री वितरण गर्ने पत्रिकालाई वर्गीकरणमा समावेश गरिने छैन। तर, पत्रकारिताको विकासका निम्ति भौतिक पर्ूवाधारका दृष्टिले पछि परेका जिल्लाहरू -पांचथर, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, ओखलढुंगा, खोटाङ, दोलखा, रामेछाप, सिन्धुली, गुल्मी, अर्घर्ाांची, रसुवा, मनाङ, मुस्ताङ, म्याग्दी, रूकुम, रोल्पा, सल्यान, दैलेख, जाजरकोट, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बझाङ,बाजुरा, डोटी, अछाम, दार्चुला र बैतडी) बाट प्रकाशित हुने पत्रपत्रिकाको हकमा न्यूनतम पांच सय प्रति छापिने रहेछ भने पनि वर्गीकरणमा समावेश गरिने छ।
नयां नियममा भक्तपुरबाट प्रकाशित हुने अधिकांश पत्रिका बर्गीकरणको लागि उपयुक्त देखिदैनन् । यहां एकै ब्यक्तिले चारवटा पत्रिकाका सम्पादक भएर बसेका छन्। बिकल प्रसाद श्रेष्ठले प्रक्षेपण, आगो, नेपालन्युज र समाचारमञ्च सम्पादन गर्ने गरेका छन्। सोम बजगाइले २ वटा पत्रिका सम्पादन गर्ने गरेका छन्। बजगाइले समय समाज र नवदेश सम्पादन गर्ने गर्दछन्। रमेश खड्काले राजधानी एक्सप्रेस र धराहरा टाइम्स सम्पादन गर्ने गरेका छन्। यी पत्रिकाहरूले आफ्नो भनेर दिएको फ्याक्स नं. एउटै छ। ६६१६६६२ नम्बरको फ्यँक्स नम्वर यी पत्रिकाहरूमा उल्लेख गरिएको छ। तर यो नम्बर भक्तपुरको एउटा फोटोकपी पसलको हो। यही फोटोकपी पसलबाट पत्रिकाहरू फोटोकपी गरी काउन्सिलमा दर्ता गर्ने सहजै अनुमान लगाउन सकिन्छ । यो फोटोकपी पसल कमल बिनायकमा रहेको छ। समयसमाज र नवदेश साप्ताहिकले एनजीओ महासंघको कम्प्युटर र कार्यालय प्रयोग गरी पत्रिका डिजाइन गर्ने गर्दछ। यस हिसावले यी पत्रिकाहरू एनजीओ महासंघको मुखपत्र भएको स्पष्ट हुन्छ । कुनै संस्थाको मुखपत्रलाई काउन्सिलले बर्गीकरण नगर्ने नीति लिएको छ।
अरू पत्रिकाहरूको भने निश्चित कार्यालय पनि छैन। जहां कम्प्युटर सेवा उपलब्ध हुन्छ, त्यहीबाट पत्रिकाको काम गर्छन्। पत्रिकाको कार्यालय भनेर सम्पादकीय वा ठेगाना पेजमा घरीघरी परिवर्तन गरेको पाइन्छ। कहिले काठमाण्डौं त कहिले भक्तपुर उल्लेख गरिएको हुन्छ।
अमर भुजुको दवाब साप्ताहिकमा अन्य पत्रिकाका समाचारहरू श्रोत नखुलाइकन छापिन्छन् । यी पत्रिकाहरूको छापा स्पष्ट छैन। छापिएका अक्षरहरू बुझिदैनन्। अन्य झोले पत्रिकाहरू त फोटोकपी गरेर समेत प्रेस काउन्सिलमा बुझाउने गरिएको छ। अधिकांश सामग्री गलत छापिन्छन्। यदि गलत समाचारको खण्डन नआएमा समाचार सत्य भएको भनी आगामी अंकमा दावी गर्ने गरिएको छ। धेरैले यी अखवारका प्रभावहीनता बुझेर खण्डन गर्न रूचाउदैनन्।
यी अखवारको बिषेशताको रूपमा अश्लील साहित्य राखिएका छन् । यी पत्रिकाहरूलाइ समाचार पत्र हो वा म्यागजिन भनी छुट्टयाउन पनि गाह्रो छ । कति प्रति छापिन्छ भन्ने बिषय पनि विवादित रहेको छ। तर १ हजार भन्दा बढी प्रति छापिने छांट देखिदैन। श्रोत नखुलाइकन लेख र समाचार छापिएका हुन्छन्। श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएको पनि देखिदैन। कार्यरत कर्मचारीले न्युनतम तलब पाएका छैनन्। सरकारी पैसा पाउनको लागि गरिने पत्रकारिता नयां नियमले नियन्त्रण हुने देखिएको छ। सम्भव भएमा वाचनालय र पुस्तकालयमा पत्रिकाको अवस्थाका बारेमा जानकारी राखेर वर्गीकरण गर्न आवश्यक देखिन्छ । त्यहां भेटिएका पाठकहरूको बिचार पनि पत्रिका वर्गीकरणमा राख्न आवश्यक छ।-रविन राचलिका हरीत समूह भक्तपुर

Comments

Popular posts from this blog

होटल मालिकद्वारा बाल श्रमिक नराख्ने प्रतिबद्धता

खेम बोलखे हेटौडा, ९ फागुन । हेटौंडा-११ थानाभर्‍याङमा रहेको होटल बैशालीका मालिक शेखर मैनालीले आफ्नो होटलमा १४ वर्षमुनिका बालबालिकालाई काममा नलगाउने प्रतिवद्धता जनाउनु भएको छ । मकवानपुर जिल्लामा क्रियाशील अधिकारकर्मी र सरकारी निकायका प्रतिनिधिहरुस“गको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । विगतका दिनमा कानूनी प्रावधान थाहा नहुँदा उहा“ले बालश्रमिक राख्नु भएको थियो ।     सो होटलमा कार्यरत ६ जना बाल श्रमिकहरुलाई यही फागुन ४ गते अधिकारकर्मीहरुले उद्धार गरेका थिए । होटलमा कार्यरत उदयपुर कटारीका १४ वषर्ीय जीवन बुढाथोकी, १५ वषर्ीय प्रकाश मगर, १२ वषर्ीय रमेश मगर, हेटौंडा-१० न्यूरेनीका १४ वषर्ीय राजु परियार, बारा निजगढका १४ वषर्ीय मिनबहादुर मोक्तान र १६ वषर्ीय विकास र्राईलाई होटल मालिक मैनालीले घर फर्केर विद्यालय पढ्न र सिप सिक्नका लागि ५/५ हजारका दरले सहयोग गर्नु भएको छ । सहयोग रकम अधिकारकर्मीहरुको रोहवरमा जिल्ला बाल कल्याण समिति मकवानपुरका बाल अधिकार अधिकृत संगीता पौडेललाई हस्तान्तरण गरिएको छ ।     साथै,  बालबालिकाको हितका लागि हेटौंडा नगर पालिकाको...

भारतीय महावाणिज्य दूतावासद्वारा तर्राईमा सामानान्तर प्रशासन संचालन

वीरगंज, २१ माघ। एनेकपा माओवादीले देशमा समानन्तरण सरकार संचालन गर्‍यो भनि कोलाहल मच्चाउनेहरु भारतीय महावाणिज्य दूतावास तर्राई मधेशमा सामानन्तरण प्रशासन चलाउंदा किन झस्किदैनन् - राष्ट्रिय स्वाधीनता र अखण्डतामाथि भारतीय विस्तारवादले प्रभुत्व जमाउंदा भारतको कठपुतली नेपाल सरकार नेपालको राष्ट्रिय स्वार्थलाई दूरगामी असर पुर्‍याउने गरी नहुने र नचाहिंदा सवै काम गर्न उत्साहित भएको छ। यतिखेर काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासले नेपाल सरकारको स्थानीय प्रशासनले गर्ने सवै काम गर्न सक्रियता देखाएको छ। केही दिन पहिले भारतीय विदेशमन्त्री वीरगंज आउने कार्यक्रमको क्रममा भारतीय महावाणिज्य दूतावासले गृह मन्त्रालयले दिए जस्तै आदेश पर्साका प्रजिअलाई दिएको र पर्साका प्रजिअले सो आदेशको प्रतिवाद गरी ठाडै इन्कार गरेको एक स्रोतबाट जानकारी हुन आएको छ। भारतीय महावाणिज्य दूतावासमा पे होल्डर करिब २५० जना कर्मचारी छन्। उनीहरु महावाणिज्य दूतावासको कार्यालयमा कम र फिल्डमा बढी खट्ने गर्दछन्। सो दूतावासले ५ वटा विंग्समा विभाजन गरी तर्राईको ८ जिल्लामा खटनपटन गरी राजनीतिक, कुटनीतिक...

किशोरीको अपहरण पछि बलात्कार गरी भारतमा बेच्ने माओवादी कार्यकर्ताको रिहाइको मांग गर्दै प्रदर्शन

वीरगंज १२ भदौ । नेकपा माओवादी कार्यकर्तालाई हरि पटेल भनिने शम्भु पटेललाई प्रहरीले पक्राउ गरेको विरोधमा अनेरास्ववियू क्रान्तिकारीले विरोध प्रदर्शन गरेको छ। आज बिहान वीरगंजमा निकालिएको लाठीफाटा सहितको जुलुसले प्रहरीविरुद्ध चर्को नाराबाजी लगाउंदै जिल्ला प्रहरी कार्यालय पर्सामा दबाब सिर्जना गरेका थिए। घोडदौड पिपरा गाविस निवासी वीरेन्द्र साह तुरहाको १६ वर्षीया छोरी अनिता कुमारीलाई अपहरण गरी भारतमा बिक्री गरेको अभियोगमा प्रहरीले सोही गाविसका हरि पटेल भन्ने शम्भु पटेललाई दुई दिन अघि पक्राउ गरेको हो । यता पीडित अनिताकुमारीले वीरगंज टुडेसंग संक्षिप्त कुराकानी गर्दै गत साल फागुन ४ गते शौच गर्न गएको बेला शम्भु पटेल एवं नन्दकुमारले हतियार देखाइ मूख छोपी मोटर साइकलमा अपहरण गरी भारतको सिक्टा पुर् याएका थिए। उनीहरुले त्यहा आफूलाई बलात्कार गरी नरकटियागंजमा बिक्री गरेको बताइन। पीडित अनिताका पिता वीरेन्द्रका अनुसार जम्दारपुरमा छोरी रहेको थाहा पाएपछि छोरी फर्काउन बलजफती कागज गरेर भारु १३ सय तिरी छोरी अनितालाई ल्याएको बताए। उनले दोषीलाइ जसरी पनि कारबाही गर्न मांग गरे।